भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा परराष्ट्रमन्त्रीद्वारा शुभकामना
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
माओवादीद्वारा प्रदेश सभा बैठक अवरुद्ध
नेकपा (माओवादी केन्द्र) ले प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । आइतबार बसेको प्रदेश सभाको बैठक विषयसूचीमा प्रवेश गर्न नपाइ माओवादीका प्रदेश सभा सदस्यहरुले अवरुद्ध गरेका हुन् ।
सरकार मुलुकको सङ्कट समाधानमा केन्द्रित छ : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले दुई ठुला पार्टी मिलेर बनेको सरकार मुलुकमा सङ्कट समाधानका लागि गठन भएको बताउनुभएको छ।
सभामुख र दलका प्रमुख सचेतकबिच छलफल
सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट पास भई प्रतिनिधिसभामा आएका विधेयकबारे सत्तापक्ष र विपक्षी दलका प्रमख सचेतकसँग छलफल गर्नुभएको छ।
नेपाल र भारतको मित्रता लामो समयदेखि कायम छ:मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र भारतको मित्रता र साझेदारी लामो समयदेखि कायम रहेको बताउनुभएको छ।
प्राथमिकता निर्धारण गरेर वित्तीय क्षेत्रको समाधान खोज्न अर्थमन्त्रीको निर्देशन
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागत रूपमा गर्न चाहेका कार्य र विद्यमान समस्यालाई प्राथमिकीरकण गरी समाधान खोज्न निर्देशन दिनुभएको छ।
शैक्षिक विकासका लागि समयअनुसार परिवर्तनको आवश्यकता : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शैक्षिक विकासका लागि समयअनुसार परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ ।
प्रेस सेन्टर मकवानपुरमा नयाँ नेतृत्व चयन
प्रेस सेन्टर नेपाल, मकवानपुर शाखाको छैटौँ जिल्ला अधिवेशनले यमप्रसाद शर्मा पौडेल (एमपी) को नेतृत्वमा १७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।
दुई मुख्य दलबीचको सहकार्य मजबुत छः महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार सञ्चालनमा दुई मुख्य दलबीचको सहकार्य मजबुत रहेको बताउनुभएको छ ।
अर्थतन्त्र चलायमान बनाउन अध्यादेश
नेपाली कांग्रेसले आर्थिक क्षेत्रलाई चलायमान बनाउनकै लागि अध्यादेश ल्याउनुपरेको प्रस्टीकरण दिएको छ ।
अर्थतन्त्रका सबै सूचकमा सुधार
अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रमा सकारात्मक सुधार आइरहेको बताउनुभएको छ ।
अमेरिकाले वार्षिक करिब १० लाख मानिसलाई फिर्ता पठाउने
अमेरिका आप्रवासीको मुलुक हो । आप्रवासीकै पसिनाले अमेरिका अहिलेको अवस्थामा पुगेको हो तर गत हप्ताको शपथग्रहण सँगसँगै अमेरिकामा गैरकानुनी रूपमा रहे बसेका सबै आप्रवासीलाई सामूहिक रूपमा देश निकाला गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाले सबै कागजपत्रविहीन आप्रवासीको मनमा एउटा भयानक त्रासदी छाएको छ ।
खेल क्षेत्रको विकृति घटाउन पत्रकारको भूमिका महत्वपूर्णः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकुद क्षेत्रमा रहेको विकृतिहरु न्यूनीकरणका लागि खेल पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ।
‘नेपाल स्टार्ट अप साना तथा मझौला सम्मेलन’ गर्दै नेपाली कांग्रेस
साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले यही माघ १६ र १७ गते ‘नेपाल स्टार्ट अप साना तथा मझौला सम्मेलन’ गर्ने भएको छ।
‘जनताको म्यान्डेटअनुसार यो सरकार प्राकृतिक हो’
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिलेको सरकार जनताले दिएको म्यान्डेटअनुसार प्राकृतिक सरकार भएको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
हामी सहिद परिवारसँगै छौं : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजोका दिनमा कमजोरी भए पनि अहिले माओवादी सहिद परिवारसँगै रहेको बताउनुभएको छ।
‘देश र जनतालाई केन्द्रमा राखेर काम भइरहेको छ’
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार देशको विकासका निम्ति गठन भएको बताउनुभएको छ । देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उहाँको कथन छ ।
अहिलेको आवश्यकता बृहत् वामपन्थी एकता : झलनाथ खनाल
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बृहत् वामपन्थी मोर्चा अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
कांग्रेसले माघ १६ र १७ गते नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने
नेपाली कांग्रेस उद्यमशिलता र साना तथा मझौला व्यावसायी विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको छ । आउँदो माघ १६ र १७ गते विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको हो ।
यो सरकार आगामी निर्वाचनसम्म रहन्छ : सञ्चारमन्त्री गुरुङ
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार आगामी निर्वाचनसम्म सहज ढङ्गले चल्ने बताउनुभएको छ ।
गुणस्तरिय शिक्षाका लागि तीन तहको सरकार लाग्नुपर्छ : शिक्षामन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गुणस्तरिय शिक्षाका लागि तीन तहको सरकार लाग्नुपर्ने बताउनुभएको छ । शनिबार प्रेस चौतारी नेपालले गोरखा सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री भट्टराईले सो कुरा बताउनुभएको हो ।
नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती छ : पर्यटनमन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती रहेको बताउनुभएको छ । शनिबार ४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
‘विकास निर्माणका काम सुरु गर्दा विरोध गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी’
उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणका काम सुरु गर्दा विरोध गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ ।
सांसद पूर्णबहादुर घर्तीलाई प्रश्न : रुकुम पूर्वको विकासका लागि के गर्नुभयो ?
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य, लुम्बिनी प्रदेश सभाका संस्थापक सभामुख एवम् रुकुम पूर्वका प्रतिनिधि सभा सदस्य पूर्णबहादुर घर्तीले संघीयता अहिलेको आवश्यकता भएको बताउनुभएको छ।