अनिल पराजुली
हेटौँडा, माघ १३ गते । प्रेस सेन्टर नेपाल, मकवानपुर शाखाको छैटौँ जिल्ला अधिवेशनले यमप्रसाद शर्मा पौडेल (एमपी) को नेतृत्वमा १७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा अशोक सुजन श्रेष्ठ, नवराज वाइबा, सचिवमा अनिल पराजुली, सहसचिवमा जमुना थिङ, सुरेश बल र कोषाध्यक्षमा राजेश थापा (गरिब) चयन हुनुभएको हो । समितिको सदस्यहरूमा विवेक सिङ्तान, सुमित विश्वकर्मा, राजकुमार स्याङ्बो, केदार ढकाल, आशिष बल, युवराज बिमली र सीता कोइराला चयन हुनुभएको हो । कार्यसमितिको पहिलो बैठकले थप सदस्य मनोनीत गर्नेछ ।
प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटाको प्रमुख आतिथ्यता एवम् जिल्ला अध्यक्ष अञ्जली थापाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारू मगर, नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रह्लाद लामिछाने, बागमती प्रदेश सचिवालय सदस्य सर्केश घलान, मकवानपुर इन्चार्ज भीम पाख्रिन, प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष कमल गिरी, केन्द्रीय उपाध्यक्ष द्वय लक्ष्मण खड्का र निर्मल ज्ञवाली, महासचिव सन्तोष पौडेल लगायतकाले बोल्नुभएको थियो ।