काठमाडौं, माघ १२ गते । नेपाली कांग्रेस उद्यमशिलता र साना तथा मझौला व्यावसायी विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको छ ।
आउँदो माघ १६ र १७ गते विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको हो । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सम्मेलनबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेपाली कांग्रेस उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागकी प्रमुख उर्मिला थपलियाले साना तथा मझौला व्यावसायीहरूका लागि यो सम्मेलन परिचयात्मक कार्यक्रम हुने बताउनुभयो ।
उहाँले युवाहरूलाई उद्यमशिलतामा प्रोत्साहन गर्न सम्मेलन महत्त्वपूर्ण हुने बताउनुहुँदै सम्मेलनमा सबैभन्दा युवाहरूलाई बढी जोडिने जनकारी दिनुभयो ।
उहाँले सम्मेलनले साना तथा मझौला व्यावसायीका लागि नीति निर्माण गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।