• २४ माघ २०८१, बिहिबार

पार्टीको विधि र पद्धतिबाहिर अभिव्यक्ति नदिन निर्देशन

blog

काठमाडौँ, माघ २४ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीको विधि र पद्धतिबाहिर गएर सामाजिक सन्जालमा टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीका केही जिम्मेवार नेताकार्यकर्ताहरूले पार्टी अनुशासनलाई नजरअन्दाज गरेर सामाजिक सन्जाल तथा मिडियाहरूमा जथाभावी अभिव्यक्ति दिन थालेपछि त्यस्तो निर्देशन दिइएको हो ।

जनताप्रति भ्रमसिर्जना हुनेगरी छिटफुट रूपमा काम भइरहेकाले यस्ता क्रियाकलाप रोक्न तथा पार्टीका अनुशासित र स्वाभिमानी नेता कार्यकर्ताहरूप्रति जनविश्वास कायम राख्न निर्देशन दिइएको केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले जानकारी दिनुभयो । पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन भइसकेको अवस्थामा पार्टीका धारणा र निर्णयहरूप्रति आफ्ना सुझाव, टिप्पणी वा फरक मतलाई आफू सङ्गठित कमिटीको बैठकमा राख्न उहाँले आग्रह गर्नुभयो । रासस