काठमाडौँ, माघ २९ गते । नेकपा (एमाले) सांसद ईश्वरबहादुर रिजालले संसद् टकरावको थलो नभएको बताउनुभएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसद् संवादको थलो भएकाले टकराव निम्त्याउन नहुने बताउनुभयो ।
सांसद रिजालले संसद् विधिको थलो भएकाले भन्दै जिद्दीको थलो नभएको बताउनुभयो । उहाँले संसद् अराजकको नभइ सज्जनको थलो भएको जानकारी दिनुभयो । जनताको जनप्रतिनिधिले जवाफदेही, जिम्मेवार बनाएर भएर काम गर्नुपर्ने उहाँको भनाइ छ । संसद् भनेको एउटा नियमनको थलो भएकाले तथानामको थलो नबनाउन प्रतिपक्ष दलहरूलाई उहाँले आग्रह गर्नुभयो ।
सांसद रिजालले भन्नुभयो, ‘‘संसद् संवादको थलो हो । टकरावको थलो होइन । संसद विधिको थलो हो जिद्दीको थलो होइन । संसद् सज्जनको थलो हो अराजकको थलो होइन । त्यसकारण जनताको जनप्रतिनिधिले जुन एउटा उचाइमा जवाफदेही, जिम्मेवार बनाएर पठाएका छन्, त्यसलाई शिरोधार्य गर्नुपर्छ । त्यसको परिपालना गर्नुपर्छ । संसद् भनेको एउटा नियमनको थलो हो । तथानामको थलो होइन ।’’
उहाँले प्रमुख प्रतिपक्ष दलका नेताले डोरीलाई सर्प भने प्रचार गरेको भन्दै आपत्ति जनाउनुभयो ।