काठमाडौँ, माघ २९ गते । जनता समाजवादी पार्टी (जसपा), नेपालले प्रतिनिधिसभामा पेस भएका ६ मध्ये पाँच अध्यादेशको समर्थन गर्ने निर्णय गरेको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको निजी सचिवालयका अनुसार मङ्गलबार बसेको संसदीय दलको बैठकले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशप्रति भने असहमति जनाएको छ ।
गत माघ १८ गते प्रतिनिधिसभामा अनुमोदनका लागि पेस भएका पाँच अध्यादेशहरू ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ मा समर्थन गर्ने र पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
यसैगरी, ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ भने दीर्घकालीन रूपमा देश र समग्र राष्ट्रको हित विपरीत रहेको निर्णय गरेको छ ।