• २९ माघ २०८१, मङ्गलबार

जङ्गली जनावरलाई जङ्गलभित्रै बाँच्नसक्ने वातावरण मिलाउन सरकारसँग माग

blog

नेपाली कांग्रेसका सांसद अञ्जनी श्रेष्ठ

काठमाडौं, माघ २९ गते । नेपाली कांग्रेसका सांसद अञ्जनी श्रेष्ठले जङ्गली जनावरहरु गाउँबस्तीमा छिर्दा नागरिकहरुलाई सुरक्षा खतरा भएको भन्दै समाधान गर्न सरकारसँग माग गर्नुभएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्नुहुँदै उहाँले यस्तो माग गर्नुभएको हो ।

उहाँले जङ्गली जनावरहरु गाउँबस्तीमा छिर्दा चितवनको निकुञ्ज वरपरका नागरिकको जिउज्यान जोखिममा रहेको बताउनुभयो । उहाँले जङ्गलभित्रका जनावरहरुलाई जङ्गलभित्रै बाँच्नसक्ने वातावरण मिलाउन माग गर्नुभयो ।

‘‘चितवन जिल्लाको निकुञ्ज वरपरका नागरिकको जिउज्यनको जोखिम बढ्दै गइरहेको छ । बाघ, गैँडा र हात्तीजस्ता जनावरहरु सधैंजसो गाउँबस्तीमा हिँड्दा गाउँका मान्छेहरु असुरक्षित महसुस गरिरहेका छन् ।,’’ सांसद श्रेष्ठले भन्नुभयो, ‘‘जङ्गलभित्रै ती जनावरहरु बाँच्ने व्यवस्था मिलाउनुपर्ने हो कि, जनावरको सङ्ख्या वृद्धि भएर हो कि, जनावरहरुका लागि जङ्गलमा खाद्य अभाव भएर हो । यसका लागि के गर्नुपर्ने हो अविलम्ब समाधानको उपाय गरियोस् ।’’

उहाँले जङ्गलभित्रका जनावरहरुलाई जङ्गलभित्रै खाद्यान्नको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।