काठमाडौं, माघ २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्यान्डका लागि नेपालको आवासीय राजदूतमा धनबहादुर वलीलाई नियुक्त गर्नुभएको छ ।
मङ्गलबार राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम वलीलाई राजदूत नियुक्त गर्नुभएको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वलीलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।