पोखरीचौर–छापभन्ज्याङ सडकखण्ड स्तरोन्नति
सिन्धुपाल्चोकको उत्तरी भेग पोखरीचौर–छापभन्ज्याङ सडकखण्ड अन्तर्गत स्तरोन्नतिको काम भइरहेको छ । उक्त सडकखण्ड अन्तर्गत छ किलोमिटर सडक चौडा गर्ने, नाला निर्माण गर्ने, ग्राभेलिङ गर्ने र कालोपत्रेका काम धमाधम भइरहेको हो ।
योङ वेभको ‘बेबी’ सार्वजनिक
नेपहपको श्रीपेच सिजन–२ का विजेता योङ वेभले आफ्नो अफिसियल गीत ‘बेबी’ सार्वजनिक गर्नुभएको छ ।
नइ पुरस्कार घोषणा
नइ प्रकाशनले साहित्य, कला, अध्यात्मलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका १० जना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
‘एक्टर : टेक वन’ को ट्रेलर
सार्वजनिक भएको दुई दिनमा नेपाली चलचित्र ‘एक्टर : टेक वन’ को ट्रेलर नेपालका लागि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ । अहिलेसम्म ट्रेलर १५ लाख भ्युजसहित ट्रेन्डिङमा रहेको छ ।
पर्यटनको दिगो विकास गर्न एकीकृत गुरुयोजना आवश्यक
चितवनको पर्यटनको दिगो विकासका लागि एकीकृत गुरुयोजना बनाएर कार्यान्वयन गर्नपर्ने विज्ञहरूले औँल्याएका छन् ।
राजस्व जति सुविधामै खर्च
बैतडीका स्थानीय तहले राजस्वबाट प्राप्त रकमको ८० प्रतिशत पदाधिकारीको सेवा सुविधा, भ्रमण, इन्धन, खाना र निकटका व्यक्तिलाई कर्मचारी भर्ना गरेर सक्ने गरेका छन् ।
पर्यटकीय ताल निर्माण
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–२, हिले सामुदायिक वन ‘ख’ मा पर्यटक आकर्षण गर्न पर्यटकीय ताल निर्माणको पहिलो चरणको काम सकिएको छ ।
वैदेशिक व्यापारमा सुधार
मुलुकको वैदेशिक व्यापार (आयातनिर्यात) दुवैमा सुधार आएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा आयातनिर्यातमा सुधार आएको हो । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयात सात प्रतिशत र निर्यात ३१.७८ प्रतिशतले वृद्धि भएको छ ।
धौवादी फलाम उद्योगको काममा तीव्रता दिन निर्देशन
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धौवादी फलाम उद्योग सञ्चालनको कार्य द्रुत गतिमा अघि बढाउन निर्देशन दिनुभएको छ ।
सोह्र गुणा बढ्यो चिनी आयात
भारतबाट नेपालगन्ज हुँदै भित्रिने चिनीको आयात अत्यधिक बढेको छ । विगतमा चिनीसहित चामल, दाल र सुती कपडाको आयात घटेकोमा अहिले बढ्न थालेको हो ।
प्रदूषण परीक्षणमा ७८ प्रतिशत अनुत्तीर्ण
काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यकामा गरिरहेको सवारी प्रदूषण परीक्षणमा ७८ प्रतिशत सवारीसाधन अनुत्तीर्ण भएका छन् ।
‘कानुनसँग बाझियो नेत्र विश्वविद्यालय विधेयक’
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को केही व्यवस्था कानुनसँग बाझिएको विषयमा महान्यायाधिवक्ताले आफ्नो राय दिनुभएको छ ।
सहकारी ठगीको प्रताडनामा परेका गाई गोठालोको जिम्मामा
ललितपुरको पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले चितवनको खैरहनी नगरपालिका–१२ मा सञ्चालन गरेको लालीगुराँस गाई फार्म ‘गोठालो’ को जिम्मा लगाइएको छ ।
अखिल क्रान्तिकारीको उम्मेदवारी दर्ता आज
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्न मङ्गलबार उम्मेदवारी दर्ताको कार्यतालिका बनाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृतको पद विशिष्टीकृत सेवा बन्नुपर्ने
कर्मचारी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतका रूपमा जान नमानेपछि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पदलाई विशिष्टीकृत सेवा बनाउन माग गरिएको छ ।
ट्रम्पको कार्यकाल सुरु
संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा डोनाल्ड जे ट्रम्पले सोमबारदेखि औपचारिक रूपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ ।
कर्मचारी एक, जिम्मेवारी तीन जिल्ला
बैतडी, बझाङ र दार्चुला जिल्लाका चार वटा सरकारी कार्यालय प्रमुखको जिम्मेवारी एउटै व्यक्तिको काँधमा आइपरेको छ ।
पेस्तोलसहित दुई जना पक्राउ
धनुषामा सशस्त्र प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेका छन् ।
प्रदेश सभाको स्थापना दिवस
सुदूरपश्चिम प्रदेश सभाको स्थापना दिवस आज मनाइएको छ । प्रदेश प्रमुख नजिर मियाँको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो ।
वन अतिक्रमण बढ्दै
महोत्तरीमा वन अतिक्रमणका घटना बढ्दै गएको छ ।
पदमार्गमार्फत् ध्वजेडाँडा-खुवालुङ जोड्दै साँगुरीगढी
धनकुटाको साँगुरीगढी गाउँपालिकाले ध्वजेडाँडा र खुवालुङ जोडेर पर्यटक प्रवर्द्धन गर्न पदमार्ग निर्माण सुरु गरेको छ ।
पराती गाउने परम्परा लोप हुँदै
धनुषाको ढल्केबरमा केही वर्षअघिसम्म महेन्द्र साह र गोपाल ढकाल एका बिहानै पराती गीत गाउनुहुन्थ्यो । उहाँहरूको पराती सुनेर वरपरका छिमेकले बिहान हुन लागेको सङ्केत पाउँथे ।
राप्ती नदीमा गोही गणना सुरु
बाँकेको राप्ती नदीमा घडियाल गोहीको गणना सुरु गरिएको छ ।
फेदीखोलाका ८५ उत्कृष्ट कृषक पुरस्कृत
स्याङ्जाको फेदीखोला गाउँपालिकाले ८५ जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ ।