सिमेन्टको मूल्यवृद्धिबारे संसदीय समितिले अध्ययन गर्ने
सिमेन्टको अस्वाभाविक मूल्यवृद्धिबारे संसदीय समितिले छानबिन गर्ने भएको छ ।
उजुरी अध्ययन गर्न उपसमिति
सार्वजनिक लेखा समितिले विचाराधीन उजुरीबारे अध्ययनका लागि उपसमिति गठन गरेको छ ।
धरानमा खानेपानीको समस्या चाँडै समाधान गरिने
खानेपानीमन्त्री प्रदीप यादवले धरान नगर क्षेत्रमा देखिएका खानेपानीको समस्या चाँडै समाधान गरिने बताउनुभएको छ ।
निवृत्तिभरण कोषमा अब नियुक्त हुने शिक्षक मात्रै
सामुदायिक विद्यालयमा अब नियुक्त हुने शिक्षकलाई मात्रै निवृत्तिभरण कोषमा समावेश गरिने भएको छ ।
मौरीपालन व्यवसायमा आकर्षण
रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ का कमलाल खड्काले मौरीपालन गर्न थालेको नौ वर्ष भयो । दसवटा गोलाबाट मौरीपालन सुरु गरेका खड्कासँग हाल एक सय २३ वटा मौरी गोला छन् ।
महिला नेतृत्वका लागि पाइलैपिच्छे चुनौती
राजनीतिमा लाग्ने कतिपयको न कुनै व्यवसाय हुन्छ न आम्दानीको कुनै स्रोत नै ।
'कानुन निमार्णमा तीनै तहका सरकार जिम्मेवार भएर अघि बढ्नुपर्छ'
मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले कानुन निमार्णको सवालमा तीन वटै तहका सरकार जिम्मेवार भएर अघि बढ्नु पर्ने धारणा राख्नु भएको छ ।
सप्तरीका १८ पालिकामा हुलाक कार्यालय स्थापना
सरकारको ‘एक पालिका, एक हुलाक’ अवधारणा अन्तर्गत सप्तरी जिल्लाको पालिकाहरूमा हुलाक कार्यालय स्थापना भएको छ ।
बसकाे ठक्करबाट साइकल यात्रीको मृत्यु
तेजस एकेडेमी कलेज वीरगन्जको बसले साइकल यात्रीलाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
राष्ट्रपति रनिङशिल्डको उपाधि सिरानचोक गाउँपालिकालाई
गोरखामा भएको जिल्लास्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि सिरानचोक गाउँपालिकाले हात पारेको छ । गएको आइतबारदेखि भएको १२ औं जिल्ला राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सात स्वर्ण, नौ रजत र तीन कास्य गरी कुल १९ पदक हात पार्दै सिरानचोक गाउँपालिकाले उपाधी हात पारेको हो ।
बृहत् बिजुवार खानेपानीका लागि २३ करोड बजेट सुनिश्चित
प्युठानको बृहत् बिजुवार खानेपानी आयोजना सञ्चालन गर्न अर्थ मन्त्रालयले २३ करोड बजेट सुनिश्चित गरेको छ ।
‘धरान १० के रन‘ फागुनमा
धरान रनद्वारा आयोजना हुने नेवा च्यारिटि १० के रन आगामी फागुन १० गते हुने भएको छ ।
लोप हुँदै मौलिक घर
ललितपुर महानगरपालिका–२१ खोकना ऐतिहासिक नेवा बस्तीका रुपमा चिनिन्छ । शुद्ध तोरीको तेल पाइने र नेपालको पहिलो बिजुली बत्ती बल्ने गाउँका रुपमा खोकना परिचित छ ।
‘राइजिङ’ पदमार्गमा पर्यटकको आकर्षण
अन्नपुर्ण चक्रिय पदमार्गका अधिकांश ठाउँमा मोटरबाटो पुगेसँगै पर्यटकको आकर्षण घट्न थालेपछि पर्यटन व्यावसायीहरूले नयाँ पदमार्गमा पर्यटक लैजान सुरु गरेका छन् ।
पशुमा लम्पी स्किनको प्रकोप
ओखलढुङ्गाको लिखु गाउँपालिकाका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको प्रकोप देखिएको छ ।
उखु अभावले चिनी उत्पादनमा समस्या
महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलमा उखु अभावले चिनी उत्पादनमा समस्या भएको छ ।
नेपालगञ्ज विमानस्थल बन्द
बाक्लो हुस्सु र शीतलहरका कारण मङ्गलबार पनि बिहानैदेखि नेपालगन्ज विमानस्थल बन्द छ ।
हलगोरु पाल्ने किसानलाई सम्मान
यहाँको सन्धिखर्क नगरपालिका–१ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ ।
ढुङ्गाले पुरेको अवस्थामा शव फेला
गुल्मीमा बारीमा ढुङ्गाले पुरेकोे अवस्थामा शव फेला परेको छ ।
तातोको खोजी
महोत्तरी, माघ ८ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका २ स्थित दुर्गाचोकमा आगोको छेउमा सुतेर न्यानो लिँदै कुकुरका छाउराहरू । तस्बिरः रासस
मोटरबोटमा रमाउँदै पर्यटक
चितवन, माघ ८ गते । चितवनको नारायणगढस्थित नारायणी नदीमा माेटरबाेटमा रमाउँदै आन्तरिक पर्यटक । तस्बिरः रासस
बेनी-जोमसोम-कोरोला सडक स्तरोन्नति
मुस्ताङ, माघ ८ गते । बेनी जोमसोम कोरोला सडकखण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका ४ घासा नजिकैको सडक स्तरोन्नति गरिँदै । वि.सं. २०७३ चैत १ गते सडक निर्माणको ठेक्का पाए पनि निर्माण कम्पनीले पटकपटक म्याद थप्दा निर्माणमा ढिलाइ भएको छ । तस्बिरः रासस
सूर्योदय र जलाशय
दाङ, माघ ८ गते । दाङको घोराही उपमहानगरपालिका १७ स्थित ढिकपुरमा रहेको कृत्रिम जलाशय र मङ्गलबार देखिएको सूर्योदयको दृश्य । तस्बिरः रासस
माछा पोखरी
बाँके, माघ ८ गते । बाँकेको राप्तिसोनारी गाउँपालिका २ कचनापुरमा व्यावसायिक रूपमा माछा पाल्नका लागि बनाइएको पोखरी र आसपासका क्षेत्र । यहाँ व्यावसायिक माछा पालनका लागि ११ वटा पोखरी बनाइएको छ । तस्बिरः रासस