विपन्न परिवारको आवासका लागि ८० घर निर्माण
त्रियुगा नगरपालिकाले नगरभित्रका गरिब तथा विपन्न परिवारका लागि ८० घर तथा आवास गृह निर्माण गरेको छ ।
पुम्दिकोट धार्मिक महोत्सव २०८१ हुने
पुम्दिकोट कोट विकास समितिको आयोजनामा पोखरा २२ पुम्दिकोटमा श्री शिव महापुराण ज्ञान महायज्ञ एवम् पुम्दिकोट धार्मिक महोत्सव २०८१ हुने भएको छ ।
बागलुङका ११ हजार किशोरीलाई एचपिभी खोप
यही माघ २२ देखि फागुन ३ गतेसम्म जिल्लाका ११ हजार पाँच सय ५५ जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सर उन्मूलन गर्न एचपिभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण
केहीदिन यता बाँकेमा सुरु भएको शीतलहर र हुस्सुका कारण अत्यधिक जाडो बढेर जनजीवन प्रभावित बनेपछि जिल्लाका स्थानीय सरकारहरुले ज्येष्ठ नागरिकलाई न्यानो फाइबर सिरक वितरण गर्न थालेका छन् ।
चालिस वर्ष गुप्तबास !
पछिल्लो पटक सन् १९७३ मा भियतनाम युद्धका बेला अमेरिकी बम वर्षाबाट बच्न दौडिरहेको देखिएका बाबुछोरा घनघोर जङ्गलमा ४० वर्षपछि जीवितै फेला परे ।
डलरमा अङ्कित ऐतिहासिक व्यक्तित्व
अमेरिकाको सय डलरको नोटमा बेन्जामिन फ्रेङ्कलिनको तस्बिर छापिएको छ ।
स्वस्थानी व्रतकथामा नारीको स्थान
नेपाली हिन्दु समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक श्री स्वस्थानी देवीको व्रत बसेर हिन्दु महिला वर्षभरि रातो कपडामा बेरेर राखिएको पुस्तकमा लेखिएको कथा वाचन
नेपालमा कहिले भित्रियो अङ्ग्रेजी ?
पृथ्वीनारायण शाहले कीर्तिपुर कब्जा गरेपछि कान्तिपुरका अन्तिम राजा जयप्रकाश मल्लले भारतमा राइँदाइँ गरिरहेका अङ्ग्रेजसँग सैन्य सहयोग मागेका थिए ।
जाडो बिदामा के गर्ने ?
भाइबहिनीहरू, निकै चिसो बढ्ने भएकाले पुसमा जाडो बिदा हुन्छ ।
चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द
नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको छ ।
माघे सङ्क्रान्तिको सन्देश
महाभारत कालमा इच्छा मृत्युको वरदान पाएका भीष्म पितामहले उत्तरायण नलागेसम्म शरीर नत्याग्ने इच्छा व्यक्त गरेका थिए । उनी आफ्नो मृत्युका लागि उत्तरायण कुरेर बसे । माघमा उत्तरायण लागेपछि उनले
हुँदैन सार्वजनिक सुनुवाइ
प्रत्येक चौमासिकमा पालिकाले प्रवाह गरेका सेवाबारे सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान छ ।
शुद्धोदन बनाउन गाउँपालिकाद्वारा पहल सुरु
गौतम बुद्धको पिताको नामबाट स्थापना भएको रुपन्देहीको एक पालिकाको नाम नै अशुद्ध भएपछि सच्याउन पहल थालिएको छ ।
म्याग्दीका शतप्रतिशत घरधुरीमा उज्यालो
गण्डकी प्रदेश सरकारले लिएको उज्यालो गण्डकी प्रदेश अभियान अन्तर्गत हिमाली जिल्ला म्याग्दीका शतप्रतिशत घरमा उज्यालो पुगेको छ ।
पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार
पर्वतको मोदी गाउँपालिका–४ मा रहेको प्रसिद्ध पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार गरिएको छ । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उक्त गाउँका दुई सय १६ घरधुरीमा एक घर एक धारा निर्माण गरी पानी वितरण गरिएको हो ।
फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध
शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक लगाएको छ । माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग गरिएको जनगुनासो बढेपछि बिक्री वितरणमा प्रतिबन्ध लगाइएको नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिकी संयोजक नरमाया कार्कीले जानकारी दिनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
शुल्कमा छुट
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले भूकम्प प्रभावितको घर निर्माणका लागि नक्सा पास गर्दा ५० प्रतिशत छुट दिने भएको छ ।
पुनर्स्थापनाको आसमा मुक्त हलिया
उत्तरी सुर्खेतको चिङ्गाड गाउँपालिका–५ का डिले कामी ऋण तिर्न नसकेपछि गाउँकै साहुकोमा हलिया बस्नुभयो ।
सहिद परिवारलाई कम्बल सहयोग
प्रतिनिधि सभा सदस्य एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सशस्त्र द्वन्द्व, जनआन्दोलन तथा विभिन्न आन्दोलनमा ज्यान गुमाएका परिवारका सदस्यलाई सहयोग गर्नुभएको छ ।
सिमकोटमा खानेपानी समस्या
हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका–५ र ६ मा खानेपानीको समस्या बढ्दै गएको छ ।
चट्टान फोरेपछि गाउँ जोडिँदै
बाजुराको पूर्वीउत्तरी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाले ग्रामीण सडक निर्माणलाई तीव्रता दिएको छ ।
नदीजन्य पदार्थको अवैध उत्खनन वृद्धि
स्थानीय तहले ठेकेदार कम्पनीमार्फत नदीजन्य पदार्थ गिट्टी, बालुवा, ढुङ्गा उत्खनन गर्ने गरे पनि यस वर्ष ठेक्का नलाग्दा अवैध रूपमा उत्खनन भइरहेको पाइएको छ ।