बाढी र डुबानको अध्ययन गर्न विपद प्राधिकरणको टोली कञ्चनपुरमा
कञ्चनपुरमा गत असार तेस्रो साता आएको बाढी र डुबानले परेको प्रभाव र प्रभावितको अवस्था बुझ्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली स्थलग अध्ययन गर्न कञ्चनपुर आइपुगेको छ ।
कर्मचारीको तलब मर्यादाक्रम अनुसार लागू गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)
सर्वोच्च अदालतले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय श्रेणीका कर्मचारीहरुको आधारभूत तलबमा समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारी सरह हुने गरी अबिलम्ब सुरु तलबमान समायोजन–निर्धारण लागू गर्न–गराउन परमादेश जारी गरेको छ ।
सात महिनापछि विद्युत सुचारु
बाजुराको बुढीगङ्गा नगरपालिका ९ र १० स्थित इकडिगाड लघुजलविद्युत पुन सञ्चालनमा आएको छ ।
२१ वर्षपछि इलाका प्रशासन कार्यालय पुन:स्थापना
सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको बाँकेको दुर्गम क्षेत्र नरैनापुरमा इलाका प्रशासन कार्यालय २१ वर्ष पछि पुनःस्थापना भएको छ ।
ओझेलमा छाङ्गा बाराही झरना
पहाडको खोंच, जङ्गलै जङ्गले घेरिएको ठाउँ । हरियाली मनमोहक ठाउँ । अग्लो डाँडाबाट ढुङ्गामा ठोक्किँदै झरेको पानी । डाँडाबाट खस्दा आउने आवाजले तनहुँको व्यास नगरपालिका–१४ छाब्दी नजिक रहेको छाङ्गा बाराही झरनाले यहाँ पुग्ने सबैलाई लोभ्याउँछ तर यसको प्रचारप्रसार हुननसक्दा पर्यटकीय गतिविधि बढ्न सकेका छैनन् ।
ज्येष्ठ नागरिकका लागि सभाहल निर्माण
हिमाली जिल्ला म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधामस्थित रहेको ज्येष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिकलाई लक्षित गरी सभाहल निर्माण गरिएको छ ।
कालीगण्डकीमा गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने र अस्पतालमा सुरक्षितरूपमा सुत्केरी गराउन अभिप्रेरित गर्ने उद्देश्यले गत आर्थिक वर्ष २०८०/८१ को देखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालिएको हो ।
कोइलाबासमा बर्सेनी बढ्दै राजस्व सङ्कलन
दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । जिल्लाको भन्सार कार्यालय रहेको कोइलाबास नाकामा चहलपहल बढ्दै जाँदा राजस्व सङ्कलनमा वृद्धि हुँदै गएको हो ।
सडक भासिएपछि सिङ्गो बस्ती जोखिममा
जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारमा सडकसँगैको जमिन भासिँदा सिङ्गो बस्ती जोखिममा परेको छ । तिलाहारको नवजागृत माध्यमिक विद्यालय नजिक रहेको डिमुवा–राम्जा–चित्रे सडक भासिँदा सडकभन्दा तल रहेको बस्ती जोखिममा परेको हो ।
पोखराको राजस्व सङ्कलन लक्ष्य नजिक
सरकारले पुँजीगत खर्च गर्न नसक्दा त्यसको असर राजस्व सङ्कलनमा परेको छ । आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्ष २०८०/०८१ को प्रगति विवरणमा पनि सो प्रभाव देखिएको जनाएको छ ।
हात्तीको आक्रमणबाट कोशीमा १० जनाको मृत्यु, २५ घाइते
गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । सोही अवधिमा पाँच वटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
‘नेपालसँगको सहयात्रा सफल र फलदायी’
नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धको साझेदारीको ७७ वर्ष पुगेको अवसरमा नियोगले नेपालको सङ्घीय संरचना अनुसार आफ्ना कार्यक्रमलाई थप फलदायी बनाउन लागि परेको नेपालस्थित अमेरिकी दूतवासकी प्रवक्ता जेहरा नक्वीले बताउनुभएको छ ।
अधिकांश सवारी दुर्घटना चालकको लापरबाहीका कारण
बाँकेमा अधिकांश सवारी दुर्घटना लापरबाहीका कारण भएको प्रहरीेले जनाएको छ । गत आर्थिक वर्षमा एक सय ५८ वटा सवारी दुर्घटनामा परी ६६ जनाले ज्यान गुमाएको छ ।
पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध
अविरल वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिनुभएको छ ।
नयाँसडककाे फुटपाथ विस्तार सुरु, स्थानीयवासी विरोधमा
काठमाडौँ महानगरपालिका– २२ मा पर्ने नयाँसडक गेटदेखि जुद्ध शालिकसम्मको सडकमा पेटी विस्तारको काम सुरु भएको छ । उच्च अदालत पाटनले काम अघि बढाउन आदेश दिएसँगै महानगरपालिकाले सडकको पेटीको विस्तारको काम अघि बढाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।
फापरखेतको पहिरोले यातायात अवरुद्ध
म्याग्दीको पश्चिम भेगलाई सडक सञ्जालसँग जोड्ने बेनी–दरबाङ सडक अन्तर्गत बेनी नगरपालिका –४, र मङ्गगला गाउँपालिका–२, को सिमानामा पर्ने फापरखेतमा पहिरो गएको छ ।
सिमलताल पहिरोः विकका परिवारलाई दुई लाख सहयोग
भरतपुर महानगरपालिकाले गत असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकका परिवारलाई किरिया खर्च प्रदान गरेको छ ।
बेनी–दरबाङ सडकखण्डको पहिरो
म्याग्दीको बेनी–दरबाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका(४ र मङ्गला गाउँपालिका(२ को सिमानामा पर्ने फापर खेतको पहिरो । यो पहिरोका कारण पश्चिम म्याग्दीको सिधा यातायात सेवा एक सातादेखि अवरुद्ध भएको छ ।
दमौलीमा रोपाइँ
तनहुँको म्याग्दे गाउँपालिका(२ जामुनेमा रोपाइँ गर्दै किसान । जिल्लाका १४ प्रतिशत भूभागमा रोपाइँ हुन बॉकी रहेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
मादी नदीमाथि झोलुङ्गे पुल
तनहुँको व्यास नगरपालिका–७ र व्यास नगरपालिका–६ जोड्ने मादी नदीमाथिको झोलुङ्गे पुल । यो पुलले दुवै वडाका बासिन्दालाई आवतजावतमा सहयोग पुर्याएको छ ।
थोराङ्ला पासमा घोडाबाट पार गरिँदै
सामुद्री सतहदेखि पाँच हजार चार सय मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गरेर मनाङदेखि मुस्ताङ आउने हालै मर्मत गरिएको पदमार्ग । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को सहयोगमा उपभोक्ता समितिले ७१९ मिटर पदमार्ग मर्मत गरेका छन् ।
अल्ट्रा ट्रेल दौडमा नेपाली नारीहरु
उनीहरु अधिकांशको बाल्यकाल पहाडी र हिमाली क्षेत्रमा घाँसदाउरालगायतका दैनिकीमै बित्यो । पहाडका उकाली र ओराली छिचोल्दै अघि बढेका उनीहरुका पाइला कतिबेला दौडिन थाले उनीहरु आफैँले मेसो पाएनन् ।
पहिरोले तापेथोक बजार जोखिममा
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको तापेथोक बजार माथिबाट झरेको पहिरोका कारण जोखिम परेको छ । बिहीबार राति वर्षासँगै बस्ती माथिबाट झरेको पहिरोले तापेथोक बजार उच्च जोखिममा परेको हो ।
वातावरणीय सङ्कट त्रिकोणीय
जलवायु परिवर्तन गराउन योगदान दिने हरितगृह ग्यास उत्सर्जनमा नेपालको नगन्य योगदान छ । यसो हुँदाहुँदै पनि यसको परिणतिको जोखिमको ठुलो भार बोक्नु परेको छ । यसको क्षतिपूर्ति विश्वका जलवायु परिवर्तन गराउने प्रमुख अर्थतन्त्रबाट भराउन नेपालले जोडदार रूपमा आवाज उठाउनु पर्छ । मानवीय समाज तथा समग्र अर्थतन्त्रको निर्माणको जग नै प्राकृतिक सम्पदा हुन् । यस धराका यावत् प्राणीको सततः सञ्चालन र जीवन्तताको आधार क्षेत्र नै यो पृथ्वी हो । मानव समुदायले प्राप्त गरेको सबै प्राप्ति, उपलब्धि, प्रतिफल र परिणतिको जननी हामी उभिएको धर्ती नै हो । अहिलेको मानवले जलवायु परिवर्तन, प्रदूषण तथा फोहोरमैला एवं प्रकृति तथा जैविक विविधताको क्षय जस्ता ‘त्रिपक्षीय घातक वातावरणीय सङ्कट’ धनी र गरिबबिचको फैसलामा बढोत्तरी, पिछडिएका तथा सीमान्तकृत समुदायप्रतिको नकारात्मक धारणा, सम्मानित रोजगारीको अभाव, उदाउँदो जुनोटिक रोगको महामारी जस्ता अन्तरसम्बन्धित वातावरणीय, सामाजिक, आर्थिक र स्वास्थ्यसँग सम्बन्धित चुनौतीको सामना गरिरहेको छ । जटिल एवं कठिन समस्याको निराकरणका लागि विश्व समुदायसामु आर्थिक स्रोतको न्यूनता, विश्व साझेदारीता र समन्वयमा कमजोरी, विकसित अर्थतन्त्रबिचमा रहेको अन्त्यहीन द्वन्द्व र चिसोपना जस्ता पक्ष पेचिला देखिन्छन् । वातावरणीय हिसाबले यहाँ हाम्रो ध्यान ‘त्रिपक्षीय घातक वातावरणीय सङ्कट’ प्रति लक्षित र केन्द्रित हुनु पर्छ ।विश्व परिवेशविगत ५० वर्षको अवधिमा प्राकृतिक स्रोतको दोहन कार्य तीन गुणाले वृद्धि भएको छ । न्यून आय भएका मुलुकको सापेक्षतामा सम्पन्न मुलुकले छ गुणा बढी प्राकृतिक सम्पदाको उपभोग गर्छन् भने १० गुणा ज्यादा जलवायु प्रभाव पार्छन् । संसारभरिको निर्माण र पदार्थीय उपयोगका लागि स्रोतको उत्खनन गर्ने कार्य सन् २०६० सम्म ६० प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ । (विश्व स्रोत दृष्टिकोण प्रतिवेदन, २०२४) करिब १० लाख प्राणी तथा वनस्तपति लोप हुने जोखिममा छन् । विश्व स्वास्थ्य सङ्गठनले तोकेको वायुको गुणस्तरभन्दा न्यून गुण भएको हावाको श्वासप्रश्वास गर्ने जनसङ्ख्या ९९ प्रतिशत छ । सन् २०५० सम्ममा लगभग एक अर्ब २० करोड मानिस जलवायु परिवर्तनजनित असरका कारण विस्थापित हुने प्रक्षेपण छ । त्यस्तै खडेरीका कारण सन् २०३० सम्ममा करिब ७० करोड मानिस विस्थापित हुने अनुमान छ । हरेक वर्ष सालाखाला एक करोड हेक्टर वनक्षेत्र ९० प्रतिशतजति कृषिको उपयोगका लागि फडानी गरिन्छ । सन् २०३० सम्ममा प्रतिवर्ष ५६० का दरले ठुल्ठुला प्राकृतिक विपत्तिका घटना हुने प्रक्षेपण समेत छ । जैविक विविधताको विनाशबाट मात्र दिगो विकासका ८० प्रतिशत लक्ष्य प्राप्तिमा प्रभाव पार्ने खतरा रहन्छ । सन् २०२५ सम्ममा विश्वव्यापी रूपमा जलवायु परिवर्तनबाट मात्र हुने वातावरणीय विनाशको क्षति आठ ट्रिलियन अमेरिकी डलर हुने प्रक्षेपण छ । यस्तो जलवायु परिवर्तनको असरले सन् २०२५ सम्ममा कुल गार्हस्थ उत्पादनमा करिब तीन प्रतिशतले गिरावट आउने देखिन्छ । यसको अनुपात विपन्न मुलुकका लागि अझ बढी हुने अनुमान छ । (संयुक्त राष्ट्रसङ्घीय वातावरणीय कार्यव्रmमका विभिन्न प्रतिवेदन) जलवायु परिवर्तन हरितगृत ग्यासको कारणले हुने जलवायु परिवर्तन अहिले विश्वव्यापी सबाल र चुनौती बनेको छ । सामान्यतया तापक्रम तथा मौसमी ढाँचामा दीर्घकालीन रूपमा हुने बदलावलाई जलवायु परिवर्तन भनिन्छ । अठारौँ शताब्दीदेखि मानवीय व्रिmयाकलाप नै जलवायु परिवर्तनका मुख्य कारक रहेका छन् । प्रमुखतः कोइला, तेल र ग्यास जस्ता जीवाश्म इन्धनको प्रयोग (जलन) नै जलवायु परिवर्तनका मुख्य कारक हुन् । यस्ता जीवाश्म इन्धनको जलनले वायुमण्डलमा हरितगृत ग्यास पैदा गरी यी ग्यासले पृथ्वीलाई वरिपरि ढाकेर सू्र्यबाट आउने तापलाई पृथ्वीको वायुमण्डलबाट बाहिर जान नदिई पृथ्वीको तापमान बढाउँछन् । यही कारणले नै जलवायुको स्थितिमा फरकपन आउँछ । जलवायु परिवर्तन गराउने अन्य ग्यासबाहेक मुख्य हरितगृत ग्यासमा कार्बनडाइअक्साइड र मिथेन पर्छन् ।यातायातका साधनमा पेट्रोलियम पदार्थको प्रयोग वा तापीय अवस्था सिर्जनाका निमित्त कोइलाको प्रयोग गर्दा हरितगृह ग्यास सिर्जना हुन्छन् । भूमिको सरसफाइ तथा वनजङ्गलको कटानी–फडानीबाट कार्बनडाइअक्साइको निष्कासन हुन्छ । खेतीपातीको व्यवस्थापन, ग्यास र तेल जस्ता व्रिmयाकलापको सञ्चालनबाट वायुमण्डलमा मिथेन ग्यासको उत्पादन हुन्छ । सौर्य विकीकरण पृथ्वीको वायुमण्डल भएर आउँदा यसको तरङ्ग लम्बाइ छोटो हुन्छ, जसलाई सर्ट वेभलेन्थ अल्ट्राभाइलेट वेभ भनिन्छ । पृथ्वीको सहतमा यो विकिरण ठोक्किएपछि उल्लिखित तरङ्ग लङ्ग वेभलेन्थ इन्फ्रारेडमा रूपान्तरित हुन्छ । यो वेभलेन्थलाई हामीले तापको रूपमा अनुभव गर्छौं । यसरी पृथ्वीको सहतमा ठोक्किएको तापयुक्त विकिरण पृथ्वीबाट फेरि फुत्किएर परावर्तन भई वायुमण्डलमा फर्किन्छ । पृथ्वीको वरिपरि वायुमण्डलमा निर्माण भएको हरितगृत ग्यासको पर्दाबाट छिरेर यो परावर्तित सौर्य विकीकरण उम्कन सक्यो भने यसले पृथ्वीलाई तताउँदैन, नउम्किँदा पृथ्वीलाई तताउँछ । मानवजनित कारणले कार्बनडाइअक्साड, मिथेन, नाइट्रस अक्साइड र ह्यालो कार्बन जस्ता हरितगृत ग्यासको व्यापक उत्सर्जनले वायुमण्डलको हरितगृह ग्यासको सघन पर्दाले पृथ्वीमा ठोकिएर परावर्तित भएको तातो वेभलेन्थलाई उम्कन नदिई पृथ्वीलाई तताउँदै लैजान्छ । यही कारणले नै पृथ्वीको जलवायुको अवस्थालाई दीर्घकालीन रूपमा परिवर्तन गराउँछ । सघन प्रकारका खडेरीको अवस्था, समुद्री सहतको वृद्धि, पानीको अभाव, गम्भीर प्रकृतिका आगलागीका घटना, बाढी पहिरोको प्रकोप, ध्रुवीय क्षेत्रमा हिम पग्लन, विनाशकारी आँधीबेहेरी र जैविक विविधताामा ह्रास आदि हुन् ।प्रदूषण र फोहोरमैलाको सङ्कटउपभोगमा निर्भर प्रमुख आर्थिक प्रणालीले उच्च स्तरको प्रदूषण र फोहोर पैदा गर्छ जसले मानव र पारिस्थितिकीय प्रणालीको स्वास्थ्यमा गहिरो प्रभाव पार्छ । प्रदूषित वायु नै विश्वव्यापी रूपमा रोग र असामयिक मृत्युको प्रमुख कारण रहेको तथ्य विभिन्न अध्ययनबाट पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठनको अनुमान अनुसार खराब हावाको गुणस्तरका कारण प्रत्येक वर्ष करिब ७० लाख मानिसको असामयिक मृत्यु हुन्छ भनिएको छ । नेपालमा पनि वार्षिक करिब ४५ हजार मानिसको असमायिक मरण यही दूषित हावाको कारण रहेको अनुमान छ । कारखाना, यातायात र जङ्गलमा लागेको आगोबाट हुने उत्सर्जनका कारण वायु प्रदूषित हुन्छ । खाना पकाउन वा न्यानो कायमका लागि कम हानिकारक प्रविधिमा पहुँच नभएका जनसमुदायले पनि आफ्नो घरमा प्रदूषित हावाको सास फेर्छन् । वायु प्रदूषण र जलवायु परिवर्तन अन्तरसम्बन्धित छ किनकि अधिक उत्सर्जनले पृथ्वीलाई पनि तातो बनाउँछ ।प्लास्टिक र माइव्रmोप्लास्टिकले गर्दा हुने प्रदूषण अर्को विश्वव्यापी चिन्ताको विषय हो किनकि यसले जैविक विविधतालाई प्रत्यक्ष असर गर्छ । यस क्षेत्रमा गरिएको अध्ययनबाट प्लास्टिकले मानिस र अन्य जीवित चिजको स्वास्थ्यलाई असर गरिरहेको छ भन्ने देखाएको छ । प्लास्टिकजन्य प्रदूषण कुहिन हजारौँ वर्षको समय लाग्छ । हामीले गरेका निकासी गतिविधिले हुने प्रदूषण भुल्नै सकिन्न जसले हरितगृह ग्यास उत्सर्जन गर्नुका साथै स्वास्थ्यका लागि विषाक्त हुने रसायन पैदा गरेर स्वच्छ पानीको स्रोत र जमिनको बृहत् भू–भागलाई क्षयीकरण गर्छ । जैविक विविधता विनाशको सङ्कटपृथ्वीमा रहेका प्रजाति, पारिस्थितिकीय प्रणाली तथा वंशानुगत विविधतालाई जैविक विविधता भनिन्छ । बासस्थानको विनाश र क्षयीकरण, अवैध कटानी, चोरी सिकारी, चरम उपभोग, प्रदूषण, मिचाहा प्रजातिको बिगबिगी, भूउपयोगमा परिवर्तन जस्ता कारणबाट जैविक विविधतामा ह्रास आएको छ । वन क्षेत्रमा लाग्ने बर्सेनिको आगलागीबाट पनि जैविक विविधता विनाशमा ठुलो योगदान पु¥याएको छ । पेरिस सम्झौताको हरितगृत ग्यास कटौतीको लक्ष्य प्राप्तिको एक तिहाइ अंश प्रकृतिमा आधारित समाधानमा निर्भर रहन्छ ।नेपालको मार्गचित्र भावी पुस्तालाई हस्तान्तरण गरिने विरासत महìवपूर्ण हुन्छ । यस्तो विरासतको निर्णय गर्दा सबै तह र तप्काका वातावरणीय शासनलाई सुदृढ तुल्याउने गरी निर्णय गर्न आवश्यक देखिन्छ । अर्थतन्त्रको अभिवृद्धि गर्दै असमानताको न्यूनीकरण, लोक कल्याणकारी सुधार तथा वातावरणीय प्रभाव घटाउँदै स्रोतको उपयोगमा कटौती गर्न अझै पनि सम्भव छ भन्ने दृढता यस क्षेत्रमा संलग्न विज्ञहरूकोे छ । जलवायु परिवर्तन, प्रदूषण तथा फोहोरमैला र प्रकृति तथा जैविक विविधता विनाशसम्बन्धी त्रिपक्षीय सङ्कटको निवारण कानुनी प्रबन्ध, समावेशी निर्णय प्रव्रिmया, प्रभावकारी कार्यान्वयनको व्यवस्था तथा सबल अनुगमन तथा मूल्याङ्कन पद्धतिले टेवा र समर्थन गर्ने उच्च नीतिगत प्रबन्धद्वारा मात्र सम्भव छ । यस्तो त्रिपक्षीय सङ्कटको निवारण नेपालको एक्लै प्रयत्नले पनि सम्भव नभएको र चुनौती पनि नेपाल एक्लैले मात्र खडा नगरेकाले नेपाल वातावरणीय क्षेत्रका विश्वव्यापी मञ्चमा तयारीका साथ दृढतापूर्वक प्रस्तुत हुन आवश्यक छ । जलवायु परिवर्तन गराउन योगदान दिने हरितगृह ग्यास उत्सर्जनमा नेपालको नगन्य योगदान छ । यसो हुँदाहुँदै पनि यसको परिणतिको जोखिमको ठुलो भार बोक्नु परेको छ । यसको क्षतिपूर्ति विश्वका जलवायु परिवर्तन गराउने प्रमुख अर्थतन्त्रबाट भराउन नेपालले जोडदार रूपमा आवाज उठाउनु पर्छ । वातावरणीय विनाश खास गरी जलवायु परिवर्तनले सिर्जना गरेको जोखिमको गाम्भीर्यता र सघनताका आधार विश्वस्तरीय स्थापित जलवायु हरित कोष तथा क्षतिपूर्ति एवं हानिनोक्सानी कोषको रकम नेपाल जस्ता मुलुकको जलवायुजन्य हानि नोक्सानीको जोखिम र मात्राको अनुपात अनुसार नै उपलब्ध गराउने सरल प्रणाली र प्रव्रिmयाका लागि नेपालले नेतृत्व लिनु पर्छ । उल्लिखित समस्या समाधानमा नीतिगत प्रबन्ध, कानुनी व्यवस्था र संयन्त्र, योजनागत व्रिmयाकलापको प्रभावकारी कार्यान्वयन तथा अनुगमन, मूल्याङ्कन एवं पृष्ठपोषणको अतिरिक्त व्यक्ति व्यक्तिको वातावरणीय चेतना, व्यवहार र कार्य शैलीको ठुलो महìव छ । आमजनसमुदायको सोचाइ, चिन्तन र चिन्तामा अब वातावरणीय मुद्दाले झक्झाउनै पर्छ । स्थानीय व्यक्ति, परिवार, समुदायदेखि आमसञ्चार जगत्, विद्वत् वर्ग, प्राज्ञिक समुदाय, खोज अनुसन्धानकर्ता, पैरवी समुदाय, अभिनेता तथा नेतासम्मलाई वातावरणीय संरक्षण, संवर्धन र व्यवस्थापनका निमित्त एकै थलोमा ल्याउने गरी सरकारले कार्यव्रmमको तर्जुमा र कार्यान्वयन गर्नु पर्छ ।