‘सरकार नेपाली आकाश सुरक्षित रहेको विश्वास दिलाउन लागेको छ’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विश्व समुदायलाई नेपाली हवाई आकाश सुरक्षित रहेको विश्वास दिलाउँदै सरकार उड्डयन क्षेत्रको विकास र सुधारमा अघि बढेको बताउनुभएको छ ।
सुनको मूल्य प्रतितोला एक लाख साठी हजार
स्थानीय बजारमा सुनको मूल्य बढेर तोलामा एक लाख ६० हजार रुपियाँ पुगेको छ ।
सहकारीका बचतकर्ताको गुहार
काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा छ हजार २६६ जना बचतकर्ताले बचत फिर्ता गराइदिन निवेदन दिएका छन् ।
कानुनसँग बाझिएका विषयमा प्रस्ताव ल्याउन सुझाव
सरकारले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ अन्तर्गत कानुनसँग बाझिएका विषयवस्तुमा थप गृहकार्य गरेर अर्को प्रस्ताव ल्याउनुपर्ने भएको छ ।
प्रतिबन्धको सँघारमा रेडक्रस
विगत छ वर्षदेखि आन्तरिक विवाद, विधानविपरीत पदहरूको भागबन्डा र संस्थामा सुशासन र लोकतान्त्रिक पद्धतिको अभावका कारण नेपाल रेडक्रस सोसाइटी प्रतिबन्धको सँघारमा पुगेको छ ।
ट्रम्पका निर्णयले अप्रत्यक्ष असर
अमेरिकाको राष्ट्रपतिको कार्यभार सम्हाल्दै गर्दा राष्ट्रपति डोनाल्ड जे ट्रम्पले शपथग्रहणसँगै गर्नुभएका केही निर्णयात्मक घोषणाहरूले नेपालसम्म केही प्रभाव देखिने भएको छ ।
प्रशासनिक खर्चमा प्रयोग गर्न रोक
प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी (राजस्व) रकमलाई प्रशासनिक खर्चका रूपमा खर्च गर्न नसक्ने व्यवस्था लागु गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सुझाव दिएको छ ।
आर्थिक अपराधमा सङ्गठित गिरोह
सहकारी सञ्चालक गितेन्द्रबाबु राई, टेलिभिजन प्रस्तोता रवि लामिछाने, पूर्वप्रहरी महानिरीक्षक छविलाल बन्जाडे जोशीसहितको समूहले विसं २०७८ असोज १५ गते ठुलो तामझामसहित एक टेलिभिजन सञ्चालनमा ल्यायो ।
कटुवाल बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा
गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल हुनुभएको छ ।
क्रान्ति सङ्ग्रहालय संरचना जीर्ण
तुलसीपुर उपमहानगरपालिका १९ मा रहेको क्रान्ति सङ्ग्रहालयमा रहेका संरचना जीर्ण बन्दै गएको छ ।
कालीगण्डकी कोरिडोर : मार्फाखोलामा मोटरेबल पुल निर्माण
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाखोलामा मोटरेबल पुल निर्माण भएको छ ।
गिद्ध संरक्षण गर्न आरामस्थल निर्माण
निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाले प्राकृतिक कुचिकारको रुपमा चिनिने गिद्ध संरक्षणका लागि ‘गिद्ध आरामस्थल’ निर्माण गरेको छ ।
जुम्लामा नौ हजार परिवार खानेपानीको पहुँचमा
जिल्लाका आठ वटै स्थानीय तहका ६० वडाका करिब नौ हजारभन्दा बढी परिवारमा खानेपानीको पहुँच विस्तार भएको छ ।
धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व सङ्कलन
कैलालीको धनगढी उपमहानगरपालिकाले रु. १७ करोड एक लाख दुई हजार ७२ राजस्व सङ्कलन गरेको छ ।
बागमती प्रदेश सभामा तीन वटा विधेयक दर्ता
बागमती प्रदेश सरकारले बागमती प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता गराएको छ ।
पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव
गाउँसम्म पुग्ने सडक निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउन यहाँको विकट गाउँ बाँसखर्कमा सुन्तला महोत्सव आयोजना गरिएको छ ।
बागलुङमा ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया
नेपाल नेत्रज्योति सङ्घ बागलुङ र धौलागिरि आँखा अस्पतालले ‘फेको’ प्रविधिबाट मोतियाबिन्दु भएका बिरामीकोे शल्यक्रिया गर्न सुरु गरेकाे हाे ।
सिमकोटमा खानेपानीको समस्या
हुम्लाको सदरमुकाम सिमकोटमा खानेपानीको समस्या भएको छ ।
‘वालिङ सिटी महोत्सव’ हुने
स्याङ्जाको वालिङमा ‘वालिङ सिटी महोत्सव’ हुने भएको छ ।
आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
दाङको तुलसीपुर उपमहानगरपालिका-४ स्थित जनचेतना आमा समूहको नौमती बाजा दाङमा मात्रै होइन, आजभोलि बुटवलसम्म पनि माग हुने गर्दछ ।
गोदाममा मल छ तर किसानले पाउँदैनन्
लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा रासायनिक मल मौज्दात हुँदा पनि यहाँका किसानले मल पाएका छैनन् ।
विपन्न परिवारको आवासका लागि ८० घर निर्माण
त्रियुगा नगरपालिकाले नगरभित्रका गरिब तथा विपन्न परिवारका लागि ८० घर तथा आवास गृह निर्माण गरेको छ ।
पुम्दिकोट धार्मिक महोत्सव २०८१ हुने
पुम्दिकोट कोट विकास समितिको आयोजनामा पोखरा २२ पुम्दिकोटमा श्री शिव महापुराण ज्ञान महायज्ञ एवम् पुम्दिकोट धार्मिक महोत्सव २०८१ हुने भएको छ ।
बागलुङका ११ हजार किशोरीलाई एचपिभी खोप
यही माघ २२ देखि फागुन ३ गतेसम्म जिल्लाका ११ हजार पाँच सय ५५ जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सर उन्मूलन गर्न एचपिभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।