सुनसरीमा मिटरब्याजी पीडितको जागरण सभा
सुनसरीको इनरुवामा मिटरब्याजी पीडितको जागरण सभा गरिएको छ ।
संशोधन विधेयक सभाबाट सर्वसम्मतले पारित
सुदूरपश्चिम प्रदेश सभाले सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई पारित गरेको छ ।
नवलपुरमा १७ हजारभन्दा बढीलाई एचपिभी खोप
नवलपुरका १७ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ ।
आगलागीमा लाखौंको क्षति
अर्जुनचौपारी गाउँपालिका-५ गैराथरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
पञ्चे बाजा संरक्षणमा जुट्दै महिला
पञ्चेबाजाको संरक्षण गर्न महिलाहरू जुट्न थालेका छन् ।
कैलालीमा ५६ हजारलाई पाठेघर मुखको क्यान्सर विरुद्ध खोप लगाइने
कैलाली जिल्लामा करिब ५६ हजार किशोरीलाई (पाठेघरको मुखको क्यान्सर विरुद्ध) एच.पि.भी. खोप लगाइने भएको छ ।
आयोजना अलपत्र हुँदा खानेपानी समस्या
छ वर्षदेखि खानेपानी आयोजना निर्माण अलपत्र पर्दा सर्लाहीको हरिवन नगरपालिका–५, का स्थानीय खानेपानीको चरम मारमा परेका छन् ।
ज्येष्ठ नागरिक सम्मानित
पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ का पाँच जना ज्येष्ठ नागरिकलाई वडा कार्यालयले सम्मान गरेको छ ।
हिमाल जोगाउने अभियानमा सिरिजङ्घा गाउँपालिका
दिन प्रतिदिन जलवायु परिर्वतनका कारण हिमताल, हिमनदीका साथै हिमालको अस्तित्व सङ्कटमा पर्दै जान थालेपछि सिरिजङ्घा गाउँपालिका हिमाल जोगाउने अभियानमा जुटेको छ ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुनमा
भूतपूर्व खेलाडी मञ्चले बर्सेनी आयोजना गर्दै आएको म्याराथन यो पटक पनि हुने भएको छ ।
चौपाया छोड्नेलाई सात हजार जरिवाना
आफ्ना चौपायाहरु जथाभावि छाडा छोड्नेलाई सिद्धार्थनगर नगरपालिकाले सात हजार जरिवाना गराउने भएको छ ।
काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन
काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित सो सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि लागलागी भएको बताइएको छ ।
काँक्राको बिउ उत्पादनले प्रख्यात गाउँ
पर्वतको दक्षिणी भेगमा पर्ने एक गाउँ जसले विगत २५ वर्षदेखि निरन्तर काँक्राको बिउ उत्पादन गर्दै आएको छ । जिल्लाको फलेवास नगरपालिका वडा ११ मा पर्ने कर्नासमा रहेका सबै गाउँले काँक्राको बिउँको व्यावसायिक उत्पादनमा रमाएका छन् ।
मुस्ताङको कालोपानी बजार
मुस्ताङ, माघ १० गते । मुस्ताङको थासाङ गाउँपालिका ३ मा अवस्थित कालोपानी बजार । पछिल्लो केही वर्ष यता कालोपानी बजार पनि मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । तस्बिरः रासस
मिलमा राखिएका धानका बोरा
जलेश्वर, माघ १० गते । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका ५ स्थित मिलमा राखिएका धानका बोराहरू । यहाँ विभिन्न स्थानबाट धान खरिद गरी चामल तयार पारेर बिक्री वितरण गरिन्छ । तस्बिरः रासस
मनास्लु, बौद्ध हिमाललगायतका हिमशृङ्खला
लमजुङ, माघ १० गते । लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ हरसिंहडाँडाबाट देखिएका मनास्लु, बौद्ध हिमाललगायतका हिमशृङ्खला र बादल। पछिल्लो समय दृश्यावलोकनका लागि हरसिंहडाँडामा आउने पर्यटकको सङ्ख्या बढ्दो छ । तस्बिरः रासस
कालीगण्डकी र सेरोफेरो
म्याग्दी, माघ १० गते । म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटबाट देखिएको कालीगण्डकी नदी, म्याग्दी, पर्वत र मुस्ताङ जिल्लाका क्षेत्रहरु साथै पृष्ठभूमिमा धौलागिरि हिमाल । तस्बिरः रासस
विद्यार्थीले उत्पादन गरेको च्याउ
सिराहा, माघ १० गते । सिराहाको लहान ३ स्थित लक्ष्मण ललिता कुशवाह [ललकु] माध्यमिक विद्यालयका विद्यार्थीहरुले ‘पढ्दै, कमाउँदै’ कार्यक्रम अन्तर्गत उत्पादन गरेको च्याउ । तस्बिरः रासस
घाँस काट्दै किसान
देउखुरी, माघ १० गते । घोराही उपमहानगरपालिका ६ गुरुवागाउँका किसान बर्सिम घाँस काट्दै । यो घाँस पशुचौपायाका लागि उपयुक्त मानिन्छ । तस्बिरः रासस
बिहानी प्रार्थना गर्दै विद्यार्थी
अछाम, माघ १० गते । अछाम सदरमुकाम मङ्गलसेनस्थित श्री षोड्सा देवी माध्यमिक विद्यालयका विद्यार्थीहरु बिहानीको प्रार्थना गर्दै । तस्बिरः रासस
सरस्वतीको मूर्ति बनाउँदै कालिगड
दाङ, माघ १० गते । दाङको घोराही उपमहानगरपालिका १७ स्थित गैरागाउँमा सृजनशील मूर्ति उद्योगमा सरस्वती पूजाको लागि सरस्वतीको मूर्ति बनाउँदै कालिगड । उद्योगमा आठ हजारदेखि पचास हजार रुपियाँसम्मका सरस्वतीका मूर्ति बिक्रीका लागि बनाइएको छ । तस्बिरः रासस
प्राधिकरणको लापरबाहीले करेन्ट लागेर गुरुङको मृत्यु, प्राधिकरणले पाँच लाख क्षतिपूर्ति दिने
विद्युत् प्राधिकरणको लापरबाहीले तनहुँमा एक जनाको मृत्यु भएको छ । स्थानीयको विरोध पछि प्राधिकरणले माफी माग्दै मृतक परिवारलाई क्षतिपूर्ति दिने सहमति पछि शव बुझेका छन् ।
सवारीसाधनको चाबी थुत्न नपाइने अदालतको आदेश
सवारी जाँचका क्रममा ट्राफिक प्रहरीले कानुनविपरीत जथाभाबी चाबी थुत्ने र सर्वसाधारणलाई दुःख दिने गरेको पाइएपछि परेको निवेदनका आधारमा पाटन उच्च अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपाने इजलासले यस्तो गर्न नहुने भनी निर्देशनात्मक आदेश दिएको छ ।
४० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
दाङमा ३९ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लाका दश स्थानीय तहमा रहेका ३९ हजार चार सय ५० जना किशोरीलाई खोप लगाइने भएको हो ।