आहा कर्णाली नदी
अछाम, माघ ११ गते । अछाम र दैलेख जिल्लाको सीमा बिचमा भएर बगिरहेको कर्णाली नदीको मनाेरम दृश्य। तस्बिर ः रासस
च्याङ्ग्रे बजार र च्याङ्ग्रे पोखरी
भोजपुर, माघ ११ गते । भोजपुरको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रे बजार र गाउँपालिकाको प्रमुख आकर्षणको रुपमा रहेको च्याङ्ग्रे पोखरी । तस्बिर : रासस
कुवामा डुबेर वृद्धाको मृत्यु
कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
भाषासम्बन्धी विधेयक फिर्ता गर्न माग
मधेश प्रदेश सभामा पेस भएको प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी विधेयक फिर्ता गर्न माग गरेको छ । प्रदेश सभाको बिहीबार बसेको चौथो अधिवेशनको ११ औँ बैठकमा प्रदेश सांसदहरूले सो माग गरेको हो ।
झोलुङ्गे पुलले यात्राअवधि छोटियो
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–४ खिवाङको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण भएपछि यात्राअवधि छोटिएको छ ।
देशभक्त छोरो मर्दा देशै रूँदो रैछ...
उपचारका क्रममा भारतको एक अस्पतालमा मङ्गलबार निधन हुनुभएका पूर्वऊर्जा राज्यमन्त्री एवं संविधानसभा सदस्य रामजीप्रसाद शर्माको बिहीबार बागलुङस्थित निरयघाटमा अन्त्येष्टि गरिएको छ ।
खेलकुद पत्रकार मञ्च गण्डकीमा आस्थामगर निर्वाचित
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर घर्तीमगर (एमबी आस्था) निर्वाचित हुनुभएको छ । मञ्चको बिहीबार साँझ अबेर सम्पन्न तेस्रो अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि आस्थाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
सडक निर्माणको काम तीव्र गतिमा
विश्व बैङ्कको सहयोगमा सुरु गरिएको गाईघाटस्थित त्रियुगा नगरपालिका क्षेत्रमा सानाठुला गरी विभिन्न १३ वटा सडक निर्माणको काम ५० प्रतिशत सम्पन्न भएको छ । निर्धारित समयसीमाभित्र काम सम्पन्न
तिब्बतसँगको सिमा टिप्ताला पुग्यो गाडी
चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपालको टिप्ताला क्षेत्रमा नेपाली सवारीसाधन सञ्चालनले नयाँ सम्भावनाको ढोका खोलिदिएको छ । तमोर करिडोरको मर्मतपश्चात कच्ची सडकमार्ग हुँदै टिपतालासम्म जीप, ट्रयाक्टरलगायत सवारीसाधन नियमित रूपमा पुग्न थालेका छन् ।
काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
काठमाडौँ, माघ ११ गते । हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । साथै तराइका धेरै भागमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी साताभर तराई भेगमा कुहिरो नफाट्ने तथा त्यसपछि क्रमशः त्यो हराउँदै जाने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । काठमाडौँ उपत्यकाको तापक्रम पनि क्रमशः वृद्धि हुन थालेको छ । बिहीबार बिहान यहाँकोको न्यूनतम तापक्रम ६।१ डिग्री सेल्सियस मापन गरिएकामा आज त्यो ६।१ डिग्री सेल्सियस कायम भएको छ । आज यहाँको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियस रहने विभागको पूर्वानुमान छ । विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावन छ ।त्यसैगरी, आज राति कोशी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।आगामी २४ घण्टामा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । शनिबार बिहान तराईका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने जनाउँदै विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती
यहाँका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक रुपमा आलुखेती थालेका हुन् ।
प्रधानमन्त्री ओलीद्वारा सिद्धबाबा सुरुङको आज ‘ब्रेक थ्रु’
राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम [‘ब्रेक थ्रु’] आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ ।
बालबालिकाको उपचार निःशुल्क
रुकुमपश्चिमको चौरजहारी अस्पतालमा बालबालिकाको उपचार निःशुल्क हुने गरेको छ ।
संसदीय समितिलाई पूर्णता
झन्डै १० महिनादेखि नेतृत्वविहीन रहेका कर्णाली प्रदेश सभाका तीन वटा संसदीय समितिले नेतृत्व पाएका छन् । चार वटामध्ये तीन वटा समिति सभापतिविहीन थिए ।
वनमै कुहिन थाल्यो काठ
कालीगण्डकी विद्युत् प्रसारण लाइन बनाउँदा काटिएका काठ कुहिने अवस्थामा पुगेको छ ।
मरिण तटबन्धविरुद्ध जग्गाधनी आन्दोलित
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत मरिणखोलामा तटबन्ध निर्माण सुरु भएसँगै जग्गाधनी आन्दोलित बनेका छन् । आयोजनाले पहिले खोलाको बहाव क्षेत्र
अमेरिकी डलरको भाउ बढ्दा कुन–कुन विदेशी मुद्राको घट्यो
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पुनः बढेको छ । निर्धारित दरअनुसार साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ बढेको छ ।
गिट्टी, बालुवाको अभावले निर्माणमा समस्या
चालु आर्थिक वर्षको आधा समय सकिएको छ । विकास निर्माणका योजनामा सम्झौता हुँदै निर्माणको चरणमा रहेका छन् तर विकास निर्माणका काम गर्नका लागि पर्याप्त मात्रामा नदीजन्य पदार्थ प्राप्त गर्न नसक्दा निर्माण क्षेत्रमा काम गर्नेको गुनासो बढेको छ ।
बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नति हुँदै
बुटवलदेखि गोरुसिङ्गेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको काम शुक्रबारदेखि हुने भएको छ ।
महाभारतको आगो निभाउन सेना परिचालन
जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
छयसट्ठी हजारले अवलोकन गरे गोरखा सङ्ग्रहालय
गोरखाको ऐतिहासिक ठाउँ गोरखा सङ्ग्रहालयमा झन्डै ६५ हजारभन्दा बढी व्यक्तिले अवलोकन गरेका छन् ।
काँक्राको बिउ उत्पादनमा रमाएको गाउँ
पर्वतको दक्षिणी भेगमा पर्ने एक गाउँमा विगत २५ वर्षदेखि काँक्राको बिउ उत्पादन हुँदै आएको छ ।