विषादीका कारण मासियो तरकारी
पूर्वी चितवनको राप्ती नगरपालिका क्षेत्रमा लगाइएको काउली र बन्दामा लागेको रोगका कारण उत्पादनमा कमी आएको छ ।
श्रमिक मागपत्र प्रमाणीकरणको अधिकार राजदूतलाई नै दिन माग
वैदेशिक रोजगारीमा जाने श्रमिकको मागपत्र प्रमाणीकरण गर्ने अधिकार यसअघिकै व्यवस्था अनुसार सम्बन्धित देशमा रहेका राजदूतावासलाई मात्रै दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
अध्यक्षका लागि बाह्र जनाको आवेदन
बिमा क्षेत्रको नियामक निकाय नेपाल बिमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन परेको छ ।
नेपालमा व्यावसायिक गतिविधि बढाउन आग्रह
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारसँग आग्रह गर्नुभएको छ ।
सुमेरु सहकारीका तीन कार्यालयमा तालाबन्दी
बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेका तीन वटै सहकारी संस्थामा तालाबन्दी गरिएको छ ।
सम्बद्ध कसुरमा जोडिए मात्र अनुसन्धान अधिकार
महान्यायाधिवक्ता रमेश बडालले सम्पत्ति शुद्धीकरणसम्बन्धी संशोधित कानुनी व्यवस्था अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीलगायतका निकायलाई सम्बद्ध कसुर जोडिएको हकमा मात्र अनुसन्धान अधिकार दिइएको स्पष्ट पार्नुभएको छ ।
अनिवार्य तथा निःशुल्क शिक्षा : घर्किंदै समय, कार्यान्वयन सुस्त
निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी ऐन आएको छ वर्षपछि सरकारले यसको कार्यान्वयन योजना बनाएको छ ।
अखिल क्रान्तिकारीको निर्वाचन आज
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको शनिबार निर्वाचन हुँदै छ ।
सरकारी कार्यालयमै छैनन् सहायता कक्ष
सेवाग्राहीको सहयोगका लागि सरकारी कार्यालयहरूमा स्थापना गर्नुपर्ने सहायता कक्ष अधिकांश सरकारी कार्यालयमा नरहेको पाइएको छ । सहायता कक्ष राखिएका कार्यालयमा पनि कर्मचारी नै बस्दैनन् ।
बढ्यो वायु प्रदूषण
देशव्यापी रूपमा कतै घाम, कतै बादल र कतै हुस्सु–कुहिरोयुक्त मौसमसँगै वायु प्रदूषणको मात्रा आकासिँदै गएको छ ।
महाभारत पर्वत शृङ्खलाको डढेलो हेलिकप्टरबाट नियन्त्रण प्रयास
जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वत शृङ्खलाको सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि लागेको आगो नियन्त्रण बाहिर गएपछि शुक्रबार हेलिकप्टरमार्फत निभाउने प्रयास गरिएको छ ।
मुग्लिन-पोखरा सडक विस्तार : पूर्वीखण्डमा ७६ प्रतिशत काम सम्पन्न
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पूर्वीखण्डको कामले गति लिएकाे छ ।
कौरा नाचको संरक्षणमा गाउँपालिका
कौरा नृत्य ऋषिङ गाउँपालिकाबाटै सुरु भएकोले यसको संरक्षण संवर्द्धनकाा लागि प्रत्येक वर्ष कौरा नृत्य प्रतियोगिता गर्दै आइरहेको नयाँ पुस्तालाई जानकारी र संरक्षणमा टेवा पुर्याउन डकुमेन्ट्री निर्माण गरिसकिएको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो ।
लामाबगर नाका खोल्न सरकारले बहुवर्षीय ठेक्का लगाउने
बाबुराम शर्मादोलखा, माघ ११ गते । राष्ट्रिय गौरवको त्रिदेशीय उत्तर-दक्षिण कोरिडर अन्तर्गत दोलखाको बिगु गाउँपालिका-१ लामाबगर नाका खोल्न सरकारले बहुवर्षीय ठेक्का लगाउने भएको छ । भारत–नेपाल र चीन तीन देश जोड्ने उत्तर दक्षिण लोकमार्ग अन्तर्गतको लामाबगर नाका खोल्न लामो समयदेखिको पहल मिहिनेतपछि सरकारले यस वर्ष २० करोड रुपियाँको स्रोत निश्चित भएपछि बहुवर्षीय ठेक्का लगाउने तयारी भइरहेको बताइएको छ । बिगु गाउँपालिका–१ का वडाध्यक्ष मेमबहादुर तामाङका अनुसार यो त्रिदेशीय कोरिडोर २४४ किलोमिटर सडकमा सिँगटी–भीठ्ठामोड २०८ किलोमिटर सडक पक्की बनेको छ । सिँगटी–लामाबगर २८ किलोमिटर ग्राभेल भएको छ । लामाबगर–जुमखोला पाँच किलोमिटर निजी हाइड्रोले निर्माण गरिरहेका छन् । जुमखोला–तिब्बत सिमाना तीन किलोमिटर सडक बनेर सञ्चालनमा आएपछि दोलखासहित मध्यपहाड र तराईका क्षेत्रमा राम्रो प्रभाव पर्ने देखिएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ड्यामभन्दा माथि लप्ची खोलामा १६० मेगावटा क्षमताको आयोजना निर्माण गरिरहेको एमभी दुगढ हाइड्रो पावर प्रालिले आफ्नै लगानीमा निर्माण सुरु गरेको सडक खण्डको जटिल मानिएको सुरुङमार्ग निर्माण सम्पन्न भई अरु सडक निर्माणको काम अघि बढिरहेको छ । सारै जटिल मानिएको सुरुङमार्ग एक हजार ९४ दशमलब १८ मटिर लामो र ६ वाई ५.५ डायमेन्सनको रहेको छ । सुरुङमार्गभन्दा लप्चीतिरको देउराली खरानेखोलासम्मको सडक माघ महिनाभित्र सक्ने गरी काम भइरहेको सुमो कन्स्ट्रकक्सन प्रालिका साइड कर्मचारी हेमराज तमाङले जानकारी दिनुभयो । सडक सञ्जाल नजोडिँदा बिगु गाउँपालिकाका बासिन्दा भए पनि लप्चीवासी अर्कै मुलुकका नागरिक झै छन् । लामाबगरबाट लुम्नाङ एक दिन र लप्ची दुई दिनको पैदलयात्रापछि मुस्किलले पुगिन्छ । वर्षा लागेपछि त आवतजावत नै पूरा बन्द हुन्छ । सुरुङमार्ग बनेर ३२ किलोमिटर सडक बनेपछि लप्चीवासीको कायपलट नै हुने वडाध्यक्ष तामाङले बताउनु भयो । सडक नहुँदा यहाँ पाँच वटा हाइड्रोपावर बन्न सकेका छैनन् । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध भरिएपछि ओहोरदोहोर गर्ने परम्परागत बाटो बन्द हुँदा चौँरी र भेडाबाख्रा पनि यही सुरुङमार्गबाट हिँड्न मिल्ने गरी निर्मााण भएको हो ।
जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
प्रदेशसभा अधिवेशन आह्वान
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गते दिउँसो २ बजेबाट सुरु हुने भएको छ ।
स्वास्थ्य क्षेत्रमा धेरै विकास भएकाे छ तर पूर्ण छैन : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा धेरै विकास भएको छ तर पूर्ण नभएको बताउनुभयो ।
चुकेनीको विद्युतले उज्यालाे जुम्ला
कुनैबेला विद्युतको अभावमा अध्याँरो खेपिरहेको जुम्लाको सदरमुकाम जुम्ला अहिले उज्यालिएको छ ।
शीतलहरले जनजीवन प्रभावित
तराई क्षेत्रमा बढ्दै गएको शीतलहरले यहाँको जनजीवन प्रभावित भएको छ ।
विद्यालयको गेट खस्दा विद्यार्थीको मृत्यु
कैलालीमा विद्यालयको गेट खस्दा टाउकोमा चोट लागेर विद्यार्थीको मृत्यु भएको छ ।
ताप्लेजुङमा सुन्तला उत्पादन बढ्यो
ताप्लेजुङ, माघ ११ गते । ताप्लेजुङमा यस वर्ष सुन्तला उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार गत वर्षभन्दा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोष थापा मगरले जानकारी दिनुभयो । थापा मगरका अनुसार यस वर्ष खेती विस्तारसँगै सुन्तला उत्पादन बढेको हो । जिल्लामा ५५६ हेक्टर क्षेत्रफल बराबरको जग्गामा गरिएको खेतीबाट तीन हजार ५४३.७ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीका लागि यस वर्ष मौसम अनुकूल भई दिएकाले उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गत वर्ष तीन हजार ५६ मेट्रिक टन मात्र सुन्तला उत्पादन भएको थियो । जिल्लामा सुन्तला खेती गरिएको जमिनमध्ये ४३४ हेक्टर क्षेत्रफललाई भने उत्पादनशील क्षेत्रका रूपमा कृषि ज्ञान केन्द्रले औँल्याएको छ । यता जिल्लामा सुन्तलाको मूल्य भने प्रतिकिलोग्राम १०० देखि १५० रुपियाँसम्म छ । उत्पादक किसान तथा स्थानीय व्यवसायीले सो मूल्यमा सुन्तला बिक्री गर्दै आएका छन् । किसानका अनुसार यहाँ उत्पादन हुने सुन्तला जिल्ला बाहिरसमेत निर्यात हुने गरेको छ । जिल्ला बाहिरका व्यापारीले प्रतिकिलोग्राम ८० देखि ९० रुपियाँका दरले बगान (बगैँचा) बाटै सुन्तला खरिद गर्ने गरेका किसानको भनाइ छ । बगैँचाबाट टिपेर सुन्तला बिक्रीका लागि तयारी गर्दै किसान । तस्बिर ः चन्द्र पन्दाक
व्यावसायिक स्कुसखेती
दाङ, माघ ११ गते । दाङको घोराही उपमहानगरपालिका ६ स्थित गुरुवागाउँमा किसान बाबुराम चौधरीले भाडाको जग्गामा व्यावसायिक रुपमा गरेको स्कुसखेती । तस्बिर : रासस
सिर्कुङगाउँ र नीलगिरि हिमाल
मुस्ताङ, माघ ११ गते । मुस्ताङको थासाङ गाउँपालिका २ स्थित सिर्कुङगाउँ र पृष्ठभूमिमा नीलगिरि हिमाल । सिर्कुङ गाउँका स्थानीय वर्षामा ६ महिना खोलावारि र हिउँदमा ६ महिना खोलापारि रहनुपर्ने बाध्यता रहिआएको छ । तस्बिर : रासस
साँखुकाे कलश पोखरी
काठमाडौँ, माघ ११ गते । काठमाडौँको शङ्खरापुर नगरपालिका–६ साँखुस्थित कलश पोखरी। तस्बिर : रासस