जीवनको बाटोमा फेरिएको परिचयको पाटो
‘म राजनीतिमा समाजवादी हुँ भने साहित्यमा म अराजकतावादी हुँ’ भन्ने
फर्निचर उद्योगमा आगलागी हुँदा जलेर एकको मृत्यु
काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका ९ काभ्रेभन्ज्याङस्थित फर्निचर उद्योगमा आगलागी हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । शुक्रवार राती स्थानीय श्यामप्रसाद दाहालको श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा ७० वर्षीया टिकादेवी दङ्गालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
सडकमा अभिलेख सङ्कटमा सम्पदा उदासीन पालिका
काठमाडौँ उपत्यकाको दक्षिणी क्षेत्रमा रहेको गोदावरी नगरपालिका प्राकृतिक, सांस्कृतिक सम्पदाका दृष्टिले महत्वपूर्ण मानिन्छ ।
नेपाल प्रहरीका ३७ जना डिएसपी एसपीमा बढुवा
नेपाल प्रहरीका ३७ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपीमा) बढुवा सिफारिस भएका छन् । शुक्रवार नेपाल प्रहरी बढुवा समितिको निर्णयबाट ३७ जना रिक्त स्थानका लागि बढुवा सिफारिस गरेको जनाएको छ ।
छिचोलियो भित्तरगौडाको भिर
सिमकोट गाउँपालिकाको खार्पुदेखि चुवाखोलासम्मको पर्यटकीय सडकमा अवस्थित भित्तरगौडाको कडा चट्टानी भिर छिचोलिएको छ ।
अन्तरप्रदेश सडक निर्माणको टेन्डर आह्वान
अन्तरप्रदेश सडक निर्माणका लागि टेन्डर आह्वान गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने सडक निर्माण गर्न टेन्डर आह्वान गरिएको हो ।
पूरा हुँदै मोहनपुरवासीको सपना
कैयौँ वर्षदेखि दुःखको नदी तर्दै आएका मोहना नदीपारिको गाउँ मोहनपुरवासीको पुलमा हिँड्ने सपना पूरा हुँदै छ ।
महिला ‘ड्राइभर’ सम्मानित
सुदूरपश्चिम प्रदेशमै पहिलो पटक सार्वजनिक यातायातका लागि जिप चलाउँदै आउनुभएका बैतडीकी २० वर्षीय रविना चन्द (रुबी) लाई सम्मान गरिएको छ ।
मानसिक अस्पताल खोल्ने तयारी
गण्डकी प्रदेश सरकारले प्रदेश राजधानी पोखरामा विशिष्टीकृत मानसिक रोग अस्पताल खोल्ने तयारी थालेको छ ।
बिमाको रकम नआउँदा उपचारमा समस्या
पश्चिम नेपालकै प्रमुख सरकारी अस्पताल नेपालगन्जस्थित भेरी अस्पतालले स्वास्थ्य बिमाबापतको रकम नपाउँदा बिरामीको उपचारमा समस्या आउन थालेको जनाएको छ ।
‘गाउँ फर्की आऊ’ कार्यक्रम सञ्चालन
पछिल्लो समयमा गाउँबाट सहरमा बसाइँ सर्नेको सङ्ख्या वृद्धि भइरहेका बेला यहाँको एक स्थानीय तहले ‘गाउँ फर्की आऊ’ अभियान सञ्चालन गरेको छ ।
अमेरिकी डलरको भाउ घट्यो
काठमाडौँ, माघ १२ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटेको छ । यस्तै, स्विस फ्र्याङ्क, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ भने घटेको छ । त्यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ । विनिमयदरअनुसार, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलरलगायतको मूल्य बढेको छ ।राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ २४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ७० पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय ०२ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ०२ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ८३ पैसा र बिक्री दर आठ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा कायम भएको छ ।केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६१ पैसा र बिक्रीदर नौ रुपैयाँ ६५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३५ पैसा र बिक्री दर १९ रुपैयाँ ४३ पैसा तोकिएको छ ।राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४८ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ १३ पैसा र बिक्रीदर तीन सय ६६ रुपैयाँ ७२ पैसो ओमनी रियाल एकको खरिददर तीन सय ५७ रुपैयाँ ५९ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ १५ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
जीर्ण बन्दै क्रान्ति सङ्ग्र्रहालयका संरचना
तुलसीपुर उपमहानगरपालिका–१९, सक्राममा रहेको क्रान्ति सङ्ग्रहालयमा रहेका संरचना जीर्ण बन्दै गएका छन् । विसं २०६२/६३ को जनआन्दोलनपश्चात् तत्कालीन नेकपा (माओवादी) का सेनालाई व्यवस्थापन गर्न दीर्घ स्मृति ब्रिगेडमा करिब दुई हजार सेना राखिएको थियो ।
तीव्र विकासतर्फ मुलुक
आज खुसीको दिन हो । हामीले सिद्धबाबा सुरुङको ‘ब्रेक थ्रु’ गर्न सफल भएका छौँ ।
महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको पहिचान खुल्यो
भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको निधन भएको जनाएको छ । दुर्घटनामा परी आफन्त गुमाएका शोकाकूल परिवारप्रति सरकारले गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
सिर्जनात्मक तपोवन
त्यसरी नचल्नुहोस् जसरी डरले तपाईंलाई चलाउँछ । त्यसरी नै चल्नुहोस् जसरी प्रेमले तपार्ईंलाई चलाउँछ । त्यसरी नै चल्नुहोस् जसरी खुसीले तपाईंलाई चलाउँछ ।
कम्युनिस्ट एकताको सैद्धान्तिक विमर्श
कम्युनिस्ट पार्टी श्रमजीवी वर्गको मुक्ति र समृद्धिका निम्ति निर्माण गरिएको राजनीतिक संस्था हो ।
आजको मौसमः कोशीमा मन्द शीतलहर
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेस प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको छ । बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको छ । पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
वैद्यखाना सञ्चालनको वैकल्पिकमार्ग
कुनै पनि योजना सञ्चालन गर्न उक्त योजनाको आवश्यकता, यसबाट जनताले पाउने लाभ, यसलाई सञ्चालन गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार, दक्ष जनशक्ति र अन्य जनशक्ति, आर्थिक स्रोत र यसबाट उत्पादित भएको वस्तुको प्रयोग वा उपभोग गर्ने जनसङ्ख्या आवश्यक हुन्छ ।
‘आमाको मुहार’ सार्वजनिक
चलचित्र ‘जुना : एक व्यथा’ को गीत ‘आमाको मुहार’ सार्वजनिक भएको छ ।
‘नार्कोलोजी’ लोकार्पण
अधिवक्ता निराज खड्काद्वारा लिखित ‘नार्कोलोजी’ पुस्तकको लोकार्पण गरिएको छ । पाल्पाली सङ्गमद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल सरकारको मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पुस्तकको लोकार्पण गर्नुभयो ।
चित्रकला प्रदर्शनी सुरु
उन्नाइसौँ शताब्दीमा चीनको साङ्घाई सहर क्षेत्रमा विकसित सांस्कृतिक र सामाजिक विरासत झल्काउने चित्रकलाको प्रदर्शनी सुरु भएको छ ।
‘लाज शरणम्’ को नयाँ पोस्टर
चलचित्र ‘लाज शरणम्’ को नयाँ पोस्टर शुक्रबार सार्वजनिक भएको छ । पोस्टरले चलचित्रका पात्र र उनीहरूको चरित्रलाई देखाएको छ । पोस्टरमा चलचित्रका मुख्य कलाकार मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई प्रस्तुत गरिएको छ ।
‘मायाप्रीति’ घोषणा
वन टु थ्री स्टुडियोज प्रालिको ब्यानरमा बन्ने नयाँ नेपाली चलचित्र ‘माया प्रीति’ घोषणा गरिएको छ । प्रेमिल कमेडी श्रेणीमा आधारित चलचित्रलाई अवि श्रेष्ठले निर्देशन गर्दै हुनुहुन्छ ।