स्याउ बगैँचामै प्राविधिकलाई तालिम
जुम्लामा कर्णालीका आठ जिल्लाका कृषि अधिकृत तथा कृषि प्राविधिकलाई स्याउको बगैँचा व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ ।
सात मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
काठमाडौँ, माघ १३ गते । काठमाडौँ महानगरपालिका–१० को अगुवाइमा बुद्धनगर वाग्मती पुल ९युएन पार्क अगाडि० क्षेत्रको नदी एवं किनारमा सफाइ गरी सात मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ ।वडा नं १० का कार्यवाहक वडाध्यक्ष सुनिता भित्रकोटी तथा सदस्य सतिस तण्डुकारको संयोजनमा त्यस क्षेत्रमा सफाइ गरी सात मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सफाइ अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक नारायणप्रसाद भण्डारीलगायत कर्मचारी, कामानपा वडा नं ११ का अध्यक्ष हिरालाल तण्डुकार, रोटरी क्लब अफ काठमाडौँ हेरिटेजका अध्यक्ष हेमा अधिकारी तथा अन्य पदाधिकारी, कामानपा वडा नं १० का कर्मचारी, नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आले, वाग्मती सफाइ महाअभियानका प्रमुख अभियानकर्मी लीलामणि पौड्याललगायतको सफाइमा सक्रियता थियो । आजको सफाइबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको ट्रकमा राखी व्यवस्थापन गरिएको उहाँले सुनाउनुभयो । सफाइका लागि मुक्तिनाथ विकास बैंकका बोर्ड सदस्य नारायणकुमार श्रेष्ठले बैंकको तर्फबाट माक्स र पन्जा वाग्मती सफाइ महाअभियानलाई प्रदान गर्नुभएको थियो । अर्को हप्ताको सरसफाइ कामानपा वडा नं ६ को संयोजकत्वमा गर्नेगरी तयारी गरिएको सफाइ महाअभियानले जनाएको छ ।विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा जारी छ । सफाइ महाअभियानलाई सघाउन विगत तीन हप्तादेखि काठमाडौँ महानगरपालिकाको वाग्मती नदीसँग सीमा जोडिएका वडाहरूले सफाइको नेतृत्व गर्दै आएका छन् ।
हराए कौशलका कोठी
तराई मधेशमा अन्नबाली भण्डारण गरिने पारम्परिक कोठी र भकारी फाट्टफुट्टबाहेक देखिँदैन ।
जीवन बिमा कम्पनीको व्यापार बढ्यो
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा जीवन बिमा व्यवसाय गर्ने बिमा कम्पनीले ८१ अर्ब रुपियाँभन्दा बढी बिमा शुल्क आर्जन गरेका छन् ।
ग्यासमा दोहोरो मूल्य छिट्टै
उद्योग, वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्कीले खाना पकाउने एलपी ग्यासमा दोहोरो मूल्य छिट्टै कार्यान्वयनमा आउने बताउनुभएको छ ।
अर्थतन्त्र चलायमान बनाउन अध्यादेश
नेपाली कांग्रेसले आर्थिक क्षेत्रलाई चलायमान बनाउनकै लागि अध्यादेश ल्याउनुपरेको प्रस्टीकरण दिएको छ ।
अखिल क्रान्तिकारीको मतगणना जारी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि निर्वाचनको मतगणना जारी छ ।
शिक्षा विधेयक टुङ्ग्याउन दलहरू आन्तरिक गृहकार्यमा
विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पुर्याउने विषयमा सत्ता सहकार्य गरिरहेका दलले आन्तरिक तयारी गरिरहेका छन् ।
सञ्चालन नै हुन सकेनन् ‘फायर हाइड्रेन्ट’
काठमाडौँ उपत्यकाका विभिन्न सडक किनारमा पाँच वर्षअघि जडान गरिएका ‘फायर हाइड्रेन्ट’ हालसम्म सञ्चालन हुन सकेका छैनन् ।
अर्थतन्त्रका सबै सूचकमा सुधार
अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रमा सकारात्मक सुधार आइरहेको बताउनुभएको छ ।
अमेरिकाले वार्षिक करिब १० लाख मानिसलाई फिर्ता पठाउने
अमेरिका आप्रवासीको मुलुक हो । आप्रवासीकै पसिनाले अमेरिका अहिलेको अवस्थामा पुगेको हो तर गत हप्ताको शपथग्रहण सँगसँगै अमेरिकामा गैरकानुनी रूपमा रहे बसेका सबै आप्रवासीलाई सामूहिक रूपमा देश निकाला गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाले सबै कागजपत्रविहीन आप्रवासीको मनमा एउटा भयानक त्रासदी छाएको छ ।
लागुऔषधको चङ्गुलमा युवापुस्ता !
कक्षा १२ को परीक्षा सकेर रोजगारीको खोजीमा रहेका १८ वर्षीय किरण धामी र उनका साथी रुविन तामाङ गत पुस २३ गते काठमाडौँको महाराजगन्जबाट पक्राउ परे ।
बाख्रा चराउन गएका दुई किशोरी मृत फेला
बाख्रा चराउन गएका दुई किशोरी जंगलमा मृत अवस्थामा भेटिएका छन् । ढकारी गाउँपालिका –८, पल्साता निवासी १३ र १५ वर्षीया दुई किशोरीको शव क्षतविक्षत अवस्थामा फेला परेको बताइएको छ ।
निजामती कर्मचारी संगठन सल्यान अध्यक्षमा घर्ती
नेपाल निजामती कर्मचारी संगठन सल्यानको अध्यक्षमा डिल्लीबहादुर घर्ती निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) निकट कर्मचारी संगठनको सल्यान सदरमुकाम खलङ्गामा सम्पन्न १२ औँ अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो ।
निजामती कर्मचारी संगठन अछाममा रावल
नेपाल निजामती कर्मचारी संगठन, अछामको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । संगठनको १२ औं अधिवेशनले जगतबहादुर रावलको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो ।
विद्यालय र स्वास्थ्यचौकीलाई ल्यापटप र प्रिन्टर
मकवानपुरको बकैया गाउँपालिकाका विद्यालय र स्वास्थ्य चौकीलाई ल्यापटप र फोटोकपीसहितको प्रिन्टर मेशिन प्रदान गरिएको छ ।
संस्कार जोगाउन सांस्कृतिक उत्सव
तामाङ समुदायको संस्कार र संस्कृति संरक्षणका लागि लमजुङ सदरमुकाम बेसीशहरमा शनिबार तामाङ साँस्कृतिक उत्सव कार्यक्रम भएको छ । तामाङ समूदायको नयाँ वर्ष २८६१ औँ सोनाम ल्होसारको अवसरमा लमजुङभरी छरिएर रहेका तामाङ समुदाय मिलेर शनिबार बेसीसहरमा साँस्कृतिक उत्सव मनाएका हुन् ।
‘जनताको म्यान्डेटअनुसार यो सरकार प्राकृतिक हो’
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिलेको सरकार जनताले दिएको म्यान्डेटअनुसार प्राकृतिक सरकार भएको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
स्लेट खानी ओझेलमा पर्दा थामी समुदाय चिन्तित
पुर्खौंदेखि जीवन जिउन सञ्चालनमा आएको दोलखाको बिगु गाउँपालिका –६ आलम्पु स्थितको ढुङ्गा (स्लेट) खानी प्रवर्धनमा सरकारले चासो नदिँदा ओझेलमा परेको छ । खानी ओझेलमा पर्दा स्थानीय थामी समुदाय चिन्तित भएका छन् ।
योजना निर्माणमा तथ्याङ्क
विकास एउटा बहुआयामिक प्रक्रिया हो । जसले समाज, राष्ट्र वा कुनै पनि क्षेत्रको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, सांस्कृतिक र पर्यावरणीय अवस्थामा सुधार ल्याउँछ । यसको उद्देश्य जनताको जीवनस्तरमा सुधार गर्नु, नयाँ अवसरहरूको सिर्जना गर्नु र भविष्यका चुनौतीको सामना गर्न सक्षम बनाउनु हो ।
रुखबाट खसेर एकको मृत्यु
गोरखामा रुखबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ ।
रूपन्देहीका ५९ हजार किशोरीलाई ‘एचपीभी’ खोप
रूपन्देहीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप अभियान सञ्चालन हुने भएको छ ।
बगरफाँट-भकिम्ली सडक स्तरोन्नतिले स्थानीय खुसी
बेनीदेखि हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली गाउँ जोड्ने ग्रामिण सडक स्तरोन्नतिको काम सुरु भएपछि स्थानीयहरु खुसी भएका छन् ।
देवदहमा बौद्ध गतिविधि र सम्पदा संरक्षण गरिने
बुद्धको मावली क्षेत्र देवदह बौद्ध गतिविधि र बुद्धकालिन पुरातात्विक क्षेत्रहरूको सरसफाइका लागि अभियान थालिने भएको छ ।