बाख्रा चराउन गएका दुई किशोरी मृत फेला
बाख्रा चराउन गएका दुई किशोरी जंगलमा मृत अवस्थामा भेटिएका छन् । ढकारी गाउँपालिका –८, पल्साता निवासी १३ र १५ वर्षीया दुई किशोरीको शव क्षतविक्षत अवस्थामा फेला परेको बताइएको छ ।
निजामती कर्मचारी संगठन सल्यान अध्यक्षमा घर्ती
नेपाल निजामती कर्मचारी संगठन सल्यानको अध्यक्षमा डिल्लीबहादुर घर्ती निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) निकट कर्मचारी संगठनको सल्यान सदरमुकाम खलङ्गामा सम्पन्न १२ औँ अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो ।
निजामती कर्मचारी संगठन अछाममा रावल
नेपाल निजामती कर्मचारी संगठन, अछामको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । संगठनको १२ औं अधिवेशनले जगतबहादुर रावलको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो ।
विद्यालय र स्वास्थ्यचौकीलाई ल्यापटप र प्रिन्टर
मकवानपुरको बकैया गाउँपालिकाका विद्यालय र स्वास्थ्य चौकीलाई ल्यापटप र फोटोकपीसहितको प्रिन्टर मेशिन प्रदान गरिएको छ ।
संस्कार जोगाउन सांस्कृतिक उत्सव
तामाङ समुदायको संस्कार र संस्कृति संरक्षणका लागि लमजुङ सदरमुकाम बेसीशहरमा शनिबार तामाङ साँस्कृतिक उत्सव कार्यक्रम भएको छ । तामाङ समूदायको नयाँ वर्ष २८६१ औँ सोनाम ल्होसारको अवसरमा लमजुङभरी छरिएर रहेका तामाङ समुदाय मिलेर शनिबार बेसीसहरमा साँस्कृतिक उत्सव मनाएका हुन् ।
‘जनताको म्यान्डेटअनुसार यो सरकार प्राकृतिक हो’
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिलेको सरकार जनताले दिएको म्यान्डेटअनुसार प्राकृतिक सरकार भएको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
स्लेट खानी ओझेलमा पर्दा थामी समुदाय चिन्तित
पुर्खौंदेखि जीवन जिउन सञ्चालनमा आएको दोलखाको बिगु गाउँपालिका –६ आलम्पु स्थितको ढुङ्गा (स्लेट) खानी प्रवर्धनमा सरकारले चासो नदिँदा ओझेलमा परेको छ । खानी ओझेलमा पर्दा स्थानीय थामी समुदाय चिन्तित भएका छन् ।
योजना निर्माणमा तथ्याङ्क
विकास एउटा बहुआयामिक प्रक्रिया हो । जसले समाज, राष्ट्र वा कुनै पनि क्षेत्रको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, सांस्कृतिक र पर्यावरणीय अवस्थामा सुधार ल्याउँछ । यसको उद्देश्य जनताको जीवनस्तरमा सुधार गर्नु, नयाँ अवसरहरूको सिर्जना गर्नु र भविष्यका चुनौतीको सामना गर्न सक्षम बनाउनु हो ।
रुखबाट खसेर एकको मृत्यु
गोरखामा रुखबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ ।
रूपन्देहीका ५९ हजार किशोरीलाई ‘एचपीभी’ खोप
रूपन्देहीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप अभियान सञ्चालन हुने भएको छ ।
बगरफाँट-भकिम्ली सडक स्तरोन्नतिले स्थानीय खुसी
बेनीदेखि हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली गाउँ जोड्ने ग्रामिण सडक स्तरोन्नतिको काम सुरु भएपछि स्थानीयहरु खुसी भएका छन् ।
देवदहमा बौद्ध गतिविधि र सम्पदा संरक्षण गरिने
बुद्धको मावली क्षेत्र देवदह बौद्ध गतिविधि र बुद्धकालिन पुरातात्विक क्षेत्रहरूको सरसफाइका लागि अभियान थालिने भएको छ ।
दुई सय मोतिविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया
जयकृष्ण यादव इनरुवा, माघ १२ गते । सुनसरीको जिल्ला अस्पताल इनरुवामा दुई दिवसिय बृहत आँखा शिविर सुरु भएको छ । शिविर सुरु भएको पहिलो दिनमै दुई सय मोतिविन्दुका बिरामीको आखाँको निःशुल्क शल्यक्रिया गरिएको छ । इनर ह्वील क्लब अफ पाटनको आयोजनामा सुरु भएको बृहत् आँखा शिविरमा आएकाहरूको निशुल्क शल्यक्रिया गरिएको हो । माट्रिका आँखा केन्द्र पुरानो बानेश्वर काठमाडौंको प्राविधिक सहयोगमा सञ्चालन शिविरमा आँखा जाँच गर्न आउने सबै बिरामीको परीक्षण गरी आवश्यक औषधी उपचार सेवा समेत निःशुल्क दिएको जनाएको छ ।शिविर उद्घाटन कार्यक्रममा जानकारी गराउँदै डी.एन.ग्रुप अफ कम्पनीजले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यकासाथ निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरको आयोजना गरेको र पहिलो दिन दुई सयको आँखा शल्यक्रिया गरिएको बताउनुभयो । बढीभन्दा बढी सर्वसाधारणले स्वास्थ्य लाभ उठाउन सकुन भनेर एक साता अघिबाटै प्रचारप्रसार गरेकोले पहिलो दिनमै दुई सय मोतिविन्दुको बिरामीको आखाँको निःशुल्क शल्यक्रिया गरिएको बताउनुभयो । यसअघि गरीब तथा विपन्न परिवारको हकमा सहायता प्याकेज उपलब्ध गराउँदै आएको डी.एन.ग्रुपले यस पटक भने आम सर्वसाधारण लक्षित गरी सुनसरी जिल्ला अस्पतालमै बृहत् आँखा शिविरको आयोजना गरेको जनाएको छ । सुनसरी जग्गा तथा आवास विकास सङ्घ समेतको संयोजनमा सञ्चालन गरेको र शल्यक्रिया कोशी आँखा अस्पतालमा गरिएकाे छ ।
बाँसखर्कमा सुन्तला महोत्सव
म्याग्दीको सदरमुकाम बेनीसँग जोडिएको पर्वतको जलजला गाउँपालिका –१, बाँसखर्क सुन्तलागाउँको नामले परिचित छ । सुन्तलागाउँको सुन्तला खेतीको सम्भावना उजागर र कृषकका समस्या समाधान गर्ने उद्देश्यले एक दिने सुन्तला महोत्सव आयोजना गरिएको छ ।
गोरखामा सुन्तला उत्पादन घट्यो
गोरखामा यस वर्ष सुन्तला उत्पादन घटेको छ ।
मिलेरेप्पा गुफा पुग्न मोटरेबल पुल
मनाङको मनाङ ङिस्याङ गाउँपालिका–५, भ्राकामा रहेको मर्स्याङ्दी नदीमाथि मोटरेबल पुल बन्ने भएको छ ।
जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल लुम्बिनी प्रदेश कमिटीले न्यानोस्वरूप ब्लाङ्केट वितरण गरेको हो ।
चन्द्रपुर र गुजरा जोड्ने लमाहा खोलाको पुल निर्माण अधुराे
ठेकदारको लापरवाही र ठेक्का प्रदायक संस्थाको उदासिनताको कारण चन्द्रपुर र गुजरा नगरपालिका जोड्ने लमाहा खोलाको पक्की पुल एक दशक बित्न लाग्दा पनि अधुरो अवस्थामा छ ।
साहित्यकार श्रेष्ठलाई एक लाख रुपियाँको पुरस्कार
जिल्लाको साहित्यिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको भन्दै साहित्यकार एवं पूर्व शिक्षक अजयमिलन श्रेष्ठलाई नगद एक लाख रुपियाँ पुरस्कार राशीसहित दोसल्ला र कदरपत्रले सम्मान गरिएको छ ।
मर्स्याङदीमा आँखा शिविर : १०३ को शल्यक्रिया
लमजुङको मस्र्याङ्दी गाउँपालिकामा भएकोे निःशुल्क आँखा जाँच तथा मोतियाविन्दु शल्यक्रिया शिविरमा एक सय तीन जना बिरामीको शल्यक्रिया गरिएको छ ।
सुत्केरीलाई भाले उपहार
इलामको चुलाचुली गाउँपालिका –५ की रुमा राईको आर्थिक अवस्था दयनीय छ । बिहान बेलुकाको छाक टार्न धौधौ पर्ने रुमा सुत्केरी हुँदा वडाअध्यक्षसहित स्थानीयले उहाँलाई घरमै भाले कुखुरा उपहार दिनुभएको छ ।
हावाहुरीले उडायो गुम्बाको छानो
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका –५ थामेमा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा –५ स्थित २१ तारा गुम्बाको छानो हावाहुरीले उडाएको छ ।
तीन महिनामा १३५ सडक दुर्घटना, २० को मृत्यु
बाँके जिल्लामा पछिल्लो तीन महिनामा सडक दुर्घटनामा परेर २० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार जिल्लामा गत तीन महिनामा भएका १३५ सवारी दुर्घटनामा परेर २० जनाको मृत्यु भएको हो ।
प्रेस चौतारी कैलाली अध्यक्षमा विष्ट
प्रेस चौतारी नेपाल कैलालीको अध्यक्षमा जनकसिंह विष्ट चयन हुनु भएको छ । धनगढीमा आयोजित चौतारीको आठौं जिल्ला अधिवेशनले सर्वसम्मत विष्टलाई अध्यक्ष चयन गरेको हो ।