• १४ माघ २०८१, सोमबार

जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

blog

गोकर्ण पौडेल 

तुलसीपुुर, माघ १२ गते । जेष्ठ नागरिकलाई कपडा, ब्लाङ्केट वितरण र स्वास्थ्य जाँच गरिएको छ । नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल लुम्बिनी प्रदेश कमिटीले न्यानोस्वरूप ब्लाङ्केट वितरण गरेको हो । 

लुम्बिनी प्रदेश कमिटीका कोषाध्यक्ष द्रोण वलीले स्वास्थ्यकर्मी समाजमा योगदान पुर्‍याएका जेष्ठ नागरिकको सम्मान स्वरूप न्यानो कपडा वितरण गरिएको हो । उहाँले तुलसीपुर उपमहानगरपालिका-१९ र घोराही उपमहानगरपालिका-११ का जेष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरिएको बताउनुभयो । 

स्वास्थ्यकर्मी महासङ्घका केन्द्रीय सदस्य नारायण घर्तीले महासङ्घको केन्द्रीय कार्यक्रम अनुसार जेष्ठ नागरिकको गाउँमै पुगेर स्वास्थ्य परीक्षण गरिएको बताउनुभयो । 

तुलसीपुर उपमहानगरपालिका-१९ का कार्यबाहक वडाध्यक्ष रामबहादुर पौडेलले वडाले ८० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको बताउनुभयो । उहाँले महासङ्घले वडालाई छनोट गरी थप उत्साहित बनाएको बताउनुभयो । 

राप्ती लाइफ केयर अस्पतालका डाक्टर आयुष गौतमले स्वास्थ्य जाँच गर्नुभएको थियो । जेष्ठ नागरिकको मधुमेह, उच्चरक्त चाँप,दमको स्वास्थ्य परीक्षण गरिएको थियो ।