सोनाम ल्होछारमा राक्सिराङ गाउँपालिकाले ३ दिन बिदा दिने
मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ ।
महोत्तरीमा कुष्ठरोगी बढ्दै
नेपालसमेत विश्वभर आज (आइतवार) ७२ औं कुष्ठ रोग दिवस मनाउँदै गर्दा महोत्तरीमा रोगीकाे संख्या बढ्दाे छ ।
सामुदायिक विद्यालयमा मगर भाषामा पढाइ हुने
तनहुँको नगरपालिकाकाको सामुदायिक विद्यालयमा मगर भाषामा कक्षा सञ्चालन गरिने भएको छ ।
बाढीपहिरो पीडितको घर निर्माण अलपत्र
बाजुराको बुढीगङ्गा नगरपालिका–१ अम्कोटमा घर निर्माण कार्य अलपत्र परेको छ ।
सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार
प्रसुती पश्चात अत्यधिक रक्तश्राब भएर गम्भीर बिरामी हुनुभएकी ३९ वर्षीया महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । पाँचथरको तुम्बेवा गाउँपालिका –१ आङनाकी ३९ वर्षीया मनमति तामाङलाई शनिबार साँझ तुम्वेवा गाउ‘पालिका र जिल्ला प्रशासन कार्यालय पाँचथरको पहलमा उद्वार गरिएको हो ।
स्वरोजगार बन्दै शारीरिक अपाङ्गता भएकाहरू
यहाँको कमल गाउँपालिका–५ मङ्गलबारेका ४१ वर्षीय पिताम्बर खड्का हिँडडुल गर्न सक्नुहुन्न । शारीरिक अपाङ्गताका बाबजुद उहाँ अहिले स्वरोजगार बन्नुभएको छ ।
गुरुकुल सञ्चालन गर्न सकस
दानबाट सञ्चालित तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित महर्षि वेदव्यास विद्याश्रम (गुरुकुल संस्कृत विद्यालय) आर्थिक सङ्कटमा परेको छ ।
निजामती कर्मचारी सङ्गठन कालीकोट अध्यक्षमा पाण्डे
नेपाल निजामती कर्मचारी सङ्गठन कालीकोटको अध्यक्षमा पुनः भक्तिप्रसाद पाण्डे निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) निकट कर्मचारी संगठन कालीकोट सदरमुकाम मान्म बजारमा सम्पन्न १२ औँ अधिवेशनले पाण्डेलाई पुनः सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
प्रेस सेन्टर मकवानपुरमा नयाँ नेतृत्व चयन
प्रेस सेन्टर नेपाल, मकवानपुर शाखाको छैटौँ जिल्ला अधिवेशनले यमप्रसाद शर्मा पौडेल (एमपी) को नेतृत्वमा १७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।
कैँची प्रहार गरी हत्या
कैलालीमा भाइले कैँची प्रहार गरी सहोदर दाजुको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका –१७ दीपनगरका ३० वर्षीय प्रकाश बोहराले शनिबार राति आफ्नो दाजु ३५ वर्षीय लालबहादुरको हत्या गरेका हुन् ।
चिसो बढेपछि कोहलपुरका विद्यालय तीन दिन बन्द
बाँकेमा चिसो अत्यधिक बढेपछि कोहलपुर नगरपालिकाले नगरभित्रका सबै विद्यालयलाई फेरी तीन दिनका लागि बन्द गरेर जाडो बिदा दिएको छ ।
गण्डकीमा एक लाखभन्दा बढी किशोरीलाई खोप लगाइने
गण्डकी प्रदेशमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप सञ्चालनका लागि तयारी भइरहेको छ ।
बाँसखर्क अर्थात् सुन्तलाखर्क : पाखैभरि पहेँलपुर सुन्तला
बाँसखर्कका सुन्तलाबारे सुन्दै आउनुभएकी गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठ शुक्रबार त्यहाँको सुन्तला बगान देखेर छक्क पर्नुभयो ।
वीरगञ्ज नाकाबाट छ महिनामा निर्यात बढ्यो
वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको छ महिनामा रु. २९ अर्ब २७ करोड ८२ लाख चार हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ ।
डोल्पाको ल्हुरी गाउँ
डोल्पा, माघ १३ गते । डोल्पाको शे(फोक्सुण्डो गाउँपालिका–१ स्थित ल्हुरी गाउँ । यहाँ ३० घरधुरी स्थानीयवासीहरु बसोवास गर्छन् । तस्बिरः रासस
खानेपानीको धारा निर्माणका लागि श्रमदान
मुगु, माघ १३ गते । छायाँनाथ रारा नगरपालिका १० ओखलमा शनिबार खानेपानीको धारा निर्माणका लागि श्रमदान गर्नुहुँदै नगरप्रमुख विष्णुकुमार भामलगायत । तस्बिरः रासस
पर्यटकीय स्थल दहचोक डाँडा
काठमाडौँ, माघ १३ गते । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ को पर्यटकीय स्थल दहचोक डाँडा । मौसम खुलेको बेला यहाँबाट काठमाडौँ उपत्यकालगायतका क्षेत्रहरु अवलोकन गर्न सकिन्छ। तस्बिरः रासस
कर्णालीका डाक्टर अमृत
प्रकृतिक नाताले कर्णाली नेपाली भूगोलकी आमा हुन् । उनी सभ्यता इतिहास र प्रकृतिकी अनुपम वरदान पनि हुन् । उनको रूप रङको व्याख्या गर्नुअघि एक जना अमेरिकी जुम्ली टमको कथन सुन्दा पुग्छ ।
वीरेन्द्रनगरको तल्लो भाग घुस्रा आसपास क्षेत्र
सुर्खेत, माघ १३ गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित काँक्रेबिहारबाट देखिएको वीरेन्द्रनगरको तल्लो भाग घुस्रा आसपासको क्षेत्र । यो जमिन कृषि उत्पादनका लागि राम्रो मानिन्छ । तस्बिरः रासस
अछामकाे बयालपाटा अस्पताल
अछाम, माघ १३ गते । न्याय हेल्थ नेपालको सहकार्यमा स्थानीय स्रोत साधन र माटोको प्रयोगबाट निर्माण गरिएको अछाम जिल्लास्थित बयालपाटा अस्पतालको भवन । विगत १७ वर्षदेखि उक्त अस्पतालले अछामलगायत विभिन्न जिल्लाका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । तस्बिरः रासस
काँक्रेबिहार संरक्षित क्षेत्र र पृष्ठभूमिमा देखिएको वीरेन्द्रनगर बजार
सुर्खेत, माघ १३ गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीबाट देखिएको काँक्रेबिहार संरक्षित क्षेत्र र पृष्ठभूमिमा देखिएको वीरेन्द्रनगर बजार । तस्बिरः रासस
जुम्लाकाे डुडुल चैत्य स्तूपा
जुम्ला, माघ १३ गते । जुम्लाको सदरमुकाम खलङ्गा बजारदेखि उत्तरी भेग चन्दननाथ नगरपालिका–४ मा रहेको डुडुल चैत्य स्तूपा । बौद्ध धर्मावलम्बीको अगुवाइमा निर्माण भएको उक्त स्तूपा पछिल्लो समयमा आन्तरिक पर्यटनको रोजाइमा पर्ने परेको छ । तस्बिरः रासस
डकर्मी कार्य सिक्दै महिला
कञ्चनपुर, माघ १३ गते । डकर्मीसम्बन्धी तालिम लिँदै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका महिला । उक्त नगरपालिकाको सहयोगमा १२ वटै वडाका २० जना महिलालाई तीनमहिने डकर्मी तालिम दिने कार्य भइरहेको छ । तस्बिरः रासस
सिङ्गो गाउँ नै खानेपानीबाट काकाकुल
२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकका अधिकांश बस्तीमा खानेपानीको चरम समस्या भइरहेको छ । सोही भूकम्पले खानेपानीको मुहान भासिएपछि पानीको स्रोत नै हराइरहेको छ ।