भाडाकै घरमा पालिका कार्यालय
स्थानीय सरकार गठन भएको करिब आठ वर्ष पुग्न लाग्दा पनि गुल्मीका तीन स्थानीय तहले अझै पनि भाडाकै घरबाट सेवा प्रवाह गरिरहेका छन् ।
रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण
उत्तरी गोरखाको धार्चे गाउँपालिकाका दुई वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । धार्चे –२ स्थित रुन्चेत र धार्चे –३ स्थित लुसिकाङ जोड्ने ‘बूढीगण्डकी लुसिकाङ झोलुङ्गे पुल’ निर्माण सम्पन्न भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो ।
शिवसताक्षी नगरपालिकाद्वारा बजार अनुगमन : ‘फर्मालिन’ प्रयोग भएका माछा नष्ट
शिवसताक्षी नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा अनुगमन टोलीले ‘फर्मालिन’ रसायनको प्रयोग गरिएको ४४ केजी माछा जफत गरेको छ ।
स्वास्थ्य बिमामा स्थानीय सरकारको लगानी
रुकुमपश्चिमका स्थानीय तहले विपन्न र लक्षितवर्गका नागरिकको स्वास्थ्य बिमामा लगानी गर्ने गरेका छन् ।
बोयर जातको बोकाको माग उच्च
तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्रा र बाख्रासँग सम्बन्धित अनुसन्धान गर्दै आएको छ । प्रविधि विकास तथा उन्नत र स्थानीय जातका प्रजननयोग्य बोका, पाठी तथा घाँस बेर्ना वितरणका साथै स्थानीय जातको संरक्षण पनि केन्द्रले गर्दै आएको छ ।
जलवायु अनुकूलित कार्यक्रम कार्यान्वयन गरिँदै
कर्णाली प्रदेश सरकारले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न जलवायु अनुकूलित कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षबाट जलवायु अनुकूलित कार्यक्रम कार्यान्वयन गर्न लागेको हो ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप, तयारी प्रायः पूरा
दाङको राप्ती गाउँपालिकाले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ ।
पर्वतारोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै सरकार
काठमाडौँ, माघ १४ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहीका लागि कल्याणकारी कोष स्थापना गर्ने उद्घोष गर्नु भएको छ । आरोहीलाई आइतबार यहाँ सम्मान गर्दै उहाँले पर्वतारोहीको सामाजिक सुरक्षा र आरोहणमा प्रोत्साहनका लागि कल्याणकारी कोष स्थापना गरिने बताउनुभयो ।गोरखाको चुमनुब्री गाउँपालिकाद्वारा आयोजित सम्मान कार्यक्रममा आरोहीलाई सम्मान गरिएको हो ।
आठ सय कक्षाकोठामा पाँचभन्दा कम विद्यार्थी
कर्णाली प्रदेशका सामुदायिक विद्यालयका ८०४ वटा कक्षाकोठामा पाँच जनाभन्दा कम विद्यार्थी भएको पाइएको छ ।
कुष्ठरोगमुक्त नेपाल घोषणामा चुनौती
कर्णालीमा कुष्ठरोगका नयाँ बिरामीको सङ्ख्या बर्सेनि बढ्दै गएपछि सन् २०३० मा नेपाललाई कुष्ठरोगमुक्त नेपाल बनाउने लक्ष्यमा चुनौती देखिएको छ । पछिल्लो पाँच वर्षमा कुष्ठरोगका नयाँ बिरामी पत्ता लाग्ने दर बढ्दै गएपछि यो चुनौती देखिएको हो ।
पहिरो खसेपछि लोकमार्ग अवरुद्ध
दार्चुलाको महाकाली नगरपालिका–५, किम्तडी ठन्याकाठामा सडक निर्माणका क्रममा पहिरो खस्दा महाकाली लोकमार्ग अन्तर्गत खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ ।
छाउगोठमा बसेकी महिलालाई बाघको आक्रमण
कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेमा छाउगोठमा सुतिरहेकी एक महिलालाई बाघको आक्रमण गरेको छ ।
उत्साहित निजी क्षेत्र
संसारको अर्थतन्त्रमा निजी क्षेत्र नै आर्थिक विकासको मूल इन्जिन भएको देखिन्छ ।
पिएसबी : देश बोल्ने संस्था
हालसम्म सरकारी सञ्चार माध्यम भनेर चिनिँदै आएका रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एउटै छातामुनि ल्याएर बनाइएको सार्वजनिक सेवा प्रसारण (पिसएबी) अब औपचारिक रूपमै कार्यान्वयनमा गइसकेको छ ।
ज्येष्ठ नागरिकप्रति राज्यको दायित्त्व
बुढ्यौली, मानव जीवनको प्राकृतिक र निरन्तर चलिरहने प्रक्रिया हो ।
अर्थतन्त्रमा ट्रम्प प्रशासनको प्रभाव
संसारिक शक्तिको केन्द्रमा रहेको संयुक्त राज्य अमेरिकाको विश्व अर्थतन्त्रमा गहिरो प्रभाव रहँदै आएको छ ।
स्वास्थ्य बीमा रकम पाँच लाख पुर्याइने
भक्तपुर, माघ १४ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले रु एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने बताउनुभएको छ ।आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पौडेलले भन्नुभयो, “स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।” उहाँले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । बीमा रकम रु पाँच लाख पुर्याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उहाँको कथन थियो ।
घुन्सा खोला जलविद्युतमा १२ अर्ब ७० करोड लगानी जुट्यो
काठमाडौँ, माघ १४ गते । वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७ दशमलव पाँच मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । आयोजना रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको हो ।आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको रेमिट हाइड्रोले जनाएको छ । आयोजनामा लक्ष्मी सनराइज बैंक लिमिटेडले रु पाँच अर्ब, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले रु तीन अर्ब, नागरिक लगानी कोषले रु दुई अर्ब, माछापुच्छे्र बैंकले रु एक अर्ब ४५ करोड, एभरेष्ट बैंकले रु एक अर्ब २५ करोड लगानी गर्नेछन् । बैंक तथा वित्तीय संस्थाले रु १२ अर्ब ७० करोड बराबर लगानी गर्नेगरी सम्झौता भएको प्रवद्र्धक कम्पनीले जनाएको छ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–५ र ६ मा अवस्थित घुन्सा खोलाको पानीलाई उपभोग गरी सो आयोजना निर्माण गरिनेछ ।आयोजनाको अनुमानित लागत निर्माण अवधिभरको ब्याज सहित रु १८ अर्ब १३ करोड छ । आयोजनाको लागि आवश्यक पर्ने वित्तीय व्यबस्थापन स्वपूँजी र ऋण लगानीबाट गरिने छ ।स्वपूँजी लगानी संस्थागततर्फ नेपाल विद्युत् प्राधिकरण २१ प्रतिशत, हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड १५ प्रतिशत र विद्युत् उत्पादन कम्पनी लिमिटेडको १५ प्रतिशत गरी ५१ प्रतिशत छ । कम्पनीमा जम्मा पूँजीको ४९ प्रतिशत जनताको लगानी सुनिश्चित हुने गरी व्यवस्था गरिएको छ । साधारण शेयरतर्फको ४९ प्रतिशतमध्ये २९ प्रतिशत बैदेशिक रोजगारमा गएका नेपाली नागरिकको लागि सुनिश्चित गरिएको छ । यस्तै, १० प्रतिशत आयोजना प्रभावित स्थानीयवासी र बाँकी १० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ । आयोजना निर्माण सुरु भएको चार वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको विद्युत्गृह तथा आवास गृहसम्मको बाटो तथा तमोर नदीका दुई स्थानमा बेली ब्रिज राख्ने काम सम्पन्न भएको छ ।
वास्तविक लोकतन्त्रको अनुभूति
मानिस सर्वश्रेष्ठ प्राणी हो । कुनै पनि व्यक्ति मानव भएर जन्म लिई सकेपछि सम्मानपूर्वक र मर्यादित जीवन जिउन पाउनु पर्छ ।
चलचित्रमा ‘कमब्याक’ गर्दै कलाकार
स्वदेशमा मात्र होइन, विदेशमा पनि यतिबेला नेपाली चलचित्रले दर्शक पाइरहेको छ ।
‘डोरी’ को पोस्टर सार्वजनिक
देशभरका सिनेमाघरमा चैत १५ देखि प्रदर्शन हुने नेपाली चलचित्र ‘डोरी’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरले चलचित्रको पात्र र कथावस्तुको झलक प्रस्तुत गरेको छ ।
अछामको किशोरी मृत्यु प्रकरण: दुई जना नियन्त्रणमा
अछामको किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । आइतबार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको छ ।
अमेरिकी डलरको भाउ स्थिर
काठमाडौँ, माघ १४ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर छभने युरोपियन युरो, बेलायतको पाउन्ड स्टर्लिङ, सिङ्गापुर डलर, साउथ कोरियन वनको मूल्य बढेको छ । स्विस फ्र्याङ्क, क्यानेडियन डलर, क्यानेडियन डलर, स्विडिस क्रोनरको मूल्य घटेको छ । साथै अन्य विदेशी मुद्राको भाउ स्थिर छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ २४ पैसा तोकिएको छ ।एक युरोको खरिददर एक सय ४४ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ०७ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर एक सय ७१ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ६१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८७ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय ०२ रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय ०२ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ ।जापानी येन १० को खरिददर आठ रुपैयाँ ८२ पैसा र बिक्री दर आठ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा कायम भएको छ ।केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा,े स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६० पैसा र बिक्रीदर १२ रुपैयाँ ६५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३६ पैसा र बिक्री दर १९ रुपैयाँ ४४ पैसा तोकिएको छ ।राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपैयाँ ७२ पैसा र बिक्रीदर चार सय ४८ रुपैयाँ ६७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ १३ पैसा र बिक्रीदर तीन सय ६६ रुपैयाँ ७२ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५७ रुपैयाँ ५९ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ १५ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
फेस्टिभलमा उपकुलपति लामा
मोनारकको आयोजनामा भारतको पश्चिम बङ्गालस्थित मुर्सिदाबादमा हुँदै गरेको ‘आर्ट वर्कसप थिएटर फेस्टिबल–३९’ मा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रमुख अतिथिका रूपमा सहभागिता जनाउनुभएको छ ।