बागमतीमा चालु खर्च बिस प्रतिशतले कटौती
बागमती प्रदेश सरकारलले चालु आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित बजेटमा चालुतर्फको खर्च कटौती गरेको छ ।
आर्थिक गतिविधि चलायमान बनाउन अध्यादेशमार्फत कानुन
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी आर्थिक गतिविधि चलायमान बनाउन अध्यादेशमार्फत कानुन ल्याइएको बताउनुभएको छ ।
साढे दुई हजार फर्ममा कैफियत
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनमा चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा दुई हजार ५२२ मा कुनै न कुनै कैफियत पाइएको छ ।
साइबर सुरक्षा ‘एडभाइजरी’ जारी
सरकारले सूचना प्रविधि प्रणालीलाई सुरक्षित राख्न तथा सम्भावित साइबर खतराबाट जोगाउन साइबर सुरक्षा ‘एडभाइजरी’ जारी गरेको छ ।
पुरानै कानुनमा अल्झिँदा भएन विकास
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना र प्रविधिको क्षेत्रमा विश्वले ठुलो फड्को मारिसक्दा पनि हामी पुरानै कानुनमा अल्झिँदा मुलुकको समृद्धि र सुशासन कायम गर्न नसकिएको बताउनुभएको छ ।
घट्दै गएको छ कुष्ठरोग
नेपालमा नयाँ कुष्ठरोगीको सङ्ख्या घट्दै गएको छ । सन् २०१० मा कुष्ठरोगलाई राष्ट्रियस्तरमा जनस्वास्थ्य समस्याका रूपमा घोषणा गरिएको थियो । तर पछिल्ला वर्षहरूमा नयाँ कुष्ठरोगीका बिरामीको सङ्ख्या घटिरहेको छ ।
खप्तड र रारामा पर्यटक प्रहरी खटाइने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक प्रहरीलाई समयानुकूल स्रोतसाधनसम्पन्न बनाउँदै थप दुई स्थानमा पर्यटक प्रहरी एकाइ स्थापना गर्न लागिएको बताउनुभएको छ ।
‘जनताको आय वृद्धि गर्ने गरी काम गर्नु पर्छ’
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयता, समानुपातिक, समावेशी प्रणालीसहित सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउनुपर्ने बताउनुभएको छ ।
संसद् अधिवेशनबारे दलीय परामर्शमा सभामुख
सङ्घीय संसद्को आगामी हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सभामुख देवराज घिमिरेले दलीय परामर्श गर्नुभएको छ ।
कांग्रेसको निर्णय सरकार २०८४ सम्मै
नेपाली कांग्रेसले पार्टीभित्र साझा धारणा बनाएर संसद्को आगामी अधिवेशनमा प्रस्तुत हुने गरी छलफल अघि बढाएको छ ।
लाम ‘परेड’ खेल्दै ग्रहहरू
सौर्यमण्डलमा रहेका आठ वटा ग्रहमध्ये छ वटा ग्रह पृथ्वीबाट एकसाथ देखिएका छन् ।
अभियानले पनि हटेन छाउप्रथा
बाजुराका अधिकांश गाउँबस्तीमा छाउप्रथा अझै कायमै छ ।
पर्साका १२ जनाले गरे नागरिकता परित्याग
पर्सा जिल्लामा १२ जनाले आफूले लिएको नेपाली नागरिकताको प्रमाणपत्र त्याग गरेका छन् । चालू आर्थिक बर्ष २०८१–८२ को पहिलो ६ महिनामा १२ जनाले पर्साबाट लिएको नेपाली नागरिकता परित्याग गरेका हुन् ।
‘राजस्व चुहावट रोक्न निजी क्षेत्र पनि लाग्नुपर्छ’
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले विभिन्न कारणबाट हुँदैआएको राजस्व चुहावटलाई निरुत्साहित पार्न निजी क्षेत्र पनि लाग्नुपर्ने बताउनुभएको छ ।
बाघ खोज्न वनमा क्यामेरा जडान
बाघको आक्रमणबाट बाँकेमा एक महिलाको ज्यान गएपछि बाघ खोजी अभियानलाई तिव्र पारिएको छ । सो बाघले अन्य मानिसलाई आक्रमण गर्ने सम्भावना बढेकाले रोक्न बाघको खोजी कार्यलाई तिव्र पारिएको राप्तीसोनारी सबडिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।
माओवादी केन्द्रद्वारा वन कार्यालयमा धर्ना
नेकपा (माओवादी केन्द्र) सर्लाहीले आइतबार डिभिजन वन कार्यालयमा धर्ना दिएको छ । बागमती नगरपालिका प्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तान लगायतलाई झुठा वन मुद्दा दायर गरेर फसाउने षडयन्त्र भएको आरोप लगाउँदै माओवादी केन्द्रले लालबन्दीस्थित वन कार्यालयमा धर्ना दिएको हो ।
किशोरीहरुको हत्या भएको दावी गर्दै छानविनको माग
अछाममा मृत भेटिएका दुई जना किशोरीका आफन्तले हत्या भएको आशङ्का गरेका छन् । ढकारी गाउँपालिका ८ का १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईशरा खड्काको ढकारी गाउँपालिकाकै –१ स्थित सुनघर सामुदायिक वनमा शनिवार साँझ शव फेला परेको थियो ।
फूलबारी महोत्सव आयोजना हुने
कैलालीमा फूलबारी महोत्सव आयोजना हुने भएको छ । धनगढी उपमहानगरपालिका –१४ स्थित एच गाउँमा महोत्सव आयोजना हुने भएको हो ।
डेभिज फल्स पोखरा महानगरले चलाउने
पर्यटन राजधानी पोखराको लोकप्रिय गन्तव्य पाताले छाँगो अर्थात् डेभिज फल्स पोखरा महानगरपालिका आफैंले सञ्चालन गर्ने भएको छ ।
१६ हजार किशोरीलाई पाठेघर विरुद्धको खोप लगाइने
दैलेखका करिब साढे १६ हजार किशोरीलाई महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’(एचपिभि) खोप दिइने भएको छ ।
पर्यटन पूर्वाधार विकास योजना अलपत्र
पर्यटन पूर्वाधार विकासका ४२ वटा योजनाहरू जिल्लामा छन् ।
बाटो विस्तारको सुस्तताले मर्कामा होटल व्यवसाय
नारायणघाट–बुटवल सडक खण्ड समयमै विस्तार हुन नसक्दा जिल्लाको पर्यटन र होटल व्यवसाय क्षेत्र नराम्रोसँग थला परेको यहाँका पर्यटन तथा होटल व्यवसायीले गुनासो गरेका छन् । बाटोका कारण यात्रा कष्टकर भएपछि पर्यटक आउन छाडेको व्यवसायीको गुनासो छ ।
टाइगर कप भलिबल : सुनिल भलिबल क्लबको जित
एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई पराजित गरेको छ ।
दूधको अनुदान रकम लिएर गल्याङका जनप्रतिनिधि गाउँगाउँमा
गल्याङ नगरपालिकाका जनप्रतिनिधि दूध उत्पादनमा आधारित अनुदान लिएर गाउँगाउँमा पुगेका छन् ।