गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १४ गते । नेपालमा नयाँ कुष्ठरोगीको सङ्ख्या घट्दै गएको छ । सन् २०१० मा कुष्ठरोगलाई राष्ट्रियस्तरमा जनस्वास्थ्य समस्याका रूपमा घोषणा गरिएको थियो । तर पछिल्ला वर्षहरूमा नयाँ कुष्ठरोगीका बिरामीको सङ्ख्या घटिरहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा सन् २०१९ को तुलनामा २०२४ मा नयाँ बिरामीको सङ्ख्या २५ प्रतिशतले घटेको छ । यस्तै बालबालिकामा कुष्ठरोग लाग्ने दरमा करिब ५० प्रतिशतले कमी भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकी कुष्ठरोग नियन्त्रण शाखाकी फोकल पर्सन निष्ठा श्रेष्ठका अनुसार नेपालमा लगातार पाँच वर्षदेखि ७० प्रतिशत स्थानीय तहले बालबालिकामा कुष्ठरोगको सङ्क्रमण शून्य रहेको रिपोर्ट सार्जजनिक गरेको बताउनुभयो ।
नेपालका दुई वटा प्रदेशमा कुष्ठरोग अझै निवारण हुन सकेको छैन । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हाल विश्वका १८४ देशमा कुष्ठरोगका बिरामी देखिएका छन् । गत वर्ष विश्वमा एक लाख ८२ हजार ८१५ जनामा कुष्ठरोग देखिएको थियो ।