काठमाडौँ, माघ १४ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक प्रहरीलाई समयानुकूल स्रोतसाधनसम्पन्न बनाउँदै थप दुई स्थानमा पर्यटक प्रहरी एकाइ स्थापना गर्न लागिएको बताउनुभएको छ ।
४६ औँ पर्यटक प्रहरी दिवसका अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा उहाँले बदलिँदो समयको सुरक्षा चुनौती सामना गर्न सुदूरपश्चिम र कर्णाली प्रदेशका दुई ठाउँमा पर्यटक प्रहरी एकाइ स्थापना गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाल नेपालमा पर्यटक प्रहरीको सङ्ख्या २४६ जना मात्रै रहेको छ । नेपालको भूगोल अनुसार पर्यटक प्रहरीको सङ्ख्या न्यून रहेकाले पर्यटक प्रहरीको सङ्ख्या बढाउन मन्त्रालयले नेपाल प्रहरीसँग छलफल गरिरहेको छ ।”
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पर्यटकीय सेवा विस्तारसँगै पर्यटकको सुरक्षा प्रमुख सरोकारको विषय भएको बताउनुभयो ।