जाडोको छुट्टीमा के गर्दै हुनुहुन्छ ?
साथीहरू, पुसमा चिसो ह्वात्तै बढ्छ ।
असक्त महिलालाई कुखुरा वितरण
घोराही उपमहानगरपालिका–८ की मीता चौधरी एकल महिला हुनुहुन्छ । उहाँको चार जनाको परिवार छ । श्रीमान्को मृत्यु भएको १५ वर्ष भयो । आर्थिक अवस्था कमजोर भएकाले ज्याला, मजदुरी गरेर छोराछोरीलाई हुर्काएको उहाँले बताउनुभयो ।
बिदाको सदुपयोग
साथीहरू, जाडो मौसममा काठमाडौँमा निकै चिसो हुन्छ । बिहान र बेलुकी त अझ बढी चिसो हुन्छ ।
काठमाडौँमा पनि कार्यान्वयनमा आयो नागरिकताको अनलाइन सिफारिस सेवा
काठमाडौँ, माघ १५ गते । चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सुरुआत गरेको छ । काठमाडौँ उपत्यकाभित्र पहिलोपटक नगरपालिकाले वडा नं १२ बलम्बुबाट सो सेवाको थालनी गरेको हो । यसका लागि गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वय र सहकार्यमा नगरपालिकाले कार्यपालिका सदस्य एवं १५ वटै वडाका सचिवलाई आवश्यक तालिम प्रदान गरेको थियो ।नगरप्रमुख घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले चन्द्रागिरि–१२ बलम्बु निवासी अनुज महर्जन र टिसा श्रेष्ठलाई अनलाइन सिफारिस प्रदान गरेर सो सेवाको सोमबार थालनी गर्नुभयो । गृह मन्त्रालयका अनुसार पुस मसान्तसम्म २८ जिल्लाका दुई हजार वडाले अनलाइन सिफारिस सुरुआत गरिसकेका छन् । मन्त्रालयले नागरिकता प्राप्ति प्रक्रियालाई थप सहज बनाउने ध्येयले विसं २०८० देखि नवलपरासीको गैँडाकोटबाट सो सेवा सुरु गरेको थियो भने यो कार्य सबै पालिकाबाट कार्यान्वयनमा आउने जनाएको छ । अनलाइन सेवाबाट अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितो, किर्ते विवरण भरेर नागरिकता लिने कार्य रोकिने बताइएको छ । चन्द्रागिरि नगरपालिकाले सबै वडामा यही हप्तादेखि नागरिकताको अनलाइन सिफारिस सेवा प्रदान गर्ने जनाएको छ । नगरपालिकाबाट प्रदान गरिने सेवालाई अनलाइनमार्फत प्रदान गर्ने नीतिअनुरुप हाल नक्सापास, राजस्व र पञ्जीकरण सेवा अनलाइनमार्फत भइरहेको छ । कार्यक्रममा नगरप्रमुख गिरीले नगरपालिकाले आफ्ना सेवालाई प्रविधिमैत्री बनाउँदै जाने नीति लिएको जानकारी दिनुहुँदै विद्युतीय हस्ताक्षर ९डिजिटल सिक्नेचर० छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत अर्यालले नागरिकताको अनलाइन सिफारिस हुँदा नाम, थर, ठेगानालगायत अन्य आवश्यक कुरा अशुद्ध हुने समस्या सकेसम्म अन्त्य हुने र सेवाग्राहीले बिनाझन्झट सेवा पाउने जनाउनुहुँदै नगरपालिकाका अन्य सेवालाई पनि अनलाइनमार्फत प्रदान गरिँदै लगिने बताउनुभयो । नगर उपप्रमुख वसन्ती श्रेष्ठले प्रविधिमैत्री सेवाका लागि सेवाग्राही पनि प्रविधिमैत्री बन्नुपर्छ भन्नुभयो ।सहायक प्रमुख जिल्ला अधिकारी काठमाडौँका मुक्तिराम रिजालले काठमाडौँ उपत्यकाभित्र पहिलोपटक चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सेवा सुरु गरेकामा नगरपालिकालाई धन्यवाद दिनुहुँदै यो सेवा काठमाडौँका सबै पालिकामा कार्यान्वयमा ल्याइने जानकारी दिनुभयो । गृह मन्त्रालयका कम्प्युटर इञ्जिनियर दिवस कार्कीका अनुसार नागरिकताको अनलाइन सिफारिस सेवाले नागरिकता प्राप्तिमा थप सहजता हुने छ । हाल वंशज, वैवाहिक, अङ्गीकृत र गैरआवासीय नागरिकताका लागि अनलाइन सिफारिस लिन सकिने छ । चन्द्रागिरि–१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनले नागरिकताको अनलाइन सिफारिस सेवाले सेवाग्राहीलाई नागरिकता प्राप्तिका लागि थप सहज बनाएको बताउनुभयो । रासस
फोहोर व्यवस्थापनबाट करोडौँ आम्दानी
भरतपुर महानगरपालिकाले नयाँ ठेक्कामार्फत फोहोरमैला व्यवस्थापन गर्न थालेको छ । यसअगाडि दुई वटा ठेक्कामार्फत महानगरपालिकको थोरै स्थानबाट फोहोर उठाएर ल्यान्डफिल्ड साइटमा फाल्ने गरेकोमा अहिले नयाँ व्यवस्थापनका साथ व्यवस्थित गर्ने भएको हो ।
दोसल्लेको सुन्तला बगान
म्याग्दी, माघ १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेको सुन्तला बगान । ४५ घरपरिवारको बसोबास रहेको दोसल्लेमा यस वर्ष रु। एक करोड ६५ लाख मूल्य बराबरको सुन्तला फलेको दोसल्ले सुन्तलाजात कृषक समूहले जनाएको छ । तस्बिरः रासस
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
पोखरा–मुग्लिङ सडकखण्ड विस्तार : सटर र टहरा हटाइँदै
पोखरा–मुग्लिङ सडकखण्ड विस्तारका क्रममा मापदण्डले छुने सडक छेउछाउमा रहेका सटर र टहरा हटाउन थालिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
पहिरो नियन्त्रणको काम सुरु
बुटवल उपमहानगरपालिकाको वडा नं. ३ र ४ मा पर्ने मिलनपथ, ज्योतिनगर र लक्ष्मीनगरमा चुरे क्षेत्रको पहिरो नियन्त्रणको काम सुरु भएको छ ।
खोलाछेउमा अस्पताल निर्माण
यहाँको छेडागाड नगरपालिकाले खोलाको छेउमा नगर अस्पताल सञ्चालन गरेको छ ।
मानवसेवा आश्रमका लागि एक करोड
मानवसेवा आश्रमको आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।
रोकिएको पुल निर्माण सुरु
कर्णाली कोरिडोर अन्तर्गत हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–५ को खार्पुको दोजाम कर्णाली नदीमाथि रोकिएको पक्की पुलको निर्माण सुरु भएको छ ।
धमिलो पानी खान बाध्य
कर्णाली कोरिडोरको हुम्ला र बाजुरा खण्डमा पर्ने छेउछाउका बस्तीका मानिस नदी तथा खोलाको धमिलो पानी खान बाध्य छन् ।
चौध हजार किशोरीलाई एचपिभी खोप दिइने
अछाममा करिब १४ हजार किशोरीलाई एचपिभी खोप लगाइने भएको छ ।
बेरोजगारी समस्याले विद्यालय बन्द
गाउँका मानिस बालबच्चा बोकेर रोजगारी खोज्न भारत हिँडेपछि एक विद्यालय पूर्ण रूपमा बन्द भएको छ ।
साइबर सुरक्षामा ‘एडभाइजरी’
सूचना प्रविधिको विकासले विगत तीन दशकमा संसारलाई सहजीकरण गर्दै आएको छ ।
देशान्तरणको विमर्श
नेपालबाट दैनिक हजारौँको सङ्ख्यामा नेपाली विदेश जाने गरेका छन् ।
क्षयरोगले सताइएका सहिद परिवार
सहिदप्रति सम्मान व्यक्त गर्दै विभिन्न विषय र कोणबाट उनीहरूको योगदान सम्झिने अवसर सहिद दिवस (माघ १६) ले प्रदान गरेको छ ।
चेक अनादरका समस्या बढ्दो
गत वर्ष लहानमा एक जना साथीको मोटरसाइकल सोरुममा पुगेको थिएँ ।
मिलनको नयाँ चलचित्र आउँदै
निर्देशक मिलन चाम्सले आफ्नो आगामी चलचित्र प्रेमकथामा आधारित हुने बताउनुभएको छ ।
‘हल्कारा’ नेपाली ओटिटी प्लेटफर्ममा
९६ औँ ओस्कार अवार्डमा नेपालबाट सिफारिस भएको चलचित्र ‘हल्कारा’ नेपाली ओटिटी प्लेटफर्म एमएसएम भिडियोमा प्रदर्शन भएको छ । यसमार्फत विश्वभरका दर्शकले चलचित्रलाई हेर्न सक्ने छन् ।
निफमा भित्रियो ‘सानो संसार’
आगामी चैत ७ गतेदेखि ११ सम्म काठमाडौँमा आयोजना हुने आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत चलचित्र ‘सानो संसार’ छानिएको आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ ।
‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ सुरु
इलामको चुलाचुलीमा सोमबारदेखि ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ सुरु भएको छ ।