मकवानपुरमा साढे बाइस हजार किशोरीलाई एचपिभी खोप लगाइने
सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत एचपिभी खोप अभियानमा मकवानपुरका २२ हजार सात सय १३ किशोरीलाई एचपिभी खोप लगाइने भएको छ ।
प्याजमा मल छर्दै किसान
नवलपरासी, माघ १५ गते । नवलपुरको मध्यबिन्दु–१ मा गरिएको प्याज खेतीमा मल छर्दै किसान । नवलपुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा यस वर्ष व्यावसायिक प्याज खेती सुरु गरिएको छ । तस्बिरः रासस
सुन्तला बजार पठाउने तयारी
म्याग्दी, माघ १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा आइतबार बजार पठाउनका लागि बगैँचाबाट टिपेर सङ्कलन गरेको सुन्तला ग्रेडिङ गरिँदै । पैँतालिस घरपरिवारको बसोबास रहेको दोसल्लेमा यस वर्ष रु. एक करोड ६५ लाख मूल्य बराबरको सुन्तला फलेको दोसल्ले सुन्तलाजात कृषक समूहले जनाएको छ । तस्बिरः रासस
आलु खेती
स्याङ्जा, माघ १५ गते । स्याङ्जाको वालिङ १ खहरेमा व्यावसायिक रुपमा गरिएको आलुखेती । आलु पकेट कार्यक्रमअन्तर्गत यस ठाउँमा उन्नत जातका आलुका बीउ उत्पादन हुने गरेको छ । तस्बिरः रासस
काउली बिक्रीका लागि वीरगञ्ज ल्याउँदै
पर्सा, माघ १५ गते । बाराको फेटा गाउँपालिकाका किसानले उत्पादन गरेको काउली बिक्री गर्नका लागि साइकलममा राखेर वीरगञ्ज ल्याउँदै । त्यहाँ उत्पादन भएको काउली वीरगञ्जमा प्रतिकिलो १० रुपियाँमा बिक्री हुने बताउँछन् । तस्बिरः रासस
बोलबम यात्रा गर्दै भक्तजन
महोत्तरी, माघ १५ गते । महोत्तरीको सदरमुकाम जलेश्वरबाट ३६० किलोमिटर टाढा रहेको भारतको झारखण्ड राज्यको देवघर जिल्लास्थित बाबा बैद्यनाथको पूजाअर्चनाका लागि बोलबम यात्रा गर्दै भक्तजनहरू । यहाँबाट प्रत्येक वर्ष ठूलो सङ्ख्यामा भक्तजनहरू बाबाधाम जाने गर्दछन् । भक्तजनहरूले आउँदो श्रीपञ्चमीका दिन दर्शन, पूजा गर्नेछन् । तस्बिरः रासस
मनमोहक बडिमालिका क्षेत्र
अछाम, माघ १५ गते । बाजुरास्थित धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका मन्दिरसँगै रहेका हिउँले सेताम्मे देखिएका फाँटहरु । तस्बिरः रासस
तोरी थन्क्याउने चटारो
कैलाली, माघ १५ गते । कैलालीको गोदावरी नगरपालिका–८ जोनापुरमा पाकेको तोरी उखेल्दै स्थानीय किसान । यस वर्ष तोरी खेतीका लागि अनुकूल मौसम भएकाले उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । केन्द्रका अनुसार कैलालीमा तोरी [एकल बाली] छ हजार चार सय १० र तोरी [घुसुवा बाली] सात हजार पाँच सय ६० गरी कुल १३ हजार नौ सय ७० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको छ । तस्बिरः रासस
कमल ताल र शिव मन्दिर
दाङ, माघ १५ गते । दाङको घोराही उपमहानगरपालिका १७ स्थित कमल ताल र शिव मन्दिर । तस्बिरः रासस
मकै रोप्दै किसान
नवलपरासी, माघ १५ गते । नवलपुरको कावासोती –४ मा आधुनिक उपकरणको सहायताले मकै रोप्दै किसान । तस्बिरः रासस
जुम्लाको बुहगाउँ
जुम्ला, माघ १५ गते । जुम्लाको हिमा गाउँपालिका ५ स्थित बुहगाउँ । तस्बिरः रासस
लहानमा कुहिरो
सिराहा, माघ १५ गते । सिराहाको लहानमा मङ्गलबार बिहान लागेको कुहिरो । बाक्लो हुस्सु र कुहिरोले यहाँको जनजीवन प्रभावित भएको छ । तस्बिरः रासस
कालिकोटको पडेक्षा
सुर्खेत, माघ १५ गते । कालिकोटको पचलझरना गाउँपालिका ४ स्थित गाउँपालिकाको प्रशासकीय केन्द्र पडेक्षा र आसपासको क्षेत्र । । तस्बिरः रासस
मामाघर घुम्ने योजना
हेर्दा हेर्दै जाडो समय पनि लागिसकेछ । जाडो महिनामा हाम्रो विद्यालय बन्द हुन्छ ।
ग्रामीण तहमा सहज पशु स्वास्थ्य सेवा पुर्याउन कार्यक्रम सञ्चालन
ग्रामीण भेगमा सहज रूपमा पशु स्वास्थ्य सेवा विस्तार गर्न जिल्लामा सामुदायिक पशु सेवा सहायक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
निमा र रमा
“हेलो रमा ! म निमा, चौँरीखर्कबाट आएको, चिनेनौ मलाई ?”
भौतिक संरचनाको अभावमा चौरमै पठनपाठन
जाजरकोट भेरी नगरपालिका ७ मिथ्याङ्ग्रामा भौतिक संरचनाको अभावमा विद्यार्थी खुला चौरमै पढ्न बाध्य भएका छन् । गत वर्ष कात्तिक १७ गते गएको भूकम्पको कारण विद्यालयका दुई कोठे दुई वटा भवन पुर्ण रुपमा क्षति हुँदा सुर्य ज्योति आधारभूत भेरी नगरपालिका ७ मिथ्याङ्ग्राको विद्यालयमा पठनपाठनमा विभिन्न समस्या झेल्दै आएको छ ।
छुट्टीमा रमाइलो यात्रा
गत वर्ष (२०८० साल) को जाडो बिदा मैले लामो समयदेखि प्रतीक्षा गरेको विश्राम थियो
कुरा चिसो मौसमका
साथीहरू, जताततै जाडो छ । मौसम नै जाडोको छ । जाडोको समयमा लेकतिर हिउँ पर्छ ।
सहिद सूर्यनाथ अस्पताल सञ्चालनको माग
धनुषाको सहिदनगर नगरपालिका–८, डुमरियामा नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको सहिद सूर्यनाथ राण स्मृति अस्पताल सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् ।
शैक्षिक सामग्री बनाउन शिक्षकलाई तालिम
कक्षाकोठामा शिक्षण कार्यका लागि प्रयोग हुने शैक्षिक सामग्री रामपुर नगरपालिकाले तयार पार्न थालेको छ ।
जाडोको छुट्टीमा के गर्दै हुनुहुन्छ ?
साथीहरू, पुसमा चिसो ह्वात्तै बढ्छ ।
असक्त महिलालाई कुखुरा वितरण
घोराही उपमहानगरपालिका–८ की मीता चौधरी एकल महिला हुनुहुन्छ । उहाँको चार जनाको परिवार छ । श्रीमान्को मृत्यु भएको १५ वर्ष भयो । आर्थिक अवस्था कमजोर भएकाले ज्याला, मजदुरी गरेर छोराछोरीलाई हुर्काएको उहाँले बताउनुभयो ।
बिदाको सदुपयोग
साथीहरू, जाडो मौसममा काठमाडौँमा निकै चिसो हुन्छ । बिहान र बेलुकी त अझ बढी चिसो हुन्छ ।