कैलाली, माघ १५ गते । कैलालीको गोदावरी नगरपालिका–८ जोनापुरमा पाकेको तोरी उखेल्दै स्थानीय किसान । यस वर्ष तोरी खेतीका लागि अनुकूल मौसम भएकाले उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।
केन्द्रका अनुसार कैलालीमा तोरी [एकल बाली] छ हजार चार सय १० र तोरी [घुसुवा बाली] सात हजार पाँच सय ६० गरी कुल १३ हजार नौ सय ७० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको छ । तस्बिरः रासस