साझा धारणा बनाउँदै विपक्षी दल
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को हिउँदे अधिवेशनअघि विपक्षी दलहरूले साझा धारणा तय गर्ने बताउनुभएको छ ।
वृद्धि भयो हिमाल आरोहण शुल्क
सरकारले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि लिँदै आएको सलामी दस्तुर (आरोहण अनुमति शुल्क) बढाएको छ ।
विद्यालयमा पाठ्यक्रमको समूह थप
विद्यालय तहमा अध्ययनरत विद्यार्थीले रोज्न पाउने पाठ्यक्रमको समूह थप भएको छ । नयाँ समूह थप भएसँगै कक्षा १०, ११ र १२ मा अध्ययनरत विद्यार्थीले अब रोजाइका भाषा पढ्न पाउने भएका छन् ।
‘सहिदको सपना साकार पार्नु पर्छ’
राष्ट्रपति रामचन्द्र पौडेलले सहिदको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनुपर्ने बताउनुभएको छ ।
आवासीय चिकित्सकको निर्वाह भत्ता विवाद टुङ्गियो, निःशुल्क अध्ययन गरेका विद्यार्थीले दुई वर्ष सेवा गर्नुपर्ने
निजी मेडिकल कलेज र सरकारबिच आवासीय चिकित्सकलाई दिने निर्वाह भत्तासम्बन्धी विवाद टुङ्गिएको छ । अब स्नातकोत्तर (पिजी) तहको अध्ययन पूरा भएपछि निःशुल्क अध्ययन गरेका विद्यार्थीले थप दुई वर्ष सोही मेडिकल कलेजमा काम गर्नुपर्ने छ ।
फेरि थालियो छाउगोठ भत्काउन
बाजुरामा महिनावारी भएका बेला बस्न बनाइएका छाउगोठ भत्काउने अभियान फेरि सुरु भएको छ ।
संसद्लाई प्रभावकारी बनाउनु पर्छ : सभामुख
सभामुख देवराज घिमिरेले सरकारको अस्थिरताले पनि संसद्को कामकारबाहीलाई प्रभावित पार्ने बताउनुभएको छ ।
‘फेक आइडी’ बाट गलत प्रचार गरे पाँच वर्षसम्म कैद
सरकारले तोकेको निकायमा सूचीकरण नभए फेसबुक, एक्सलगायतका सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाउने गरी सरकारले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ ।
नर्सको नयाँ गन्तव्य खाडी मुलुक
नेपालमा नर्सिङ अध्ययन गर्न चाहनेहरूको सङ्ख्या अधिक भए पनि नेपालमै बसेर काम गर्न दृढ नर्स भेट्टाउन मुस्किल हुँदै गएको छ । नेपालमा अध्ययन गरेका प्रायः नर्सको सपना विकसित देशमा गएर सेवा गर्ने बन्दै छ ।
कर्णाली प्रदेश सभाको बैठक २५ गतेसम्म स्थगित
नेकपा माओवादी केन्द्रले प्रदेश सभाको बैठक अवरुद्ध जारी राख्दा प्रदेश सभा बैठक २५ गतेसम्मका लागि स्थगित भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले वार्षिक १० हजार युवालाई रोजगार दिने कर्णाली समृद्ध कार्यक्रम अघि नबढाएको भन्दै बैठक अवरुद्ध गरेको थियो ।
‘पुरुष नेतृत्वलाई महिलामैत्री प्रशिक्षण खाँचो छ’
आधा आकाशभन्दा बढी जनसङ्ख्या महिलाले ढाकेका छन् । यस दृष्टिले हेर्दा महिलाका मुद्दा उच्च स्तरमा उठेर जुनसुकै क्षेत्रमा महिलाको अग्रता देखिनुपर्ने हो । तर त्यस्तो अवस्था बनिसकेको छैन ।
वार्ता गरी पाथीभरामा केबलकार निर्माण अघि बढाइने
गृहमन्त्री रमेश लेखकले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भइरहेको आन्दोलनको विषयमा सम्बन्धित चार जिल्लाका सांसदसँग छलफल गर्नुभएको छ ।
भीरबाट बस खस्यो : चालक घाइते, यात्रु सकुशल
सर्लाहीको लालबन्दी बजारबाट सिन्धुलीको मरिणका लागि छुटेको एक यात्रुबाहक बस मङ्गलबार साँझ दुर्घटनामा परेको छ ।
करेन्ट लागेर एकको मृत्यु
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित भुर्कीमा मङ्गलबार करेन्ट लागेर युवकको मृत्यु भएको छ ।
झाँकी प्रदर्शनसहित चौथो रामपुर महोत्सव सुरु
रामपुरमा चौथो रामपुर महोत्सव तथा व्यापार मेला सुरु भएको छ ।
सन्थाल जातीले ‘सोहराय’ पर्व मनाउँदै
झापा सहित पूर्वी नेपालमा बसोबास रहेको आदिवासी सन्थाल समुदायले परम्परागत ‘सोहराय’ पर्व मनाएका छन् ।
तनहुँ जलविद्युतको सहयोगमा विद्यालय भवन निर्माण
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाले आयोजना प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण गरेको छ ।
उच्च अदालत नेपालगन्जमा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्याेट
उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्याेट गरेको जानकारी सार्वजनिक गरेको छ।
विद्युत् उत्पादकको शुल्क निर्धारण
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आन्तरिक स्रोत बढाउन विद्युत् उत्पादन गर्ने कम्पनीलाई शुल्क निर्धारण गरेको छ ।
बुटवलमा फोहोर उठाउने दौड प्रतियोगिता
‘सफा सहर, हाम्रो रहर’ नारासहित बुटवलमा ट्रास रेस प्रतियोगिता हुने भएको छ ।
१५ हजार नागरिकको घरमा बृहत् खानेपानी
गुल्मीको तम्घास बृहत् खानेपानी उपभोक्ता समितिले ७३२ धारा जडान गरेको छ ।
‘पाल्पा घुम्न आउनेलाई पानीको अभाव हुने छैन’
सङ्घीय सांसद ठाकुर प्रसाद गैरेले पाल्पामा खानेपानीका कारण पर्यटक फर्कन पर्ने दिन अब हराएको बताउनुभएको छ ।
शिलान्यासको सत्र वर्षपछि कालोपत्र
कैलालीको चौमाला–खैराला सडक शिलान्यास भएको १७ वर्षपछि कालोपत्रको काम सुरु भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार निर्माण कम्पनीले सडकको नालीसहितका पूर्वाधारको काम सकेर नौ सय मिटरमा कालोपत्र गर्ने काम सुरु गरेको हो ।
सुनसरीमा मिलाप कार्यक्रममार्फत घरेलु हिंसा कम गर्ने प्रयास
सुनसरीमा बढ्दो घरेलु हिंसा न्यूनीकरणका लागि मिलाप कार्यक्रम ल्याएको महिला पुनःस्थापना केन्द्र ओरेकले जनाएको छ । मिलाप कार्यक्रम मार्फत घरेलु हिंसा कम गर्ने प्रयास थालेको आरेकका शोभा बजगाईले जनाकारी दिनुभयो ।