• १७ माघ २०८१, बिहिबार

करेन्ट लागेर एकको मृत्यु

blog

देवराम प्रसाद यादव

सप्तरी, माघ १५ गते । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित भुर्कीमा मङ्गलबार करेन्ट लागेर युवकको मृत्यु भएको छ । कृष्णासवरन गाउँपालिका २ भुर्कीका ४० वर्षीय युवक सञ्जय कुमार चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । 

चौधरी घर नजिकै मोटरबाट प्याज बारीमा पानी लगाउने क्रममा तारबाट करेन्ट लागेर सख्त घाइते भएपछि उपचारको क्रममा राजविराज अस्पतालमा मृत्यु भएको सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको शव परिक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेकोसमेत उहाँले जानकारी दिनुभयो ।