बोमलाल गिरी
नवलपुर, असार ३ गते । नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मध्यबिन्दु नगरपालिका-१५ सिमरास्थित भित्री कच्ची सडकखण्ड अन्तर्गत गिरुबारी खोलामा ना ७ त २९६७ नम्बरको ट्याक्टर खोला तर्ने क्रममा दुर्घटना भएको हो ।
स्थानीय ४२ वर्षीय दोरन थारुले चलाएको ट्याक्टर खोलामा पल्टिँदा उहाँकी श्रीमती ३६ वर्षीया यमकुमारी थनेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।