• १६ असार २०८२, सोमबार

राजमार्गको वैकल्पिक फास्ट ट्रयाकमा बेलीबृज

blog

इलाम नगरपालिका–९ भञ्जाङ हुँदै झापा जोड्ने केचना–कञ्चनजङ्घा सडक बिचमा पर्ने पुवा खोलामा निर्माण गरिएको बेलीबृज । तस्विरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, असार १६ गते । मेची राजमार्गको बिग्रिएको स्थानको वैकल्पिक मार्ग सञ्चालन गर्न केचना–कञ्चनजङ्घा (फास्ट ट्रयाक) अन्तर्गत पुवा खोलामा थालिएको बेलीबृजको काम सम्पन्न भएको छ ।  

मध्य असार हुँदै गर्दा लागातार वर्षा हुन थालेपछि पूर्वी पहाडमा कसरी यातायातलाई सञ्चालन गरिरहने भने सर्वत्र चासो र चिन्ताबिच पुवा खोलामा निर्माण भएको बेलीबृजले पूर्वी पहाडका नागरिकलाई आशा जगाएको छ । 

बेलीबृज निर्माणको काम सक्किएपछि भोलि भारवहन क्षमता जाँच गरिने सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले बताउनुुभयो । ‘भोलि  जिल्ला तहबाट निरीक्षण पनि हुुन्छ, भारवहन क्षमता जाँच पनि गरिन्छ । त्यसपछि यातायात सञ्चालनले अनुमति पाउँछ’ भट्टराईले भन्नुुभयो ‘यो पुुलबाट २५ टनभन्दा तलका सवारी सञ्चालन हुन सक्छन् ।’ 

इलाम सदरमुकामबाट करिब ५० किलोमिटरको दूरी पार गरेर झापा जान सकिने यो सडकमा पर्ने ठाडे खोलामा १२ मिटर लामो पुल बक्स कल्र्भटको काम भने हुँदैछ । यहाँको काम सक्न करिब एक महिना लाग्ने प्रमुख भट्टराईले बताउनुुभयो । 

‘पुलको कामले रोकिंदैन, भञ्ज्याङ–बेलासे सडक खण्डमा पीचको काम ढिलो भएको छ । ठेक्केदारले पीचका लागि वेसिक काम गरेर बसेको छ’ भट्टराईले भन्नुुभयो, ‘यो पीच पनि चाँडो भइदिए फास्ट ट्रयाक सञ्चालनमा आउन ठुलो कठिनाइ छैन ।’ बेलासे पारी पनि धमाधम सडकको काम भइरहेको छ । 

यता, अर्को वैकल्पिक मार्गका रुपमा निर्माण हुुुँदैगरेको मेची राजमार्ग अन्तर्गत गोदकको सिमलगोलाइ–तिल्केनी सडकबिचमा पर्ने जोगमाइ खोलामा बेलीबृजको काम अन्तिम चरणमा पुुगेको छ । ‘केही दिनभित्र जोगमाईको बेलीबृजको काम सकिन्छ । सडकको काम पनि हुँदैछ’ भट्टराईले भन्नुुभयो । यहाँ एक करोड ९० लाखमा ३७ मिटर बेलीबृजको काम भइरहेको छ । 

यो सडकमा जति चाँडो सडकको काम हुुनुुपथ्र्यो त्यो भने नभएको स्थानीय गञ्जुु प्रधान बताउनुुहुन्छ । ‘पुल बनिसक्यो, सडक कहिले सकिन्छ भन्ने भएको छ ।’ प्रधानले  भन्नुुभयो ‘मेची पहाडलाई जोड्ने लाइफलाइनकै रुपमा रहेको यो सडकमा पुलको काम सक्दा पनि सकडको सकिएन भने त्यसलाई राम्रो मानिंदैन । ठेकेदारले त्यसकुरामा ध्यान दिनुपर्छ ।’