यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, माघ १० गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ भने युरोको मूल्य स्थिर रहेको छ । युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क र अष्ट्रेलियन डलर अघिल्लो दिनको तुलनामा बढेको छ । जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य स्थिर रहेको छ । यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ ।राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ ४२ पैसा कायम भएको छ । बुधकार अमेरिकी डलर एकको खरिददर ३३ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा कायम थियो । युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ५९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ०८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ०२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्री दर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा कायम भएको छ ।केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०८ पैसा र बिक्रीदर चार रुपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६२ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२ रुपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ २९ पैसा र बिक्री दर १९ रुपैयाँ ३८ पैसा तोकिएको छ ।राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७० पैसा र बिक्रीदर १७ रुपैयाँ ७७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ ६२ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ २२ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपैयाँ ०६ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ६२ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
‘आयोजना बैङ्क’ प्राथमिकतामा
कर्णाली प्रदेश सरकारले ‘आयोजना बैङ्क’ निर्माणलाई प्राथमिकतामा राखेको छ । सरकारले चालु आर्थिक वर्षदेखि आयोजना बैङ्क निर्माण गरेर कार्यक्रम छनोट तथा बजेट विनियोजन गर्ने तयारी गरेको हो ।
जनशक्ति नहुँदा कार्यसम्पादनमा सकस
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले जनशक्ति अभाव झेलिरहेको छ ।
बाँकेमा बीस प्रजातिका चरा भेटिए
केही दिनअघि बाँकेमा भएको जलचर चराको गणना तथा सर्वेक्षणमा बीस प्रजातिका चरा भेटिएका छन् । जिल्लाको राप्ती नदीको कुसुमदेखि सिक्टा क्षेत्र र विभिन्न ताल एवं नदीमा ती प्रजातिका चरा भेटिएका हुन् ।
देशभरको मौसम सफा रहने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै भू–भागमा हुस्सु लागेको छ ।
विद्युतीकरणको काम सुरु, पैँतालिस हजार घरधुरीमा बिजुली पुर्याइने
बैतडी जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने कार्यक्रम सुरु भएसँगै त्यहाँका छ हजार घरधुरीमा बिजुली बलेको छ ।
हराउँदै हातखुट्टामा ‘टीका छेडैना’
कुनैबेला आदिवासी जनजाति थारू समुदायका विवाहित महिलाका लागि अनिवार्य जस्तै रहेको शरीरमा टीका छेडैना (ट्याटु खोप्ने) चलन हराउन थालेको छ ।
पहिलेका डल्फिन सिकारी, अहिले संरक्षक
कुनै समय ‘गुलेली बाजे’ उपनामले चर्चित संरक्षणकर्मी भोजराज श्रेष्ठ उमेरले ९० वर्ष पुग्नुभएको छ तर संरक्षणको कुरामा उहाँमा उत्तिकै जोस छ । उमेर बढेसँगै कान कम सुन्ने र बेला बेला बिर्सिने समस्या भए पनि उहाँले डल्फिन संरक्षणका कार्यक्रममा पुग्न छोड्नुभएको छैन ।
युवालाई गाउँमै तालिम
बाजुराको पूर्वीउत्तरी क्षेत्रमा रहेको हिमाली गाउँपालिकाले युवाका लागि जीवनोपयोगी सीप विकास तालिम सञ्चालन गरेको छ ।
सगरमाथा संवादको क्षितिज
विश्वको सबैभन्दा उच्च शिखर नेपालमै मात्र छ । तेस्रो धु्रवसमेत भनिने र विश्वले माउन्ट एभरेस्ट भनेर चिन्ने सगरमाथा नेपाललाई संसारमा चिनाउने अमूल्य प्राकृतिक निधि हो ।
बालिका अपहरण गर्ने तीन जना भारतीय नागरिक कारागार चलान
लमजुङ सदरमुकाम बेसी सहरबाट १३ बर्षीय बालिका अपहरण गरेको घट्नामा संलग्न रहेको आरोपमा ३ जना भारतीय नागरिक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
अध्यादेशको अभ्यास
सरकारको सिफारिसमा पछिल्लो समय राष्ट्रपतिबाट जारी भएका अध्यादेशका बारेमा विभिन्न कोणबाट टीकाटिप्पणी भएका छन् ।
एमाले अछामद्वारा छ जनालाई जिम्मेवारीबाट हटायो
पार्टीको हित विपरीत कार्य गरेको भन्दै नेकपा (एमाले) अछामले छ जनाको जिम्मेवारी खोसेको छ । पार्टीको विधान विपरीत कार्यमा संलग्न भएको भन्दै एक विज्ञप्ति प्रकाशित गरेर पाँच जिल्ला सदस्य र एक नगर अध्यक्षको जिम्मेवारीबाट निष्कासन गरेको हो ।
शासन सञ्चालनमा दृढता
औपनिवेशिक परिवेश झेल्नु नपरेको हाम्रो मुलुक उपनिवेशको उकुसमुकुसबाट उम्किएका मुलुकले गरेको प्रगतिको पछुवा बन्दै जानु परेको छ ।
महिला म्याराथन बुधबारदेखि सुरु
व्यास नगरपालिकाले खेलकुदमार्फत धार्मिक तथा ऐतिहासिकस्थल जोड्ने प्रयास गरेको छ । धार्मिक पर्यटकीयस्थल व्यास गुफा र ऐतिहासिकस्थल तनहुँसुरलाई खेलुकदमार्फत जोड्न महिला आगामी बुधबार हाफ म्याराथन हुन लागेको हो ।
ट्रम्प आगमनको तरङ्ग
विश्वकै सर्वोच्च शक्तिशाली मुलुक अमेरिकाले यस पटक पनि महिला राष्ट्रपति पाएन ।
विकासमा जनसहभागिताको ध्येय
गाउँ, समाज एवं राष्ट्रका निम्ति आफ्नो जीवन तथा सर्वस्वलाई समर्पित गर्ने वीर सपुतहरू मरेर गए पनि समय समयमा श्रद्धा एवं आदरका साथ स्मरण गर्ने गरिन्छन् ।
‘मेरा कलमका डोबहरू’ लोकार्पण
सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ ।
दिकिला ‘कुस्ती’ मा अनुबन्धित
एमटिभीको चर्चित भारतीय रियालिटी सो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिनुभएकी दिकिला शेर्पाले नेपाली चलचित्रमा प्रवेश गर्ने पक्का भएको छ ।
कलेजकी सुन्दरी’ सार्वजनिक
गायक राजेश पायल राई र सलोनी राईको स्वरमा ‘कलेजकी सुन्दरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । खगेन राईको शब्द रहेको गीतलाई अर्जुन पोखरेलले सङ्गीत दिनुभएको छ ।
‘महाभोज’ को छायाङ्कन सुरु
४५ दिनको तालिकासहित चलचित्र ‘महाभोज’ को पोखराको घाचोकमा छायाङ्कन सुरु भएको छ । चलचित्रको पहिलो सट अभिनेता खगेन्द्र लामिछाने र कलाकार मोहन निरौलाले दिनुभएको छ ।
सम्झनामा गायिका तारादेवी
गायिका तारादेवीका चर्चित गीतको प्रस्तुतिसहित उहाँको सम्झनामा राजधानीमा सांस्कृतिक कार्यक्रम गरिएको छ ।
‘ऋण र अनुदानको विकल्प खोज्नै पर्छ’
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रलाई कठिन अवस्थाबाट लयमा ल्याएको उल्लेख गर्दै ऋण र अनुदानबाहेकको मोडेलमा जानुपर्नेमा जोड दिनुभयो ।
अनौपचारिक क्षेत्रको सहभागिता निराशाजनक
अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने गरी देशका १०७ पालिका कोषको योजनामा आबद्ध भए पनि लक्ष्य अनुसार श्रमिक आबद्ध गराउन सकेको छैन ।