‘धरान १० के रन‘ फागुनमा
धरान रनद्वारा आयोजना हुने नेवा च्यारिटि १० के रन आगामी फागुन १० गते हुने भएको छ ।
लोप हुँदै मौलिक घर
ललितपुर महानगरपालिका–२१ खोकना ऐतिहासिक नेवा बस्तीका रुपमा चिनिन्छ । शुद्ध तोरीको तेल पाइने र नेपालको पहिलो बिजुली बत्ती बल्ने गाउँका रुपमा खोकना परिचित छ ।
‘राइजिङ’ पदमार्गमा पर्यटकको आकर्षण
अन्नपुर्ण चक्रिय पदमार्गका अधिकांश ठाउँमा मोटरबाटो पुगेसँगै पर्यटकको आकर्षण घट्न थालेपछि पर्यटन व्यावसायीहरूले नयाँ पदमार्गमा पर्यटक लैजान सुरु गरेका छन् ।
पशुमा लम्पी स्किनको प्रकोप
ओखलढुङ्गाको लिखु गाउँपालिकाका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको प्रकोप देखिएको छ ।
उखु अभावले चिनी उत्पादनमा समस्या
महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलमा उखु अभावले चिनी उत्पादनमा समस्या भएको छ ।
नेपालगञ्ज विमानस्थल बन्द
बाक्लो हुस्सु र शीतलहरका कारण मङ्गलबार पनि बिहानैदेखि नेपालगन्ज विमानस्थल बन्द छ ।
हलगोरु पाल्ने किसानलाई सम्मान
यहाँको सन्धिखर्क नगरपालिका–१ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ ।
ढुङ्गाले पुरेको अवस्थामा शव फेला
गुल्मीमा बारीमा ढुङ्गाले पुरेकोे अवस्थामा शव फेला परेको छ ।
तातोको खोजी
महोत्तरी, माघ ८ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका २ स्थित दुर्गाचोकमा आगोको छेउमा सुतेर न्यानो लिँदै कुकुरका छाउराहरू । तस्बिरः रासस
मोटरबोटमा रमाउँदै पर्यटक
चितवन, माघ ८ गते । चितवनको नारायणगढस्थित नारायणी नदीमा माेटरबाेटमा रमाउँदै आन्तरिक पर्यटक । तस्बिरः रासस
बेनी-जोमसोम-कोरोला सडक स्तरोन्नति
मुस्ताङ, माघ ८ गते । बेनी जोमसोम कोरोला सडकखण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका ४ घासा नजिकैको सडक स्तरोन्नति गरिँदै । वि.सं. २०७३ चैत १ गते सडक निर्माणको ठेक्का पाए पनि निर्माण कम्पनीले पटकपटक म्याद थप्दा निर्माणमा ढिलाइ भएको छ । तस्बिरः रासस
सूर्योदय र जलाशय
दाङ, माघ ८ गते । दाङको घोराही उपमहानगरपालिका १७ स्थित ढिकपुरमा रहेको कृत्रिम जलाशय र मङ्गलबार देखिएको सूर्योदयको दृश्य । तस्बिरः रासस
माछा पोखरी
बाँके, माघ ८ गते । बाँकेको राप्तिसोनारी गाउँपालिका २ कचनापुरमा व्यावसायिक रूपमा माछा पाल्नका लागि बनाइएको पोखरी र आसपासका क्षेत्र । यहाँ व्यावसायिक माछा पालनका लागि ११ वटा पोखरी बनाइएको छ । तस्बिरः रासस
उपर्दाङ्गगढीको कोतघर पुनर्निर्माण सुरु
इच्छाकामना गाउँपालिका–७ स्थित उपर्दाङ्गगढी परिसरमा कोतघर पुनर्निर्माण गरिने भएको भएको छ । गढीको भौतिक संरचना पुनर्निर्माणअन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्रको कोतघर पुनर्निर्माण गरिने भएको हो ।
सरस्वतीका मूर्ति
सप्तरी, माघ ८ गते । सरस्वती पूजालाई लक्षित गर्दै सप्तरीको राजविराजमा बिक्री गर्न निर्माण गरिएका सरस्वतीका मूर्ति । अहिले रु. ३ हजारदेखि ५ हजारसम्ममा बजारमा मूर्ति बिक्री भइरहेको छ । तस्बिरः रासस
भेरी पुल
वीरेन्द्रनगर, माघ ८ गते । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आउने मुख्य प्रवेशद्वारको रुपमा रहेको भेरी नदीमा रहेको पुल । भेरीगङ्गा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकाको बीचमा उक्त पुल छ । कर्णाली राजमार्गसँग रत्न राजमार्ग जोड्ने सडकसमेत यहीँ छ । तस्बिरः रासस
वीरगन्ज आइसिपीमा प्रवेश गर्दै सामान बोकेका ट्रक
वीरगन्ज, माघ ८ गते । वीरगन्जको अलौं–सिर्सियामा अवस्थित वीरगन्ज भन्सार कार्यालयको एकीकृत जाँच चौकी (आइसिपी)को २ नम्बर प्रवेशद्वारबाट मङ्गलबार नेपालका लागि आयात भएका सामग्री लिएर आएका मालवाहक ट्रक भित्रिँदै । भारत तथा तेस्रो मुलुकबाट आयात भएका सामान २ नम्बर गेटबाटै नेपालतर्फको आइसिपीमा प्रवेश गर्दछ । तस्बिरः रासस
छतबाट खसेर एकको मृत्यु
घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–७ नवलपुर निवासी २७ वर्षीय सन्तोष चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
झापामा धान उत्पादन घट्दै
अन्नको भण्डार मानिने झापामा बर्सेनि खेतीयोग्य जमिन मिचिँदै जाँदा धान उत्पादन घट्न थालेको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार ४ वर्ष अघि ८७ हजार ५ सय हेक्टरमा धान खेती भएकोमा यो वर्ष आई पुग्दा ७२ हजार हेक्टरमा मात्र धान खेती भएको छ ।
गोरखाको जराङ खोलामा मोटरेबल पुल निर्माण हुने
गोरखाको भीमसेन थापा गाउँपालिका – १ र बारपाक सुलिकोट गाउँपालिका – ८ जोड्ने जराङ खोलामा मोटरेबल पुल निर्माण हुने भएको छ ।
एक छाकको सङ्घर्स
पानी अमृत हो । पानीबबिना मानव जीवनको कल्पना पनि गर्न सकिन्न । मानव के कुनै पनि प्राणी पानीबिना बाँच्न सक्दैन ।
पान्डोराको बक्स
ग्रिकको पौराणिक कथा (मिथक) हरूमा पान्डोराको बक्स (बाकस) लाई सर्वाधिक चर्चित तथा गहिरो अर्थ बोकेको कथाका रूपमा प्रस्तुत गरिन्छ ।
लोपोन्मुख रत्यौली
नेपाल बहुधर्म र संस्कृतिले परिपूर्ण देश हो । यहाँ हरेक जाति र जनजातिका आआफ्नै धर्म, संस्कृति र रीतिरिवाज छन् ।
प्राचीन बौद्ध विश्वविद्यालय
बुद्धको जन्म लुम्बिनीमा, बुद्धगयामा बुद्धत्व प्राप्ति, सारनाथमा धर्मचक्र प्रवर्तन र कुशीनगरमा महापरिनिर्वाण भएको थियो ।