अमेरिकाको सय डलरको नोटमा बेन्जामिन फ्रेङ्कलिनको तस्बिर छापिएको छ । फ्रेङ्कलिनको योगदानलाई विश्वले सम्मान गर्दछ । आफूले गरेको आविष्कारमा सबै मानिस र समुदायको निरन्तर हक रहोस् भनेर आफ्नो नाममा प्याटेन्ट (एकस्व) समेत उनी लिँदैनथे ।
फ्रेङ्कलिन अमेरिकाका एक संस्थापक पनि हुन् । उनी राष्ट्रपति नभए पनि आविष्कारक, वैज्ञानिक, कूटनीतिज्ञ, समाजसेवी, राजनीतिज्ञ, शिक्षक र लेखकका रूपमा महìवपूर्ण योगदानका लागि परिचित छन् । अमेरिकी स्वतन्त्रता सङ्ग्रामपछिका पहिलो राष्ट्रपति जत्तिकै उनलाई सम्मान गरिन्छ ।
फ्रेङ्कलिन बहुमुखी प्रतिभाका धनी थिए । उनले आफ्नो समयका सबैजसो क्षेत्रमा ठूलो योगदान दिए । उनीसँग सधैँ नयाँ विचार र ज्ञानको खोज गर्ने जिज्ञासा थियो । उनको जीवनले अमेरिकी मूल्य, स्वतन्त्रता र आत्मनिर्भरताको भावना झल्काउँछ ।
फ्रेङ्कलिन अमेरिकी स्वतन्त्रता सङ्ग्रामका प्रमुख नेतामध्ये एक थिए । उनले देशको स्वतन्त्रताको पक्षमा जनतालाई सङ्गठित गर्न ठूलो योगदान गरे । उनले अमेरिकी क्रान्तिकारी विचारलाई बलियो बनाउने र विदेशी समर्थन जुटाउने काम गरेका थिए । अमेरिकी जनतालाई असल विचारले मार्गदर्शन गर्ने हान शिक्षकका रूपमा उनको सामाजिक पहिचान स्थापित छ ।
यसै गरी अमेरिकाको ५० डलरको नोटमा उलिसेस एस. ग्रान्टको तस्बिर छापिएको छ । उनी अमेरिकाका १८ औँ राष्ट्रपति हुन् । अमेरिकाको गृहयुद्ध कालमा सङ्घीय सेनाको जनरलको जिम्मेवारीमा रहेर उनले खेलेको भूमिका महत्वपूर्ण मानिन्छ ।
बीस डलरको नोटमा एन्ड्य्रु ज्याक्सनको तस्बिर राखिएको छ । उनी अमेरिकाको सातौँ राष्ट्रपति रहेको समयमा जनताको लोकतान्त्रिक आवाजलाई प्रतिनिधित्व गर्ने काम गरेको सम्मानमा डलरमा तस्बिर अङ्कित गरी उनलाई सम्मान गरिएको छ ।
यसै गरी १० डलरको नोटमा अलेक्जेन्डर ह्यामिल्टनको तस्बिर राखिएको छ । उनले अमेरिकी कंग्रेसको पहिलो कोषाध्यक्षको जिम्मेवार पदमा रहेर अमेरिकाको आर्थिक व्यवस्थाको आधारशीला निर्माण गरेका थिए ।
पाँच डलरको नोटमा अब्राहम लिङ्कनको तस्बिर राखिएको छ । उनी अमेरिकाका १६ औँ राष्ट्रपति हुन् । उनले दासप्रथा अन्त्य गर्न र देशलाई विभाजनबाट जोगाउन महìवपूर्ण योगदान गरेका थिए ।
यस्तै अमेरिकाको दुई डलरको नोटमा थोमस जेफरसनको तस्बिर छ । उनी अमेरिकाको तेस्रो राष्ट्रपति हुन् । अमेरिकी स्वतन्त्रता घोषणापत्र तयारी पार्ने प्रमुख लेखकहरूमध्ये उनी पनि एक थिए । अमेरिकी एक डलरको नोटमा जर्ज वासिङ्टनको तस्बिर अङ्कित गरिएको छ । उनी अमेरिकाको प्रथम राष्ट्रपति हुन् । उनलाई राष्ट्रका पिता पनि भनिन्छ ।
अमेरिकी नोटहरूमा यी व्यक्तिको फोटा छापिनुको कारण हो, उनीहरूले अमेरिकाको निर्माण र प्रगतिमा आआफ्नो तहबाट गरेको अतुलनीय योगदान । उनीहरूको तस्बिर नोटमा अङ्कित गरेर अमेरिकाले उनीहरूको सम्मानजनक सम्झनालाई निरन्तरता दिने काम गरेको छ ।
कुनै पनि देशका नोटमा अङ्कित गरिएका तस्बिर, आकृति र विम्बहरूले त्यस देशका ऐतिहासिक व्यक्तित्व तथा ऐतिहासिक र सांस्कृतिक घटनाको प्रतिनिधित्व गरेको हुन्छ ।