• ८ माघ २०८१, मङ्गलबार

पोखरीचौर–छापभन्ज्याङ सडकखण्ड स्तरोन्नति

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, माघ ८ गते  । सिन्धुपाल्चोकको उत्तरी भेग पोखरीचौर–छापभन्ज्याङ सडकखण्ड अन्तर्गत स्तरोन्नतिको काम भइरहेको छ । उक्त सडकखण्ड अन्तर्गत छ किलोमिटर सडक चौडा गर्ने, नाला निर्माण गर्ने, ग्राभेलिङ गर्ने र कालोपत्रेका काम धमाधम भइरहेको हो । 

बागमती प्रदेश सरकारले चार करोड १० लाख रुपियाँ बजेट विनियोजन गरेपछि सो सडक कालोपत्रेसहित स्तरोन्नति सुरु गरिएको छ । अपुग बजेटका लागि प्रदेश सरकारले थप बजेट उपलब्ध गराएर भए पनि उक्त सडक स्तरोन्नतिको काम पूरा गर्ने जनाइएको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माणाधीन सो सडकखण्ड स्तरोन्नति हुन लागेको हो । 

चालु आर्थिक वर्षमा स्तरोन्नति गरिसक्ने ठेक्का सम्झौता छ । सोही अनुसार स्तरोन्नतिको काम तीव्र गतिमा चलिरहेको स्थानीय बद्री चौलागाईंले जानकारी दिनुभयो ।