जैविक कृषिमा रुचि
प्रत्येक प्राणीको जीवन अन्ततः माटोसँग जोडिन्छ ।
अलैँची बिक्रीबाट २२ करोड आम्दानी
लमजुङ, माघ ७ गते । यहाँका किसानले अलैँची बिक्री गरेर रु २२ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित एक सय ५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् । यस वर्ष जिल्लामा प्रतिकिलो रु एक हजार पाँचदेखि दुई हजार चार सयसम्ममा अलैँची बिक्री भएको छ । त्यसैगरी, गत आर्थिक वर्ष २०८०र८१ मा जिल्लाका किसानले दुई सय ५१ मेट्रिक टन अलैँची बिक्री गरी रु २४ करोड आम्दानी गरेका थिए । मिजारका अनुसार गत वर्ष जिल्लाका किसानले प्रतिकिलो रु एक हजार दुई सयका दरले अलैँची बिक्री गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष उत्पादन घटेको हो । त्यसैगरी, आर्थिक वर्ष २०७९र८० मा तीन सय ८० मेट्रिक टन अलैँची बिक्रीबाट रु २० करोड आम्दानी भएको थियो । उक्त वर्ष प्रतिकिलो अलैँची कम्तीमा रु पाँच सय ५० देखि सात सयसम्म बिक्री भएको थियो । आव २०७८र७९ मा तीन सय ३५ मेट्रिक टन अलैँची बिक्री गरी रु १५ करोड आम्दानी भएको थियो । आव २०७७र७८ मा तीन हजार पाँच सय क्विन्टल अलैँची बिक्री गरी रु १८ करोड २० लाख आम्दानी भएको थियो । आव २०७६र७७ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची बिक्री गरेर किसानले रु १२ करोड आम्दानी गरेका थिए । त्यसैगरी, आव २०७५र७६ मा सात सय ५० क्विन्टल अलैँची बिक्री गरी किसानले पाँच करोड २५ लाख आम्दानी गरेका थिए । जिल्लामा सबैभन्दा बदी मस्र्याङ्दी गाउँपालिकाका किसानले अलैँची उत्पादन गर्ने गरेका छन् । मस्र्याङ्दी गाउँपालिका–५ सन्जापुका स्थानीयले मात्र यस वर्ष छ हजार सात सय केजी अलैँची बिक्री गरी रु एक करोड ५० लाख आम्दानी गरेको सन्जापु अलैँची कृषक समूहका अध्यक्ष कामकाशि गुरुङले बताउनुभयो । गाउँका करिब ६० घरधुरीले लगाएको अलैँचीखेतीबाट उक्त आम्दानी भएको हो । भारतको एकाधिकारका कारण किसानको मागअनुसार अलैँचीको मूल्य नपाएको गुनासो भए पनि यस वर्ष केही राहत महसुस गरेको किसानहरुको भनाइ छ । जिल्लामा सात सय ५० हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि तीन सय ७५ हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको उक्त कार्यालयले जनाएको छ । उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रुपमा मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होँलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ । जिल्लामा सात सय मिटरदेखि एक हजार दुई सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बर शाही, एक हजार दुई सय मिटरदेखि १६ मिटर उचाइमा गोलशाही र एक हजार छ सयदेखि दुई हजार दुई सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाइएका छन् । यहाँ विसं २०४१ बाट अलैँचीखेती विस्तार हुँदै आएको हो ।
विचार केन्द्रित राजनीतिको बहस
हिजोआज देशभरका कांग्रेस कार्यकर्तादेखि नेताका मुखबाट सुन्ने गरिन्छ, नेपाली कांग्रेस विचार शून्य भयो ।
गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
गण्डकी प्रदेश सरकारले प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएको छ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले दुई भाषालाई सरकारी कामकाजको भाषा बनाउन प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।
जलवायु परिवर्तनका कारक
पृथ्वीका सबै कुरा असल र शुद्ध बनेका छन्, मानिसले तिनमा हात हाल्छ र ती कुरालाई अशुद्ध र खराब तुल्याउँछ ।
विकासका लागि जैविक संरक्षण
सतत विकास या दिगो विकासलाई सामाजिक र जैव भौतिक विकाससँग अलग्याइयो भने विकासको मुद्दामा सहयोगात्मक शासन प्रक्रिया स्वाभाविक रूपले जटिल बन्न पुग्छ ।
वित्तीय संस्थाको सकस
बैङ्क तथा वित्तीय संस्था जसले सर्वसाधारणसँग रहेको बचत निक्षेपको रूपमा सङ्कलन गरी सङ्कलित रकमको उचित परिचिालनबाट प्रतिस्पर्धी बजारमा उभिएका हुन्छन् ।
लोकसंस्कृति प्रवर्धन गर्न महोत्सव
मौलिक लोकसंस्कृतिको प्रवर्धन गर्न माघ १० देखि २० गतेसम्म धादिङमा पहिलो पटक लोकसांस्कृतिक महोत्सव आयोजना हुने भएको छ ।
‘जङ्गबहादुर इन इङ्ग्ल्यान्ड’ लोकार्पण
वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीको ‘जङ्गबहादुर इन इङ्ग्ल्यान्ड’ पुस्तक काठमाडौँमा विमोचन गरिएको छ ।
किरणको एकल अभिनय ‘अनुत्तर’
सद्भाव थिएटर नेपालको प्रस्तुति रहेको नाटक ‘अनुत्तर’ थाइल्यान्डको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा छनोट भएको छ ।
‘अब हाँस्छ अनि नाच्छ क्यानडा’
आई र यु इन्टरटेनमेन्ट र आँगन इभेन्ट्सको संयुक्त प्रस्तुतिमा ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ नामक सो हुने भएको छ ।
खाद्यमा तेलको सीमा तोकियो
सरकारले खाद्यपदार्थमा रहने औद्योगिक ट्रान्स फ्याट (असन्तुलित अन्य तेल) को अधिकतम सीमा तोकेको छ ।
मूल्यवृद्धि र कालोबजारीको विरोध
निर्माण गरेको कामको भुक्तानी नपाएको सहित पछिल्लो समय निर्माण सामग्रीमा भएको चर्को मूल्यवृद्धिको विरोधमा निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
रुद्राक्षको माला र ढकी
नेपालको मध्यपहाडी क्षेत्रमा पाइने रुद्राक्ष विभिन्न प्रयोजनका लागि प्रयोगमा आउने गरेको छ । धार्मिक, आध्यात्मिक तथा औषधीय महत्व रहेको रुद्राक्ष पछिल्लो समय आर्थिक आर्जनका लागि उपयोगी बन्दै आएको छ ।
बजेट खर्चमा बढेन गति
चालु आर्थिक वर्ष २०८१/८२ मा पनि कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयन सुस्त देखिएको छ ।
‘अर्थतन्त्र डुब्दैन डुब्न पनि दिन्नौँ’
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र डुब्छ भन्नु प्रायोजित हल्ला मात्र भएको बताउनुभएको छ ।
वैदेशिक रोजगारीमा जाने सत्र प्रतिशत बढे
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १७ प्रतिशतले बढेको छ ।
हरेक दिनको सरकारी कारोबार विवरण राष्ट्र बैङ्कमा पठाउनुपर्ने
अब बैङ्कहरूले सरकारी कारोबारको सम्पूर्ण विवरण हरेक दिन नेपाल राष्ट्र बैङ्कमा पठाउनुपर्ने भएको छ ।
अतिक्रमण हटाइयो
काठमाडौँ उपत्यका विकास प्राधिकरणले चाबहिल क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काएको छ ।
नेता व्यवस्थापन गर्न निर्देशन
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीबाट ३२ बर्से उमेर हदका कारण बिदा भएका नेता व्यवस्थापन गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देवप्रसाद गुरुङले निर्देशन दिनुभएको छ ।
कार्यविधि नहुँदा थुप्रियो साढे दुई अर्ब
वन विकास, संरक्षण र संवर्धन गर्न स्थापना गरिएको वन विकास कोषमा जम्मा भएको रकम कार्यविधि नहुँदा बैङ्कमै थुप्रिएको छ । विगत चार वर्षदेखि गत असार मसान्तसम्म कोषमा कुल दुई अर्ब ३४ करोड २१ लाख रुपियाँ खर्च नभएरै जम्मा भएको हो ।
जनप्रतिनिधि आफ्नै घोडामा
जनप्रतिनिधिमा नियमसङ्गत पाउने सरकारी सेवासुविधा लिन तँछाडमछाड गर्ने गरेको खबर सुनिँदै आएको छ ।
फोनिज काठमाडौं अध्यक्षमा लामा निर्वाचित
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखा अध्यक्षमा भिमबहादुर लामा सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज भएको सातौं अधिवेशनले उहाँलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
जिल्ला अस्पताललाई कम्बल सहयोग
उपचारका क्रममा भर्ना भएका बिरामीहरुको सहजताका लागि कम्बल र तन्ना जिल्ला अस्पताललाई कम्बल सहयोग हस्तान्तरण गरिएको छ । नेपाली काँग्रेसनिकट स्कुल अफ डेमोक्रेसी, अछामले तातो कम्बल र तन्ना सहयोग गरेको हो ।