विद्यार्थीलाई न्यानो कपडा वितरण
जाडो बढेपछि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । तुलसिपुर उपमहानगरपालिका वडा १९ कार्यालयले वडाभित्रका चारवटा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
विपन्न परिवारलाई सिरक वितरण
जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले आइतबार चन्द्रनगर गाउँपालिका –३ र ४ का ५५ दलित विपन्न परिवारलाई फाइबर सिरक वितरण गरेको छ ।
गोली लागेर एकको मृत्यु, दुई पक्राउ
दाङमा गोली लागेर साथीको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दङ्गिशरण गाउँपालिका –२ कौवाघारी निवासी २५ बर्षीय प्रेम कुसारीको गोली हानी हत्या गरेको अभियोगमा सोही ठाउँनिवासी २२ बर्षीय छविलाल डांँगी र २७ बर्षीय पुष्पलाल बस्नेतलाई पक्राउ गरेको हो ।
माछापुच्छ्रे हिमाल
पोखरा बागलुङ सडकखण्ड अन्तर्गत कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ स्थित लक्ष्मीदेउरालीबाट देखिएको कुमारी हिमाल माछापुच्छ्रेको दृष्य । पछिल्लो समय हिउँको अभावमा हिमाल कालापत्थरमा परिणत भएको छ ।
स्कुल र क्याम्पसका बस ट्राफिक कारबाहीमा
जिल्लाका स्कुल र क्याम्पसले सञ्चालन गरेका ५० प्रतिशत बस ट्राफिक कारबाहीमा परेका छन् । स्कुल र बसमा धेरै गुनासो आएपछि चेकजाँचलाई तिब्रता दिएको ट्राफिक प्रहरीले मापदण्ड नपुगेको भन्दै कारवाही गरेको हो ।
जानकी नगरमा हात्ती आतङ्क
सर्लाहीको हरिपुर नगरपालिका–१, जानकी नगरमा जङ्गली हात्तीले घरका बेराघेरा भत्काउने र खेतमा लगाएको अन्नबाली नष्ट गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।
मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र
मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा यसमा सङ्घीय सरकारको रु सात अर्ब ९० करोड खर्च भइसकेको जनाइएको छ ।
निर्माण व्यावसायीले बुझाए १४ बुुँदे माग
निर्माण व्यावसायीहरूको छाता संस्था निर्माण व्यावसायी सङ्घले विभिन्न १४ बुँदे माग अघि सार्दै प्रधानमन्त्रीलाई आज एक ज्ञापन पत्र बुुझाएका छन् । इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठमार्फत निर्माण व्यवसायीले ज्ञापनपत्र बुुझाएका हुन् ।
बालश्रममुक्त स्थानीय तह घोषणा अभियान
सरकारले सन् २०२५ भित्रमा देशका सबै स्थानीय तहलाई बालश्रममुक्त गर्ने लक्ष्य राखे पनि हालसम्म देशभर ८ वटा स्थानीय तह मात्रै बालश्रम मुक्त स्थानीय तह घोषणा भएका छन्।
बागमतीविरुद्ध कोशी प्रदेशको रोमाञ्चक जित
कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशविरुद्ध कोशी प्रदेशले रोमाञ्चक जित हात पारेको छ।
'सरकारले पारदर्शिताका लागि पहल गर्ने'
लुम्बिनी प्रदेश सरकारले हरेक काम पारदर्शी जनउत्तरदायी बनाउन पहल थालेको छ ।
विदेश छाडेर गाउँमै कृषि पेसामा जोडिँदै युवा
यहाँका युवाहरू विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यवसायमा जोडिन थालेका छन् । राज्यको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भएसँगै यहाँका युवा कृषि पेसामा आकर्षित भएका हुन् ।
१२ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ सिल्ड सुरु
गोरखामा १२ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ ।
भिरबाट लडेर महिलाको मृत्यु
भिरबाट लडेर मकवानपुरको भीमफेदी गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–३ ईचुङ निवासी ५३ वर्षीय चमेलीमाया पाख्रिन रहेको प्रहरीले जनाएको छ ।
ओझेलमा सिद्धे चमेरे गुफा
तुलसीपुर उपमहानगरपालिका–४ मूलकोटमा अवस्थित सिद्धे चमेरे गुफा प्रचारप्रसार तथा बाटोको असुविधाका कारण ओझेलमा परेको छ । जिल्लाकै पर्यटकको राम्रो सम्भावना बोकेको भएर पनि धेरैलाई जानकारी नहुँदा अवलोकनका लागि न्यून सङ्ख्यामा पर्यटक जाने गर्दछन् ।
बर्दियामा पानी चराको सङ्ख्या बढ्दाे
बर्दिया जिल्लाका विभिन्न तालतलैया र नदीहरूमा जाडोको समयमा बसाइ सरी आउने र रैथाने पानी चराहरुको सङ्ख्या वृद्धि भएको छ ।
लुम्बिनी प्रदेशमा १६ प्रतिशत विकास बजेट खर्च
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१-०८२ को छ महिनामा विकास बजेट १६ प्रतिशत खर्च गरेको छ ।
दलित बस्तीमा कम्बल वितरण
लहान नगरपालिका ११ र १४ नं. वडाको सिमानामा पर्ने दलित (राम) बस्तीका स्थानीयहरुलाई शीतलहरबाट जोगिन लहान नगरप्रमुख महेश प्रसाद चौधरीले लहान ८० थान न्योनो कम्बल वितरण गर्नुभएको छ ।
रुस र इरानबिच रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेश्कियानले मस्कोमा द्विपक्षीय वार्तापछि नयाँ व्यापक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गर्नुभएकाे छ ।
वैकुण्ठधाम निर्माणका लागि २७ कठ्ठा जग्गा खरिद
बाँकेको डुडुवा गाउँपालिका ५ राप्ती नदी तटमा वैकुण्ठधाम निर्माण गर्नका लागि आयोजक वैकुण्ठधाम सिधनियाघाटले करिब २७ कठ्ठा जग्गा खरिद गरेको छ ।
रेसुङ्गा विमानस्थलबाट उडान ठप्प
विगत एक महिनादेखि गुल्मीको रेसुङ्गा विमानस्थलबाट नियमित उडान हुन सकेको छैन ।
सिराहा नगरस्तरीय फुटबल प्रतियोगिता यही माघ ८ गतेदेखि
सिराहा नगरस्तरीय फुटबल प्रतियोगिता यही माघ ८ गतेदेखि सञ्चालन हुने भएको छ । सिराहा नगरपालिकाको आर्थिक सहयोगमा सलहेश युवा क्लबले प्रतियोगिताको आयोजना गर्ने क्लबका अध्यक्ष राजीपकुमार यादवले जानकारी दिनुभयो ।
कालीगण्डकीमा जलयात्रा
म्याग्दी, माघ ६ गते । म्याग्दीको बेनीस्थित कालीगण्डकी नदीमा जलयात्रा गर्दै आन्तरिक पर्यटक । बेनीमा पर्यटक आकर्षित गर्न जलेश्वरदेखि म्याग्दी र कालीगण्डकीको दोभानसम्म दुई किलोमिटर दूरीमा जलयात्रा सञ्चालन गरिएको छ । तस्बिरः रासस
पेदीगाउँ
रुकुम पश्चिम, माघ ६ गते । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–३ मा अवस्थित पेदीगाउँ । यहाँ सिँचाइ सुविधा भएकाले कृषिजन्य उत्पादन राम्रो हुने गर्दछ । तस्बिरः रासस