विमानस्थल पुनः सञ्चालनको माग
सगरमाथाको प्रवेशद्वार एवं नेपालको स्विट्जरल्यान्ड भनेर चिनिने दोलखाको पर्यटकीय स्थल जिरीमा लामो समयदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् ।
बाक्लो हुस्सु
दाङ, माघ ६ गते । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित बजार क्षेत्रमा आइतबार बिहान लागेको बाक्लो हुस्सु । तस्बिरः रासस
इच्छाकामना मन्दिर
चितवन, माघ ६ गते । चितवनको इच्छाकामना–५ मा अवस्थित इच्छाकामना मन्दिर । तस्बिरः रासस
सेरिङ्गे नृत्य प्रस्तुत
दाङ, माघ ६ गते । दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरामा नेपाल मगर सङ्घ घोराहीको आयोजनामा सुरु भएको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८१ को उद्घाटन सत्रमा हिजो शनिबार सेरिङ्गे नृत्य प्रस्तुत गर्दै घोराहीका स्थानीय मगर कलाकार । पश्चिम नेपालमा विशेष उत्साहका साथ बासुरी र मादलको तालमा नाचिने सेरिङ्गे नाचलाई मयूर नाच पनि भनिन्छ । तस्बिरः रासस
सातवर्षमा चौथो पटक म्याद थप गर्दा पनि सडक कालोपत्र अलपत्र
निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नं ७ को रेश पुग्ने सडक कालोपत्र भइसक्दथ्यो । गाउँपालिकामा पहिलोपटक रेश जाने सडक कालोपत्रका लागि २०७६ सालमा काम थाले पनि अझै अधुरै छ । सम्झौताको छ वर्ष बित्दा पनि सडक कालोपत्र नभएपछि स्थानीयलाई यात्रा गर्न सास्ती छ । उक्त सडक बरेङं–शान्तिपुर जाने यात्रुले समेत प्रयोग गर्दै आएका छन् ।
सडक स्तरोन्नति अलपत्र
डोटीको गैराबजारदेखि डडेलधुराको गाखेतका बस्ती जोड्ने ग्रामीण सडक स्तरोन्नतिको काम दुई वर्षदेखि अलपत्र परेको छ ।
किसानलाई सुन्तला बिक्री गर्न सकस
तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न सकस भएको छ । सुन्तला उत्पादक कृषकले पुल अभावका कारण आफ्नो उत्पादन बजारसम्म ढुवानी गर्न सकेका छैनन ।
भूकम्पमा चर्केका घर टालेर बस्दै पीडित
बाजुरामा पटक पटक आउने भूकम्पबाट यहाँका अधिकांश गाउँबस्तीमा घर चिरा चिरा पर्ने गरेका छन् ।
पोखरामा आजदेखि दाइँ महोत्सव
पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो ।
गोरखापत्र नयाँ ऐनतर्फ
आमसञ्चार माध्यम वास्तवमा जनताका आवाज हुन् ।
संविधान संशोधनमा गम्भीरता
संविधान संशोधनका विषय उठेका छन् । यो स्वाभाविक पनि हो ।
बजार सुशासनमा चुनौती
राजा जयस्थिति मल्लको समयबाट उपभोक्ता अधिकारलाई सम्बोधन गर्ने प्रयास भएको पाइन्छ ।
पुरानै योजना, पुरानै योजनाकार
साढे दुई सय वर्षअघि बडामहाराजधिराज पृथ्वीनारायण शाहले बताएका कुरा अहिलेका विद्वान्ले नजानेका हुन् कि बेवास्ता गरेका हुन् थाहा पाउन सकिएको छैन ।
राष्ट्रिय शिक्षा नीतिको कांग्रेस प्रारूप
सत्तारूढ नेपाली कांग्रेसले औपचारिक रूपमा पहिलो पटक मुलुकका लागि आवश्यक शिक्षा नीति बनाउन अग्रसरता लिएको छ ।
थारू सांस्कृतिक नृत्यमा हरिभवन पुरस्कृत
सर्लाहीको हरिपुर नगरपालिका–७ स्थित पचगछियामा आयोजित थारू सांस्कृतिक नृत्य प्रतिस्पर्धामा थारू कल्याणकारी गाउँ एकाइ हरिभवन पहिलो भएको छ ।
रत्न संकिपा राष्ट्रिय दबूको अध्यक्ष
नेवाः चलचित्रकर्मी र चलचित्रको प्रवर्धन र संवर्धन गर्ने उद्देश्यले स्थापित नेवाः संकिपा (चलचित्र) राष्ट्रिय दबूको दोस्रो अधिवेशनले रत्न महर्जनको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
सिङ्गिङ स्टार सुरु
गायनमा भविष्य खोज्ने प्रतिभालाई लक्षित गर्दै निर्माण गरिएको गायन प्रतियोगिता ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ को प्रसारण शनिबारबाट सुरु भएको छ ।
सफलतातर्फ मोडल उत्साह
सानैदेखि नृत्यमा रुचि राख्नुहुने उत्साह घिमिरे अहिले म्युजिक भिडियोको मोडलिङमा रमाइरहनुभएको छ ।
जैविक विषादीमा फर्किए किसान
रासायनिक मलको उच्च प्रयोग गर्ने यहाँका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् ।
सुध्रियो तयारी चियाको बजार
कोभिड सङ्क्रमणका कारण तहसनहस बनेको नेपाली चियाको विदेशी बजार विस्तार हुन थालेको छ ।
सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइँदै
आगामी माघ १४ गते सम्पत्ति शुद्धीकरण दिवस मनाइने भएको छ । ‘वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता’ भन्ने नाराका साथ दिवस मनाउन थालिएको हो ।
मासिँदै रैथाने मास
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२, भीमटारलाई केही वर्षअघिसम्म दलहन बाली मास उत्पादनको उर्वरभूमि मानिन्थ्यो ।
नियम पालनामा हेलचेक्र्याइँ बढी भारले पूर्वाधारमा क्षति
सम्बन्धित निकायहरूको प्रभावकारी नियमनको अभावमा राजमार्गमा निर्धारणभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधन गुड्न नदिने प्रावधान लागु हुन सकेको छैन ।
अवैध रूपमा वैदेशिक रोजगारीमा नजान अपिल
राम्रो काम र कमाइको प्रलोभनमा देखाएर अवैधानिक रूपमा विभिन्न मुलुकमा नेपाली नागरिकको ओसारपसार भएको पाइएको भन्दै ती मुलुकस्थित नेपाली दूतावासले ध्यानाकर्षण भएको जनाएका छन् ।