ऐतिहासिक बन्दै ट्रम्पको शपथ समारोह
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड जे ट्रम्पको राष्ट्रपतिको पदभार ग्रहण गर्ने दिन आइपुग्दा यसको चर्चा निकै चुलिएको छ ।
गैरआवासीय नेपाली चिकित्सकले मातृदेशमा अभ्यास गर्न पाउने
गैरआवासीय नेपाली (एनआरएनए) चिकित्सकले नेपालमा बिरामीको उपचार गर्न पाउने भएका छन् ।
निजामती सेवा ऐन यसै पटक
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी सङ्घीय संसद् अधिवेशनबाट सङ्घीय निजामती सेवा ऐन जारी हुने बताउनुभएको छ ।
रेडक्रसमा विधान मिचेर भागबन्डा
मानवीय सेवामा समर्पित संस्था नेपाल रेडक्रस सोसाइटीले राजनीतिक भागबन्डाका लागि विधानविपरीत केन्द्रीय कार्यसमिति निर्माण गरेको छ । मानवीय र सुशासनका क्षेत्रमा काम गर्ने रेडक्रसलाई अहिले आफ्नै विधानविपरीत गएको छ ।
खो खो विश्वकप : नेपाली टिम पुग्यो फाइनलमा
नेपालको खो खो खेलाडीले शनिबार नेपाली खेलकुदको इतिहासमा गौरवशाली अध्याय कोरेको छ । नेपालको पुरुष र महिला टिमले खो खो विश्वकप प्रतियोगिताको फाइनलमा स्थान बनाएर इतिहास बनाएका हुन् ।
डिजिटल स्थानीय तह : सेवा प्रविधिमैत्री बन्दै
ललितपुर महानगरपालिकामा समय र पैसा खर्च गरेर नक्सापास गर्न महानगरपालिकासम्म आउन पर्दैन, घरबाटै नक्सापास गर्न सकिन्छ ।
पूर्व मुख्यमन्त्री थापामाथि कुटपिट
झापाको कनकाई नगरपालिका –२ सुरुङ्गामा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि कुटपिट भएको छ ।
विपन्न २०० परिवारलाई न्यानो कपडा
सुनसरीको गढी गाउँपालिका वडा २ का विपन्न तथा सुकुम्बासी २०० परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । गढी २ औरवानी पश्चिम टोल र गढी टोलका विपन्न परिवारलाई न्यानो कपडा (फाइवर सिरक) वितरण गरेको ग्रामीण महिला विकास उत्सुकता मञ्च (फरवार्ड) सुनसरीले जनाएको छ ।
म्युजिक भिडियो ‘मेरो सुन्दर संसार’ सार्वजनिक
बाँके खजुरा निवासी युवाकवि, लेखक र गीतकार मणिदेव अर्याल (मणिरत्न) को गीतको संगालो ‘मेरो सुन्दर संसार’ गायक नरेन्द्र प्यासीको स्वरको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
घोराहीमा प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी
दाङको घोराहीमा ‘प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघेमेला–२०८१’ सुरु भएको छ । मगर समुदायको मौलिक कला संस्कृतिको संरक्षणसँगै भवन निर्माणका लागि स्रोत जुटाउने उद्देश्यले आयोजना गरिएको सो माघेमेला शनिवारदेखि सुरु भएको हो ।
भक्तपुरमा नेपाल भ्रमण वर्ष २०२५ शुभारम्भ
भक्तपुर नगरपालिका र नेपालस्थित चिनियाँ राजदुतावासको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ गरिएको छ ।
प्रमुख–उपप्रमुख र सदस्यको मतपत्र छुट्टाछुट्टै छाप्ने प्रस्ताव
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख–उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रस्ताव ऐनमा राखिएको बताउनुभएको छ।
‘मानव सेवाभन्दा ठुलो धर्म अरू हुन सक्दैन’
बेँसीसहर नगरपालिका–७ स्थित मानवसेवा आश्रममा आज आयोजित आश्रमको भवन निर्माणका लागि एनसेलद्वारा सहयोग रकम हस्तान्तरण कार्यक्रममा उहाँले विविध कारणले सडकमा पुगेका मानिसको सेवाका लागि गरिने सहयोग महत्वपूर्ण रहेको बताउनुभयो।
फोनिज सल्यान अध्यक्षमा चुडामणी
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज सल्यानको अध्यक्षमा चुडामणि पिएम (पुन मगर) निर्वाचित हुनुभएको छ । कपुरकोटमा शनिबार भएको तेस्रो जिल्ला अधिवेशनबाट उहाँ निर्वाचित हुनुभएको हो ।
बाख्रापालक किसानलाई सम्मान
तनहुँमा उत्कृष्ट बाख्रा पालक किसानलाई नगदसहित सम्मान गरिएको छ । तनहुँको भानु नगरपालिका, राष्ट्रिय बाखा अनुसन्धान कार्यक्रम बन्दीपुर, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दमौली, बरभन्ज्याङ बाख्रा पालन समूह र नेपाल व्यावसायिक बाख्रापालक महासङ्घको संयुक्त आयोजनामा चौंथो राष्ट्रिय बाख्रा दिवसको अवसरमा सम्मान गरिएको हो ।
नेपाल–भारत सुरक्षा बैठक सम्पन्न
नेपाल र भारतका सुरक्षा निकायबिच डिआइजीस्तरीय छैटौँ समन्वयात्मक सुरक्षा बैठक सम्पन्न भएको छ । बैठकमा सीमा अपराध नियन्त्रण, साम्प्रदायिक तत्वको रोकथाम, र आपसी सहयोगको विभिन्न विषयमा छलफल गरिएको थियो ।
दाङमा खाद्यद्वारा साढे ५५ लाखको धान खरिद
दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले ५५ लाख मूल्यको धान खरिद गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले कात्तिक २१ गतेदेखि पुस मसान्तसम्म जिल्लामा किसानबाट ५५ लाख ६६ हजार चारसय ६४ रुपियाँ मूल्यको एक हजार ६ सय ३२ क्विन्टल १५ केजी धान खरिद गरेको हो ।
प्यूठानमा सवारी साधनको भाडादर निर्धारण
जिल्लाभित्रका रुटमा चल्ने सवारी साधनको भाडादर निर्धारण गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा यातायात ब्यवसायी, यातायात कार्यालयका प्रतिनिधि तथा सरोकारवालाकाबिच भएको छलफलबाट जिल्लाको सबैखाले सडक खण्डमा चल्ने सार्वजनिक सवारी साधनको भाडादर कायम गरिएको हो ।
सीमा अपराध निरुत्साहन गर्न पहल
सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्ने तथा दशगजा क्षेत्रमा संयुक्त निगरानी गर्ने योजना बनाउँदै सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बिच डिआइजी स्तरीय समन्वय बैठक सम्पन्न भएको छ । शुक्रवार बसेको बैठकको नेतृत्व सशस्त्र प्रहरी नं. ५ बाहिनी मुख्यालय चन्द्रौटाका बाहिनी पति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) प्रदीप कुमार पाल तथा भारतका सेक्टर हेडक्वार्टर लखीमपुर खेरीका डिआइजी बी। विक्रमन र सेक्टर हेडक्वार्टर गोरखपुरका डिआइजी मुन्ना सिंहले गर्नुभएको हो ।
नाचगान गर्दै भक्तजन
नुवाकोट, माघ ५ गते । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका ६ स्थित समुन्द्रादेवी मन्दिर परिसरमा शनिबार खैँजडी भजन र नाच प्रस्तुत गर्दै भक्तजन । तस्बिरः रासस
सुतैयाताल
बाँके, माघ ५ गते । बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित सुतैयाताल । बाँकेको राष्ट्रिय निकुञ्जसँगै रहेको यो ताल सात हेक्टर क्षेत्रफलमा फैलिएको छ । तस्बिरः रासस
खलङ्गा बजार
रुकुम पश्चिम, माघ ५ गते । रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलङ्गा बजार र आसपासको क्षेत्र । तस्बिरः रासस
मुस्ताङको सिर्कुङमा चर्दै पशुचौपाया
मुस्ताङको थासाङ गाउँपालिका २ सिर्कुङ गाउँस्थित कालीगण्डकी बगरमा चर्दै गरेका पशुचौपाया । कृषकहरु हिउँदेयाममा चरनको अभावमा कालीगण्डकी नदी किनारमा पाइने मुसीकाँडालाई गाइबस्तु र भेडाच्याङ्ग्राको घाँसको रुपमा प्रयोग गर्ने गर्छन् ।
अदालत परिसरमा कानुन व्यवसायीमाथि मुक्का हान्नु रास्वपाको असली रुपः बास्कोटा
नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले अदालत परिसमा नै मुक्का बजारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले आफ्नो असली रूप देखाएका बताउनुभएको छ ।