• ६ माघ २०८१, आइतबार

निर्माण व्यावसायीले बुझाए १४ बुुँदे माग

blog

इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठमार्फत १४ बुँदे मागपत्र बुझाउँदै इलामका निर्माण व्यवसायीहरू । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, माघ ६ गते । निर्माण व्यावसायीहरूको छाता संस्था निर्माण व्यावसायी सङ्घले विभिन्न १४ बुँदे माग अघि सार्दै प्रधानमन्त्रीलाई आज एक ज्ञापनपत्र बुुझाएका छन् । इलामका प्रमुख  जिल्ला अधिकारी कल्पना श्रेष्ठमार्फत निर्माण व्यावसायीले ज्ञापनपत्र बुुझाएका हुन् । 

ज्ञापनपत्रमा निर्माणकार्य हुने सिजनमै सिमेन्ट उद्यामीहरूबाट बिना कारण कालोबजारी, डण्डी र सिमेन्टमा चर्को मूल्यवृद्धि, भुक्तानी अभाव, सार्वजनिक खरिद नियमावलीको १३ औं संशाेधनमा देखिएको म्याद थपसम्बन्धी कानुनी जटिलता, राष्ट्र बैँकबाट निर्माण व्यावसायीहरूलाई दिइएको ऋण सुविधा कटौती, सरकारसँग भएका सहमतिलगायतका विषय उल्लेख गरिएको छ । 

व्यवसायीहरूको राष्ट्रिय भेलाले दिएको म्यान्डेडअनुसार आगामी माघ १५ सम्ममा सरकारले यी १४ बुँदामा कुनै पहलकदमी नगरे आफूूहरू आन्दोलित हुन बाध्य भएको उल्लेख गरिएको छ सबै जिल्लाका निर्माण व्यावसायी सङ्घहरूले ज्ञापनपत्र बुुझाएको इलामस्थित सङ्घका अध्यक्ष डिल्ली खनालले बताउनुभयो । खनालका अनुसार एक महिनाको अवधिमा सिमेन्टमा प्रतिबोरा दुुई सय रुपियाँ र डण्डीमा प्रतिकिलो १५ रुपियाँका दरले मूल्य वृद्धि भएको छ । 

मुुल्य वृद्धिले गर्दा हरेक भौतिक संरचना र पूूर्वाधार निर्माणमा असर परेको अध्यक्ष खनालले बताउनुभयो । ‘समयमा सरकारबाट निर्माण व्यावसायीले भुुक्तानी पाएका छैनन्, त्यसको असर निर्माण क्षेत्रमा परेको छ,’ अध्यक्ष खनालले भन्नुुभयो ‘यता निर्माण व्यावसायीले काम नगरेको जस्तो सन्देश बाहिर गएको छ ।’  यता ज्ञापनपत्रमा रुग्ण रहेका ठेक्काहरूलाई सुविस्ताको आधारमा तत्काल अन्त्य गरी फरफारक गरिनुुपर्ने उल्लेख छ ।