गोरखा चिनाउने चित्र बनाउँदै गोरखा नगरपालिका
गोरखा नगरपालिकाले पर्यटन वर्ष २०२५ मनाउन गोरखा नगरपालिका–६ बसपार्कमा गोरखा चिनाउने चित्र बनाउन सुरु गरिएको छ ।
स्थानीयको अवरोधपछि विद्युत लाइन विस्तारमा समस्या
साबिकको कर्णालीका जिल्लामा विद्युत आपुर्ति गर्न समस्या भएको छ । सदुरपश्चिमबाट कर्णालीका कालीकोट, जुम्ला मुगुका लागि आपुर्ति गर्ने भनेको विद्युत लाइन विस्तारमा स्थानीयले अवरोध गरेपछि समस्या भएको हो ।
चोरीको मोटरसाइकल नम्बर परिवर्तन गरी चलाउने क्रम बढ्दै
पछिल्लो समय हराएका र चोरी भएका मोटरसाइकल वास्तविक नम्बर परिवर्तन गरी प्रयोग गर्ने क्रम बढेको छ ।
गुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण
कास्कीको मादी गाउँपालिका-२ मा रहेको पर्यटकीयस्थल कर्पुडाँडादेखि लमजुङको क्व्होलासोथार जोड्ने पदमार्गको निर्माण अघि बढाइएको छ ।
'विकास निर्माणको काम समयमै पूरा गर्नुपर्छ'
पूर्वमन्त्री तथा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले तनहुँको विकास निर्माणको काम समयमा नै पूरा खबरदारी गर्नुभएको छ ।
चिसो बढेपछि सिरक डस्नाको कारोबार बढ्यो
गत केही दिनयता चलेको शीतलहर र हुस्सुले गर्दा जाडोमा वृद्धि हुँदै गएपछि नेपालगन्जमा न्यानो लुगा, हिटर, कम्बल र सिरक डस्नाको बिक्रि ह्वात्तै बढेको छ ।
महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान
ललितपुरको महाँकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान’बाट सम्मानित हुनुभएको छ । द इन्टरनेसनल अवार्ड फोरम युएसएद्वारा भारतको नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा उपाध्यक्ष गोलेलाई उक्त सम्मान प्रदान गरिएको हो ।
२१२ किलो गाँजा बरामद
मकवानपुर प्रहरीले ठुलो परिमाणको लागूऔषध गाँजासहित बोलेरो गाडीलाई नियन्त्रणमा लिएको छ ।
बर्दिबासमा कुहिरो
महोत्तरी, माघ ७ गते । बर्दिबास-जलेश्वर सडकको बर्दिबास २ बुद्धचोकको सडकक्षेत्र क्षेत्रमा सोमबार बिहान ८ बजे लागेको हुस्सु । हुस्सुसँगै चिसो बढेपछि यहाँका सडकमा सवारीसाधन कम चलेका छन् । तस्बिरः रासस
भारततर्फ सामान बाेकेर जाँदै गरेका ट्रक
मोरङ, माघ ७ गते । विराटनगर महानगरपालिका –१८ स्थित एकीकृत जाँच चौकीबाट भारततर्फबाट जाँदै गरेका मालवाहक ट्रकहरु । तस्बिरः रासस
एकीकृत जाँच चौकीमा रहेका ट्रक
मोरङ, माघ ७ गते । विराटनगर महानगरपालिका –१८ स्थित भेडियारीमा १२९ बिघामा रहेको एकीकृत जाँच चौकीमा पार्क गरिएका मालवाहक ट्रकहरु । तस्बिरः रासस
हिमशृङ्खला
मुस्ताङ, माघ ७ गते । मुस्ताङको थासाङ गाउँपालिका ३ लेतेबजारबाट देखिएको अन्नपूर्ण हिमशृङ्खला अन्तर्गत नीलगिरि र अन्नपूर्ण हिमाललगायतको दृश्य । यस वर्ष समयमै हिमपात नहुँदा हिमालमा पर्याप्त हिउँ देखिएको छैन । तस्बिरः रासस
कोहलपुर बजार र भ्यूटावर
बाँके, माघ ७ गते । बाँकेको कोहलपुर नगरपालिका ११ गोलपार्कस्थित भ्यूटावर र आसपासको क्षेत्र । लिफ्टसहितको सुविधासम्पन्न यो भ्यूटावर दश तलाको छ । तस्बिरः रासस
जखेराताल
दाङ, माघ ७ गते । दाङ देउखुरीको लमही नगरपालिका–३ स्थित चुरे पहाडको काखमा अवस्थित करिब ७ बिघा क्षेत्रफलमा फैलिएको जखेराताल । तस्बिरः रासस
भीरकोटकाे तोरीखेती
स्याङ्जा, माघ ७ गते । स्याङ्जाको भीरकोट नगरपालिका ४ गैराथोकमा फुलेर पहेँलपुर देखिएको तोरीबाली । उत्पादनका दृष्टिले यो क्षेत्र उर्बर मानिन्छ । तस्बिरः रासस
कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु हुँदै
कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे तथा विधेयक अधिवेशन दिउँसो २ बजेबाट सुरु हुने कोशी प्रदेशसभा सचिवालयले जानकारी दिएको हो ।
सात करोडमा ओखलढुङ्गामा झोलुङ्गे पुल बन्ने
ओखलढुङ्गा सदरमुकाममा पर्यटकीय झोलुङ्गे पुल बन्ने भएको छ । हुलाकडाँडादेखि वीरेन्द्रपार्कसम्म ४२५ मिटर लामो पर्यटकीय झोलुङ्गे पुल बन्न लागेको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आजदेखि कार्यभार सम्हाल्दै
विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड जे. ट्रम्प नियुक्त हुनुभएको छ । राष्ट्रपतिको शपथ ग्रहणसँगै ट्रम्पले सोमवार अपराह्नदेखि राष्ट्रपतिको पदभार ग्रहण गर्नुभएको हो । गत नोभेम्बर ६ मा राष्ट्रपतिमा निर्वाचित ट्रम्पले करिब साढे दुई महिनापछि सोमवार पदभार ग्रहण गर्नुभएको हो । यो क्षणलाई ट्रम्पले ‘अमेरिकाको मुक्तिको दिन’ भन्नुभएको छ ।
कस्तो होला पुरुषबिनाको संसार !
कुनै जीवको अस्तित्व लोप भएको वा हुने विषयवस्तुमा चर्चा हुँदा प्रायः कुनै खालको भयङ्कर प्राकृतिक विपत्ति, जलवायु परिवर्तन (अचेल) वा लोपोन्मुख प्रजातिलाई केन्द्रमा राखेर अन्तर्क्रिया गरिन्छ ।
असल अभ्यासले चिनिँदै छ सूर्योदय
असल अभ्यासले चिनिँदै छ सूर्योदयइलामको सूर्योदय नगरपालिका पूर्वी नेपालको ढोका मानिन्छ । भारतीय सीमावर्ती क्षेत्रमा रहेको यो नगरपालिका पर्यटन, कृषि, पशुपालन, शिक्षामा अब्बल मानिन्छ । यसै
बाँकेमा ३२ हजार क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले यसवर्ष बाँकेका किसानसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कम्पनीले दुई महिनाका अवधिमा किसानसँग उक्त मात्राको धान खरिद गरेको हो ।
मधेश प्रदेशमा माछा र दूधको उत्पादन बढ्यो
मधेश प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा ४५ हजार पाँच सय ७१ मेट्रिक टन माछा उत्पादन भएको छ ।
हिमपातको कमीले गौरीशङ्करसमेत नाङ्गिँदै
हिमपात नहुँदा दोलखाका हिमाल नाङ्गा पहाड झैँ देखिएका छन् । हिउँ र पानी नपर्दा पनि चिसोको मात्रा भने अधिक बढेको छ । गौरीशङ्कर गाउँपालिका–९, उत्तरी दुर्गम बेदिङका मिङ्मा शेर्पाले भन्नुभयो,
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा