• १८ माघ २०८१, शुक्रबार

सात करोडमा ओखलढुङ्गामा झोलुङ्गे पुल बन्ने

blog

साङ्केतिक फाइल तस्बिर

शेरबहादुर राई

ओखलढुङ्गा, माघ ७ गते । ओखलढुङ्गा सदरमुकाममा पर्यटकीय झोलुङ्गे पुल बन्ने भएको छ । हुलाकडाँडादेखि वीरेन्द्रपार्कसम्म ४२५ मिटर लामो पर्यटकीय झोलुङ्गे पुल बन्न लागेको हो । 

उक्त पुल निर्माणका लागि सङ्घीय सरकारबाट सात करोड बजेट सुनिश्चितता भएसँगै पुल बन्ने आशा पलाएको सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले बताउनुभयो । ओखलढुङ्गाका सङ्घीय सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको पहलमा पुल बन्ने बजेटको स्राेत सुनिश्चितता भएको प्रमुख खनालले जानकारी दिनुभयो । 

सिद्धिचरण नगरपालिका–११ को हुलाकडाँडादेखि वडा नं. १२ को वीरेन्द्रपार्कसम्म पर्यटकीय पुल बने सँगै नगरपालिका र समग्र जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने मेयर खनालको भनाई छ । पर्यटकीय पुलको प्राविधिक अध्ययन भइसकेको छ । पुल बनेपछि सदरमुकाम बजारको मध्य भागदेखि सिधै स्रष्टा पार्क पुग्न सकिने छ । 

आर्थिक समृद्धिका लागि सदरमुकाम क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या बढाई  होटेल तथा अन्य व्यवसाय चलायमान बनाई आर्थिक समृद्धि बढाउने योजना रहेको सिद्धिचरण नगरपालिकाले जनाएको छ ।