अमरराज नहर्की
तनहुँ, माघ ७ गते । पूर्वमन्त्री तथा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले तनहुँको विकास निर्माणको काम समयमा नै पूरा खबरदारी गर्नुभएको छ ।
सांसद भण्डारीले जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका तथा अन्य विकासका मुख्य योजनाको स्थलगत निरीक्षण गर्नुका साथै र सरकारी कार्यालयका प्रमुखहरुसँग संवाद कार्यक्रम गर्दै समयमा नै पूरा गर्न निर्देशन दिनुभयो ।
विकासका कामहरु निर्धारित समयमा नै पूरा गराउन सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गराउन बनाउन र विकासको कामलाई तीव्रता दिन तनहुँमा सांसद र सरकारी कार्यालयका प्रमुखबिच अन्तर सम्वादमा सांसद भण्डारी खबरदारी गर्नुभएको हो । निर्धारित समयमा काम पुरा नगरेर जिल्लाको लागि विनियोजित बजेट फ्रिज हुने, बोल्न नसक्ने सीमान्तकृत समुदायका जनताले सहज रुपमा सरकारी कार्यालयबाट सेवा नपाउने जस्तो गुनासोको सम्बोधन गर्ने उद्देश्यले सरकारी कार्यालय प्रमुखसँग संवाद गरेको सांसद भण्डारीले बताउनुभयो ।
सांसद भण्डारीले भन्नुभयो, "विकासको काम र सेवा प्रवाह ढिलो हुँदा जनताले दुःख पाएका छन् त्यसको न्यूनीकरणमा टेवा पुगोस् भनेर कार्यालय प्रमुखहरुसँग संवाद गरेको हुँ ।" जिल्ला प्रशासन कार्यालय तनहुँमा आइतबार संवादगरिएको हो ।
कार्यक्रममा भण्डारीले सेवाग्राहीलाई सहज रुपमा सेवा पाउने वातवरण सिर्जना गर्न जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभएको थियो । सेवाग्राहीहरुलाई सहायता कक्षमार्फत सहज रुपमा सेवा पाउने वातावरण बनाउन सांसद भण्डारीको आग्रह थियो । सेवाग्राहीले अनेक किसिमका झमेला बेर्होनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै भण्डारीले मुस्कानसहित सजिलो तरिकाले सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।
सरकारी कार्यालयबाट प्रवाह गर्दा कर्मचारीको अभाव भौतिक पूर्वाधारको कमी जस्ता कठिनाइ भएको अवस्थामा सहज बनाउन आफ्नो तर्फबाट के कस्तो पहल गर्नुपर्नेछ, त्यसका लागि आफ्नो ठाउँबाट आफूले सहजीकरण गरिदिने सांसद भण्डारीको भनाइ थियो ।
पृथ्वी राजमार्ग विस्तारको काम भइरहेको हुँदा यात्रुहरुले निकै सास्ती बेहोरी रहनुपरेको गुनासो आइरहेको हुँदा यस विषयमा विशेष ध्यान दिन सांसद भण्डारीले निर्देशन दिनुभएको थियो ।
अन्तरसंवाद कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य जीतप्रकाश आलेले गण्डकी प्रदेश सरकारबाट गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त जनतालाई सुशासनको अनुभूति दिलाउने गरी काम गर्न आग्रह गर्नु एको थियो। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जिल्लाको शान्ति सुरक्षाको अवस्था र जिल्लाका सरकारी कार्यालयबाट भइरहेका सेवा प्रवाहका बारे सांसदसमक्ष जानकारी दिनुभएको थियो ।
सांसदहरुले जिल्लाका सबै कार्यालयको प्रगतिको बारेमा जानकारी लिनुभएको थियो । तोकिएको कार्य निर्धारित समयमा उत्कृष्ट रूपले सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै सांसद भण्डारीले काम गर्दा केही नीतिगत र कानुनी रूपमा समस्या छन् भने त्यसको समाधानका लागि सरकार समक्ष पुर्याएर समाधान गर्न तयार रहेको बताउनुभयो । काममा असहजता भए नेपाल सरकार र सम्बन्धित सरकारी निकायमा आफूले सहजीकरण गरिदिने तर निर्माण कार्यमा भइरहेको ढिलासुस्ती र जनताको गुनासो अन्त्य हुनुपर्ने भण्डारीको भनाइ थियो ।