• ११ वैशाख २०८२, बिहिबार

फोनिज काठमाडौं अध्यक्षमा लामा निर्वाचित

blog

गोरखापत्र अनलाइन

काठमाडौं, माघ ६ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखा अध्यक्षमा भिमबहादुर लामा सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज भएको सातौं अधिवेशनले उहाँलाई अध्यक्षमा निर्वाचित गरेको हो । 

त्यसैगरी शाखाको उपाध्यक्षमा सुदिना श्रेष्ठ, सचिवमा रत्नकाजी महर्जन, सहसचिवमा नितु डंगोल र कोषाध्यक्षमा दिपा सुनुवार निर्वाचित हुनुभएको छ । सोहीअनुसार सदस्यहरुमा क्रमशः वेदबहादुर गुरुङ, किचसिंह डंगोल, राधिका लो, सरला चौधरी, सिर्जना मगर, अन्जना राई, अजय खडगी र पासाङ काजी शेर्पा चयन हुनुभएको छ । 

सोहीअनुसार संघीय प्रतिनिधिमा पूर्णभक्त दुवाल, गंगादेवी महर्जन, मिक्साङ बाइवा तामाङ, यशोदा भुजेल, हरिगोपाल प्रधान, निरज रञ्जित, प्रविण श्रेष्ठ, सुरेन्द्रभक्त श्रेष्ठ, अर्जुनबहादुर तामाङ, लालकुमार तामाङ, सुशिला तामाङ, अमिर लामा, नेपोलियन चेपाङ, कमल राना, बिगेन तुलाधर, सुप्रिया राई, मञ्जु तामाङ, सहदेव चौधरी, निशा तामाङ, दिलिप तामाङ रहनुभएको छ ।

त्यस्तै, प्रदेश प्रतिनिधिहरुमा उदेन न्हुसामी, विमला मानन्धर, सरस्वती श्रेष्ठ, मिङमा लामा, सविका श्रेष्ठ, मनमाया स्याङबो, अनिता डंगोल, सुरज मानन्धर, एलबी सागर, प्रदीपकुमार श्रेष्ठ, हिरोज लोपचङ, तेज नाछिरिङ राई, दशिराम थारु, मनोजरत्न शाही, सञ्जय उदास, लक्ष्मीराम सुनार, अनुप प्रधान, रामबहादुर मगर, कर्साङ तामाङ, विष्णुराज श्रेष्ठ, डिगबहादुर श्रेष्ठ, तेजनारायण महर्जन, प्रजित शाक्य, हेमप्रकाश राई, श्यामलाल लामा, प्रेम लामा चयन हुनुभएको छ ।

सोअघि अधिवेशनको उदघाटनसत्रमा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले आदिबासी जनजातिको अधिकारका लागि जनजाति स्वयम् सचेत हुन आवश्यक रहेको बताउनुभयो । प्रतिष्ठानमा बजेटको सिलिङ कम भएकाले चाहेजस्तो काम गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । नेपालको कुल जनसंख्यामध्ये करिब ३८ प्रतिशत आदिबासी जनजातिको जनसंख्या भएकाले त्यस अनुपातमा कम्तिमा एक अर्व रुपियाँ बजेट प्रतिष्ठानको हुनुपर्ने उहाँको भनाइ छ । तर प्रतिष्ठानको वार्षिक बजेट १० देखि १२ करोड मात्र रहेको उहाँले बताउनुभयो । 


नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले फोनिजको संगठन देश विदेशमा फैलिएको र आगामी दिनमा थप सशक्त भएर संगठन अघि बढ्ने बताउनुभयो । फोनिज मातहत करिब ४ हजार २०० पत्रकार गोलबद्ध रहेकाले अब फोनिज संगठनात्मक रुपले शक्तिशाली संगठन बनेको उहाँको भनाइ छ । आदिबासी जनजातिको अधिकारमा सबै जनजाति एक भएर लागेमा जस्तोसुकै काम सफल पार्न सक्ने शक्ति रहेको उहाँले चर्चा गर्नुभयो । 

उदघाटन कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघका महासचिव दिवस राई, फोनिजका महासचिव समिर बलामी, सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शोभा अर्याल, नेवा पत्रकार राष्ट्रिय दवुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, तामाङ पत्रकार संघका अध्यक्ष नेत्र तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

शाखाका अध्यक्ष शैले डंगोलका अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार नरेशकाजी शाक्यलाई सम्मानित गरिएको थियो ।