• १४ असार २०८२, शनिबार

काठमाडौँ गोर्खाजमा करणसहित ६ खेलाडी रिटेन

blog

काठमाडौँ, असार १४ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमाडौँ गोर्खाजले दोस्रो संस्करणका लागि करण केसीसहित ६ खेलाडी रिटेन गरेको छ ।

काठमाडौँले शनिबार रिटेन र रिलिज गरेका खेलाडीको नाम सार्वजनिक गरेको हो । काठमाडौँले मार्की खेलाडीको रुपमा करण केसीलाई रिटेन गरेको छ ।

करणसँगै रिटेन हुने खेलाडीहरुमा शाहब आलम, प्रतिक श्रेष्ठ, राशिद खान, दिपेश कंडेल र भीम सार्की हुनुहुन्छ । काठमाडौँले अन्य खेलाडीलाई भने रिलिज गरेको छ । 

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि मिनि अक्सन हुनुअघि फ्रेन्चाइज टोलीले खेलाडी रिटेन र रिलिज गर्न थालेका हुन् ।