गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ८ गते । नेपहपको श्रीपेच सिजन–२ का विजेता योङ वेभले आफ्नो अफिसियल गीत ‘बेबी’ सार्वजनिक गर्नुभएको छ ।
सार्वजनिक भएको छोटो समयमै गीतले युट्युबमा राम्रो भ्युज बटुलिसकेको छ । गीतमा प्रोडक्सन, मिक्स र मास्टरिङ ‘जेन’ को रहेको छ भने गीतको भिडियो ‘घिसिङ २१’ ले निर्माण गरेको हो ।
नेपहपको श्रीपेचका संस्थापक तथा प्रोजेक्ट प्रमुख सुदीप पोखरेलले ‘योङ वेभ’ को प्रगतिको प्रशंसा गर्दै गीतले दर्शकको मन जितेको देख्दा गर्व लागेको बताउनुभयो । नेपहपको श्रीपेचले नेपाली हिपहपमा केही सपना देखेका नयाँ प्रतिभालाई उचित स्थान दिने काममा निरन्तर योगदान गर्दै आइरहेको छ ।