समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
चरित्र अनुसारको पात्र छनोट !
चलचित्र चल्नुमा कथा, गीत, सङ्गीत र अभिनयको महत्वपूर्ण भूमिका हुन्छ । त्यसमा पनि अभिनयमा जीवन्तता झल्कियो भने त्यो चलचित्रले सफलताको स्वाद चाख्ने सम्भावना अत्यधिक हुन्छ ।
‘डोरी’ को गीत सार्वजनिक
चलचित्र ‘डोरी’ को गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटी र अञ्जु पन्तको स्वर रहेको गीतमा गायक सिवाकोटीकै लेखन तथा सङ्गीत रहेको छ । गीतमा आर्यन सिग्देल र अञ्जना बराइलीको नृत्य देख्न सकिन्छ ।
जुर्मुरायो ‘पलेँटी’
नेपाली साङ्गीतिक क्षेत्रको पुनर्जागरण गराउने दिवङ्गत स्रष्टा एवं कलाकारको सम्झनामा ‘पलेँटी’ कार्यक्रम पुनः सुरु भएको छ । नेपालयको प्रस्तुतिका रूपमा कवि एवं सङ्गीतकार आभासले पलेँटीको संयोजन गर्दै आउनुभएको छ ।
‘पहाड’ को छायाङ्कन
निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार हुने चलचित्र ‘पहाड’ को मुहूर्त गर्दै मङ्गलबारदेखि छायाङ्कन सुरु गरिएको छ ।
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने निर्णय कहिले गरेका हुन् ? सन् २०२५ जनवरी २०
कर्मचारीको आचरण सुधार : विषयगत प्रश्नोत्तर
कर्मचारीको आचरण सुधार १. प्रशासन सुधार अन्तर्गत निजामती कर्मचारीको आचरण सुधारमा जोड दिन थालिएको पाइन्छ । कर्मचारीको आचरण सुधार गरी सेवा प्रवाहमा नागरिक सन्तुष्टिस्तर अभिवृद्धि गर्न सकिन्छ । यस तथ्यलाई मध्यनजर गर्दै नेपालमा निजामती कर्मचारीको आचरणमा सुधार ल्याउन के कस्ता उपाय अपनाउनु पर्ला ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् । आचरण सुधारले निजामती कर्मचारीमा रहेका खराब आचरण
तदर्थवादी ढङ्गले चल्ने स्थिति छैन : अर्थमन्त्री
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवा प्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणालीलाई पूर्ण रूपमा आधुनिक, प्रभावकारी एवं विश्वसनीय बनाउन निर्देशन दिनुभएको छ ।
बन्द हडताल तत्काल रोक्न आग्रह
निजी क्षेत्रका तीन सङ्गठनले पाथीभरा (मक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवर्धन गर्न केबुलकार निर्माणको परियोजनाको विषयमा बन्द हडताल तत्काल रोक्न आग्रह गरेका छन् ।
लगानी प्रतिबद्धता उच्च, भित्रिने रकम न्यून
नेपालमा लगानी गर्ने भनेर वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आए पनि सो अनुपातमा रकम भित्रिन नसकेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा झन्डै २६ अर्ब लगानी प्रतिबद्धता आए पनि साढे छ अर्ब रुपियाँ मात्र भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । प्रतिबद्धता अनुसार भित्रिएको रकम न्यून रहेको छ ।
रारामा कर्णालीकै पहिलो चारतारे रिसोर्ट
राराको मुर्माटपमा सोमबारदेखि कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु भएको छ । एनआरएन अस्ट्रेलियाको लगानीमा प्रदेशकै पहिलो चारतारे सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्न सोमबार भूमि पूजा गरिएको हो ।
निकासी पैठारी विधेयक दर्ता
निकासी पैठारी हुने वस्तु र सेवाको नियमनसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक सरकारले संसद्मा दर्ता गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीका तर्फबाट विधेयक प्रतिनिधि सभामा दर्ता भएको हो ।
वीरलाई ‘रिजनल फार्माकोभिजिलेन्स सेन्टर’ को मान्यता
वीर अस्पतालले ‘रिजनल फार्माकोभिजिलेन्स सेन्टर’ को मान्यता पाएको छ । औषधी व्यवस्था विभागले सो अस्पताललाई ‘रिजनल फार्माकोभिजिलेन्स’ (औषधीको असर तथा गुणस्तरबारे रिपोर्ट गर्ने) सेन्टरको मान्यता दिएको हो ।
‘अब राहदानी अभाव हुँदैन’
राहदानी विभागले नेपाली नागरिकको मागबमोजिम भविष्यमा राहदानीको अभाव नहुने गरी नयाँ राहदानी खरिद प्रक्रिया अगाडि बढाएको प्रस्ट पारेको छ ।
अवधि बढाउन सांसदको असहमति
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले विधेयकको प्रस्तावित व्यवस्थालाई संशोधन गरेर वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्न १५ वर्षको अनुभव भए पुग्ने व्यवस्था गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ ।
१८ जनालाई स्याउ खेती प्राविधि तालिम
हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रमा देशका १६ जिल्लाका १८ जना कृषि प्राविधिकहरुले उच्च घनत्वमा स्याउ खेती प्रविधि विषयक तालिम लिनुभएको छ ।
ताप्लेजुङका तीन पत्रकार सम्मानित
ताप्लेजुङका तीन जना पत्रकार सम्मानित तथा पुरस्कृत हुनुभएको छ । प्रेस चौतारी नेपालले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा तीन जना पत्रकारलाई सम्मानित गरेको हो ।
खरबारीमा पुरुष मृत फेला
पाल्पामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको रामपुर–३, चनौली घर भइ हाल बगनासकाली–२, पोखराथोकमा बस्दै आउनुभएका ५६ वर्षका रेमबहादुर सुर्यबंशी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
गोरखापत्र संस्थान र नागरिक लगानी कोषबिच सहकार्य
गोरखापत्र संस्थान र नागरिक लगानी कोषबिच आपसी सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
एकताबद्ध भएर पार्टीलाई सुदृढ बनाउनुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सबै तहका नेता तथा कार्यकतालाई एकताबद्ध भएर सङ्गठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
'मिनी पीसीएनएल' प्रविधिकाे २० वर्ष
नेपालमा मिनी परक्युटेनियस नेफ्रोलिथोटोमी (पीसीएनएल) प्रविधि भित्रिएको २० वर्ष पुगेको छ ।
महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउन एचपिभी खोप अभियान : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनका निम्ति सरकारले सुरुवात गरेको बताउनुभएको छ ।
मालपोत प्रमुख नटिक्दा मर्कामा छन् सेवाग्राही
लमजुङमा मालपोत प्रमुख नटिक्दा सेवाग्राही समस्यामा परेका छन् । लामो समयदेखि मालपोत प्रमुख नहुँदा लमजुङका सेवाग्राही समस्यामा परेका हुन् ।