काठमाडौँ, माघ २३ गते । चलचित्र ‘डोरी’ को गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटी र अञ्जु पन्तको स्वर रहेको गीतमा गायक सिवाकोटीकै लेखन तथा सङ्गीत रहेको छ । गीतमा आर्यन सिग्देल र अञ्जना बराइलीको नृत्य देख्न सकिन्छ ।
सङ्गीत संयोजन राजन ईशान र छायाङ्कन सौरभ लामाको रहेको छ । गीतमा कविराज गहतराजले नृत्य निर्देशन गर्नुभएको छ । गीतमा अभिनेता सिग्देल र अभिनेतृ बराइलीलाई प्रेमिल अवतारमा प्रस्तुत गरिएको छ । चलचित्रको लेखन तथा निर्देशन अरुण लामाले गर्नुभएको छ भने प्रवीण खतिवडा, शिशिर बाङदेल, प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ ।