• २३ माघ २०८१, बुधबार

१८ जनालाई स्याउ खेती प्राविधि तालिम

blog

तालिमका सहभागगीहरु ।

अमृतप्रसाद पौडेल

म्याग्दी, माघ २२ गते । हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रमा देशका १६ जिल्लाका १८ जना कृषि प्राविधिकहरुले उच्च घनत्वमा स्याउ खेती प्रविधि विषयक तालिम लिनुभएको छ ।

माघ २० देखि सुरु भएको तालिम आज २२ गते सकिएको छ । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयका अनुसार देशभरबाट १६ जिल्लाबाट दुई महिला र १६ पुरुष गरी १८ जनाको सहभागिता रहेको थियो । तालिममा दोलखा र डोल्पा जिल्लावाट २–२ जना र जुम्ला, पाल्पा, प्युठान, बाग्लुङ, म्याग्दी, सिन्धुपाल्चोक, नुवाकोट, सल्यान, मनाङ, मुस्ताङ, दार्चुला, बैतडी, दैलेख र तनहुँ जिल्लाबाट एक–एक जनाको सहभागिता रहेको छ ।

तालिममा सकेसम्म बढी ब्यावहारिक ज्ञान दिने प्रयास गरिएको शीतोष्ण बागवानी विकास केन्द्रले जनाएको छ । तालिममा करिव ६० प्रतिशत व्यावहारिक र ४० प्रतिशत हाराहारी सैद्धान्तिक कक्षाहरु भएकाले तालिम व्यावहारीक भएको जनाइएको छ । 

उच्च घनत्वमा स्याउ खेती प्रविधि विषयक तालिममा सहभागिहरु छनौट गर्दा अनलाइन दरखास्त आह्वान गरि छनौट गरिएको थियो । तालिममा संघ, प्रदेश र स्थानीय तहका कृषि प्राबिधिकहरुको सहभागिता रहेको तालिममा मार्फामा गरिएका उच्च घनत्व स्याउ खेतिका प्रविधिहरु देखाउने, सिकाउने गरिएको थियो । 

तालिमका संयोजक प्राविधिक सहायक डम्बर सार्कीका अनुसार उच्च घनत्वमा स्याउ खेती प्रविधि नेपालको लागि अत्यन्त नविन प्रविधि हो । विश्वमा यो प्रविधिको सुरुवात् सन् १९६० तिर भए तापनि नेपालमा यसको इतिहास त्यति पुरानो छैन । 

उच्च घनत्व स्याउको हार्भेष्टिङ्ग, ग्रेडिङ्ग, बजार व्यवस्थापन तथा लाभ लागत अध्ययन, उच्च घनत्वमा स्याउ खेतीको मासिक कार्य तालिका, बोर्डो मिश्रण तथा बोर्डो पेष्ट बनाउने तरिका तथा उच्च घनत्व स्याउमा यसको प्रयोग, स्याउ सायनको मैनबाट उपचार, टप वर्किङ्ग तथा नेचुगी गर्ने तरिका र विधिको बारेमा ज्ञान प्रदान गरिएको थियो ।